यसकारण दुबईमा गोर्खाली र पाकिस्तानी बिच झगडा , क्याम्प रणभुमिमा परिणत

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
युएई , युएईको दुबई इमिरेट्स स्थित सोनापुरमा रहेको इतिसलात क्याम्पमा बस्ने डिपिएस सेकुरिटी गोर्खाली र पाकिस्तानी बिच झगडा भएको छ । रातभरि डिउटी गरेर बिहान र बेलुकाको खाना बनाउने क्रममा किचनमा इलिगल बसेका पाकिस्तानी र नेपाली बिच सामान्य विवाद भएको थियो । इलिगल बसेका पाकिस्तानी नेपालीहरुले नै पालेर राखेका थिए तर बिहान ८ बजे खाना बनाईरहेको नेपाली बिचमा भनाभन बाट सुरु भएको सो घटनामा नेपालीले उनलाई हात हाले । उनले प्रयोग गरेको धम्कीपुर्ण अभिव्यक्ति , लडाइँको च्यालेन्जले उनलाई गोर्खाली मुक्का मिल्यो । उनलेे प्रतिक्रिया स्वरुप अमलेट बनाउन तताई रहेको तातो तेल सहितको प्यानले ती नेपाली माथी आक्रमण गरे । तातो उम्लेको तेलले दुई नेपाली गम्भीर घाइते भए । जवाफमा नेपालीले आक्रमण गर्न खोज्दा उनलेे भागेर बचे ।

५ सय सङ्ख्यामा रहेको नेपाली सेकुरिटीमा आवद्ध नेपालीहरुले क्याम्प बोसलाई कमप्लेन गरे । क्याम्प बोसले पुलिस बोलाउन तयार भएनन् । अफ़्रिकि क्याम्पबोसले अन्तमा नेपाली आक्रोशमा पुलिस बोलाए । पुलिस आएर दुबै पीडित बिच केसको अध्यन गर्‍यो । हात लगाउने नेपाली लाई ५ दिन हिरासत र १ बर्ष बस्नुपर्ने केस दर्ता गर्दा भने पछि नेपालीले केस दर्ता गर्न तयार भएनन् । पछी क्याम्प बोस , होस्टेल सेकुरिटीले बाहिर ती इलिगल पाकिस्तानीलाई निकाल्दा गोर्खाली आक्रोश कम भए परिणाम स्वरुप गोर्खाली पिटाइ र धुलाई मजासङ्ग मिल्यो । सेकुरिटी कम्पनीमा पाकिस्तानी सेकुरिटी संख्या ५७ जना छन ।


उनीहरुले सम्पुर्ण नेपाली लागेर १ जना माथि पाकिस्तानी माथीको आक्रमण पछि बाहिर बाट थप पाकिस्तानी शक्ति बोलाएर नेपाली माथी मैदानमा आउन लड्न भनेर लाठी लिएर आए । सुरक्षाको सम्यामताले नेपालीले डिफेन्समा बसे । नेपाली डिफेन्समा बसे पछि उनीहरुको मनोबल बढेर अझै उल्लासको साथ नेपाली माथि लडाइँको धम्की दिए । केस मिलापत्र गरेर फर्केको दुबई पुलिस पुन रणभुमी परिणत हुन लागेको क्याम्पमा दिनभर रहनुपर्ने स्थित भयो । सामान्य आन्तरिक भनाभनमा भएको उक्त घटनाले गोर्खाली र पाकिस्तानी बिच कश्मिरमा भएको द्वन्द्व भन्दा कम थिएन ।

नेपाली आन्तरिक , लडाइँ , शक्तिशालीको हिसाबमा कयौं गुणा शक्तिशाली भए पनि पाकिस्तानी आफ्नो धार्मिक , एउटै मुलुकको भएको कारण मर्न तयार हुने तर पछि नहट्ने कारण आगामी दिनमा पनि रणभुमी बन्ने निश्चित देखिन्छ । दुबईमा नेपालीहरुको तुलनामा पाकिस्तानी बिजनेस , सरकारी ओहदामा अब्बल छन । कामदारको हिसाबले पाकिस्तानी भन्दा नेपाली अझै सेकुरिटीको फिल्डमा उपस्थित धेरै छ । नेपालीको बानी सुरुको अवस्थामा जाई लाग्ने र पछी एकताको शक्तिबाट बहिर्गमन हुने बानिले मार खानुपर्ने हुन्छ । आज भएको अन्तर संघर्षमा कम्पनीको म्यानेजमेन्ट , पुलिसको उपस्थितले केस झनै गम्भीर भएको छ । अब उक्त कम्पनीमा काम गर्ने नेपाली र पाकिस्तानी बिचको तिक्तताको दुरिले नेपाली कामदारमा आन्तरिक सुरक्षा चुनौती थपिएको छ । साभार सुदुरखबर बाट

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment