पाकिस्तानी सेनाले चिनियाँ हवाई रक्षा प्रणाली भित्राएपछि भारतलार्इ तनाव

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं । छिमेकी भारतसँग तनावयुक्त सम्बन्ध रहेको पाकिस्तानले उत्तरी छिमेकी चीनबाट हवाई रक्षा प्रणाली भित्र्याएको छ। यसले भारतलाई तनाव पैदा भएको बताइएको छ । पाकिस्तानले आफ्नो हवाई रक्षा प्रणालीलाई बलियो बनाउन तथा छिमेकीसँगको खतरासँग जुध्नका लागि आइतवार चीनमा निर्मित जमिनबाट हावामा मार हान्ने उन्नत मिसाइल रक्षा प्रणालीलाई आफ्नो सैन्य सयन्त्रमा सामेल गरेको हो ।

पाकिस्तानी सेनाबाट जारी विज्ञप्तीमा उल्लेख गरिएअनुसार न्यूनतमबाट मध्यम उचाई वायु रक्षा प्रणाली (एलओएमएडीएस) एलवाई ८० लाई सैन्य प्रणालीमा सामेल गरिएको हो ।


सेना प्रमुख जनरल कमर जावेद बाजवाको उपस्थितिमा रावलपिन्डीमा सेनाले गरेको एक समारोहका क्रममा यसलाई सेनामा सामेल गरिएको हो । एलवाई ८० एक चिनियाँ मोबाइल हवाई रक्षा प्रणाली हो। यस अवसरमा बाजवाले एलवाई ८० एलओएमएडीएसबाट आफ्नो जवाफी क्षमतामा वृद्धि हुने बताएका छन् ।

एलवाई(८० एक चिनियाँ वायु रक्षा प्रणाली हो जसले छोटो र मध्यम उचाईमा उड्ने कयौँ लक्ष्यलाई पछ्याएर नष्ट गर्न सक्षम रहेको छ। जनरल बाजवाले भने, “एलवाई(८० बढ्दो वायु रक्षा चुनौतीसँग जुध्दै हाम्रो प्रतिक्रिया क्षमता बढाउन सक्षम हुनेछ ।”

बाजवासँगै आर्मी एयर डिफेन्स कमानका कमाण्डर लेफ्टिनेन्ट जनरल मुहम्मद जाहिद लतिफ मिर्जा पनि यो कार्यक्रममा सामले थिए ।

Source Light Nepal

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment