एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने,सुन्दा अचम्ब लाग्छ तर बास्तबिकता यहि हो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0




एजेन्सी > के घरमा बत्ति बाल्न विद्युत ग्रीडको सट्टा आलुको प्रयोग सम्भव छ ? अनुसन्धानकर्ता राबिनोविच र उनका सहयोगी अघिल्ला केही वर्षदेखि यसैलाई प्रोत्साहित गर्दै छन। सस्तो धातुको पाता, तार र एलइडी बल्ब जोडेर यस्तो बत्ति बालिन्छ र विश्वका स-सना गाउँ यहि प्रविधिले उज्यालो बनाउने सक्ने उनी दाबी गर्छन्।

बीबीसीमा छापिएको एक रिपोर्ट अनुसार जेरुशेलमको हिब्रु युनिभर्सिटीका राबिनोविच दाबी गर्छन्, ‘एउटा आलुले एलईडी बल्ब ४० दिनसम्म बाल्न सक्छ।’ राबिनोविच यसको लागि कुनै नयाँ सिद्धान्तमा बताउँदैनन् बरु यो सिद्धान्त त स्कुलकै किताबमा पढाइन्छ र ब्याट्री सोही सिद्धान्तमा काम गर्छ। यसको लागि आवश्यक हुन्छ दुई धातुको पाता, पहिलो एनोड, जुन नेगेटिभ इलेक्ट्रो हो (उदाहरण: जिङ्क) र दोस्रो क्याथोड, जुन पोजेटिभ इलेक्ट्रोड हो (उदाहरण, कपर वा तामा)

आलुको भित्र हुने एसिड जिङ्क र तामासंग रासायनिक प्रतिक्रिया गर्छ र जब इलेक्ट्रोन एक पदार्थबाट अर्को पदार्थ तर्फ दौडन्छ तब उर्जा पैदा हुन्छ। यसको खोज सन् १७८० मा लुइगी गेल्भनीले गरेका थिए। भ्यागुतोको मांसपेशीलाई तान्नको लागि दुई धातु भ्यागुतोमा बाँधेका थिए तब उनको यस्तो प्रतिक्रिया भइ उर्जा निस्कने पत्ता लगाएका थिए। यहि प्रभावको लागि दुई इलेक्ट्रोड्सको बिचमा अन्य पदार्थ पनि राख्न सकिन्छ। अलेक्जेन्डर भोल्टाले नुन पानीमा भिजेको कागजको प्रयोग गरेका थिए।

आलुमाथी अध्ययन : सन् २०१० मा, राबिनोविचले क्यालिफोर्निया यूनिभर्सिटीका एलेक्स गोल्डबर्ग र बोरिस रुबिस्कीसंग यो बारेमा एक कोसिस गर्ने सोचे। गोल्डबर्ग भन्छन्, ‘हामीले २० अलग-अलग तरिकाको आलुको आन्तरिक प्रतिरोधको जाँच गर्यौं।’

-आलुलाई आठ मिनेट उमाल्दा आलु भित्रको कार्बनको संरचना टुट्यो, प्रतिरोध कम भयो र इलेक्ट्रोनको गतिविधि बढ्न थाल्यो। यसले बढी उर्जा उत्पादन गर्यो।

-आलुलाई चार-पाँच टुक्रा काटेर तामा र जिङ्क पाताको बीचमा राखियो। यसले उर्जा १० गुणा बढायो अर्थात बिजुली उत्पादन गर्ने लागतमा कमी आयो।

-राबिनोविच भन्छन्, ‘यसको भोल्टेज कम छ, तर यस्तो ब्याट्री बनाउन सकिन्छ जसले मोबाइल वा ल्यापटप चार्ज गर्न सकोस्।

-एक आलु उमाल्दा पैदा हुने बिजुलीको लागत ९ डलर प्रति किलोवाट घण्टा हुन्छ, जुन सामान्य ब्याट्रीभन्दा ५० गुणा सस्तो हुन आउँछ।

-विकासशील देश जहाँ मट्टितेल प्रयोग हुन्छ यो प्रविधिको प्रयोग ६ गुणा सस्तो हुने बताइन्छ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment