New Videos from Youtube
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

"एसईई परीक्षामा ६९ बर्षिय बृद्ध उतीर्ण" बृद्ध भत्ता खाएर घरमै आराम गर्ने यो उमेरमा एसईई परीक्षा उर्तिण गर्न सफल भएकोमा उनी निकै हर्षित देखिएका छन ।


असार २, २०७४ पहिलो पटक सुरु भएको एसईई परीक्षामा स्याङ्जामा ६९ बर्षिय बृद्ध पनि सहभागी थिए । स्याङ्जाको कालाभैरव उच्च माविमा अध्ययनरत ६९ बर्षिय दुर्गे कामीले सिदार्थ माविमा एसईईको परीक्षा दिएका थिए । उनी आज प्रकाशित एसईई परीक्षाको नतिजामा इ ग्रेड ल्याएर पास भए ।

उनले जम्मा ग्रेड १.२ ल्याएर उतीर्ण भएको काला भैरव विद्यालयका शिक्षक डिआर कोइरालाले बताउनुभयो । बृद्ध भत्ता खाएर घरमै आराम गर्ने यो उमेरमा एसईई परीक्षा उर्तिण गर्न सफल भएकोमा उनी निकै हर्षित देखिएका छन । नातिनातिनाका उमेरका सहपाठीसंग परीक्षामा सहभागी भएका उनी उतीर्ण भएको खबरले यतिका बर्ष सम्म दुख गरेको फल प्राप्त गरेको बृद्ध कामी बताउँछन ।

बुढेसकालमा साहारा कोही नभई विरक्त लागेपछि आफूलाई व्यस्त राख्नको लागि आफ्ना नाती नातीना सरहका विद्यार्थीसंगै विद्यालय जाने गरेपछि पहिलो पटक एसईईमा सहभागी बनेका उनले अबको दिनमा क्याम्पस पढ्ने र सानो भए पनि जागिर खाने रहर सुनाए । ‘कक्षा तीन देखी नियमित विद्यालय गएर पढेको फल पाएँ’ खुशि हुँदै उनले भने, ‘निकै खुशि छु ।

धेरैले खिल्ली उडाउँथे वेवास्ता गर्दै नसुनेको बाहानामा हिडिरहन्थे । तिनिहरुलाई आज राम्रो जवाफ दिए ।’ इच्छा शक्ति भएमा कुनै पनि कुरा उमेरले नछेक्दो रहेछ भन्ने उनी ज्वलन्त उदाहरण बनेको जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्य बताउँछन । साविक फेदीखोला गाविस ३ देउराली घर भएका दुर्गे कामी ४ छोरा, २ छोरी र ९ नातिनातिकाका हजुरबुबा बनिसकेका छन ।

तर उनको श्रीमती भने १५ बर्ष पहिले नै बितेकी हुन् । सुरुमा कक्षा ३ मा खहरे प्राविमा भर्ना भई पढ्न सुरु गरेका उनले कक्षा ६ देखी काला भैरव उच्च माविमा निरन्तर पढेपछि अहिले एसईई परीक्षामा सफल भए । अब क्याम्पस भने फेदीखोला स्थित सिदार्थ बहुमुखीमा पढ्ने ठूलो धोको उनको छ ।

लामा लामा फुलेका दारी र ढाका टोपीबाट आफ्नो पहिचान बनाएका उनी स्कुले पोसाक टाई, पेटी, सर्ट, पाइन्ट र काला जुत्ता टल्काएर बालबच्चा झै नियमित विद्यालय जाने गर्थे । छोरा बुहारी र सम्पूर्ण परिवारबाट नै उपेक्षित भएपछि अध्ययनमा लागेको बताउँदै उनले भने, ‘उनीहरुलाई देखाउनकै लागि भएपनि सानो जागिर खाएर पैसा कमाउने रहर छ । उनीहरुलाई पनि अप्ठ्यारो महसुस होस हामीले कति खिल्ली उडाएका थियौ भन्ने ।’


अरु विद्यार्थीहरुको तुलनामा आफ्नो उमेर अति नै बढी भएता पनि अध्यनको लागि शिक्षक तथा नातिनातिना सरहका आफ्नै सहपाठी विद्यार्थीहरुबाट ठूलो प्रेरणा मिलेको उनको भनाई छ । प्रकाशित:असार २, २०७४

from ekantipur
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा युद्धको खतरा बढ्दो : अमेरिकी युद्धपोत सैन्य अभ्यासका लागि कतारमा –

दोहा । अमेरिकी नौसेनाका युद्धपोत कतारसँगको संयुक्त सैनिक अभ्यासका लागि दोहा आइपुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले चरमपन्थी समूहलाई ठूलो लगानी गरेको र आर्थिक फण्ड दिएको आरोप लगाएको केही दिनपछि अमेरिकी युद्धपोत कतार आइपुगेको हो ।

कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य शिविर रहेको छ । ११ हजार अमेरिकी सैनिक रहेको कतारको अल–उदैद एयरबेसबाट १ सय भन्दा बढी लडाकु विमानहरु परिचालित हुन्छन् । अमेरिकाले यसै एयरबेबाट चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) लगायतका समूहविरुद्ध सैनिक कारबाही सञ्चालन गर्ने गरेको छ ।

कतार न्युज एजेन्सी (क्युएनए) ले अमेरिकी युद्धपोत कतार आइपुगेको यस्तो समयमा सूचना दिएको छ, जुन दिन कतारले अमेरिकासँग एफ–१५ लडाकु विमान खरिद गर्नका लागि १२ बिलियन डलरको प्रारम्भिक लागतको एक सम्झौतामा हस्ताक्षर गरेको छ ।



क्युएनएले कतारी रक्षामन्त्री खालिद अल अत्तियाह र अमेरिकी रक्षामन्त्री जिम माटिसले वासिंगटनमा सो सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ । रक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतारलाई अत्याधुनिक क्षमता प्रदान गर्ने र सुरक्षा सहयोग तथा अमेरिका । कतारबीच अन्तर–क्षमता बढ्नेछ ।’

यही महिनाको सुरुमा साउदी अरब, युएई, बहराइन, इजिप्टसहितका राष्ट्रले चरमपन्थी समूह र इरानलाई सहयोग गरेको आरोपमा कतारसँगको राजनीतिक सम्बन्ध तोडेका थिए । कतारले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

साउदी, युएई र बहराईनले कतारसँगको हवाई, स्थल र सामुद्रिक सीमा समेत बन्द गरेको छ । कतारसँगको सीमा बन्दका कारण कतार एयरलाइन्सका उडानहरु प्रभावित बनेका छन् भने कतारमा ट्रान्जिट भएर उड्ने जहाजहरु समेत अन्यत्रबाट घुम्नुपर्ने अवस्था आएको थियो ।

गत साता मात्रै अमेरिकी रक्षा मन्त्रालयले कतारमा रहेको आफ्नो सुरक्षा बेस राख्न दिएकोमा कतारको प्रशंसा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कतारमाथि अन्य छिमेकी देशले गरेको राजनीतिक सम्बन्ध विच्छेद जायज भएको बताउँदै आएका छन । राजधानी दैनिकमा खबर छ ।
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

दार्जीलिङमा फेरि भड्कियो हिंशा, अनिश्चितकालीन बन्द

काठमाडौँ । बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङको दार्जीलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु भएको छ।

बाङलाभाषाको बाध्यताकारी अध्ययन व्यवस्था गरिएपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जीलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन प्रहरी र सेना परिचालन गरेको पाँचौं दिन बिहान ७ बजे बंगाल प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको घरमा छापा मार्ने नाममा तोडफोड गरेपछि बन्द आह्वान गरिएको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिइन्।
शर्माका अनुसार बिहान साढे ७ बजे गुरुङको घर पुगेको प्रहरीले घर र कार्यालयमा छापा मारेको थियो। गुरुङलाई गिरफ्तार गर्ने योजनासहित गए पनि उनलाई नभेटेपछि तोडफोड गरेको शर्माले बताइन्।

घटनापछि गुरुङले गोर्खाल्यान्डको एक मात्र एजेन्डासहित आफू अविचलित अघि बढ्ने बताएको शर्माले जानकारी दिए। घटनापछि दार्जीलिङमा दिनभर सवारीसाधन नचलेको र विद्यालय, कलकारखाना, सरकारी कार्यालयसमेत ठप्प भएको शर्माले जानकारी दिइन्। घटनापछि अध्यक्ष गुरुङले गोर्खाल्यान्डका लागि एक भएर अघि बढ्न सबै दललाई आह्वान गरेका छन्। प्रहरीले दार्जीलिङमा सातजना र कालेबुङमा तीनजनालाई पक्राउ गरेको शर्माले जानकारी दिइन्। बंगाल सरकारको ज्यादती बढ्दै गएको भन्दै उनले नेपालीभाषी भारतीय संकटमा रहेकाले सहयोग गर्न सबैलाई आह्वान गरेकी छन्।

यसअघि गोरखा जनमुक्ति मोर्चाले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले गोर्खाल्यान्ड राज्यप्राप्तिका निम्ति एकजुट भएर लड्ने निर्णय गरेका थिए। बैठकमा गोर्खा जनमुक्तिमोर्चा, गोर्खा राष्ट्रिय मुक्तिमोर्चा, गोर्खाल्यान्ड राज्यनिर्माण मोर्चा, क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी, भारतीय जनता पार्टी र गैरराजनीतिक संगठन भारतीयगोरखा परिसंघको उपस्थिति थियो। बैठकले जेठ २५ र ३० को प्रहरी दमनको समेत विरोध गरेको थियो।

यसअघि मोर्चाले आन्दोलनका क्रममा स्कुल, कलेज, बजार र यातायात बन्द नहुने जनाएको थियो। सरकारले मोर्चाविरुद्ध दमनको रबैया अपनाएपछि आन्दोलन हिंसात्मक बन्दै गएको बताइएको छ।

शनिबार दार्जीलिङमा सम्पन्न मोर्चाको केन्द्रीय समिति बैठकले प्रत्येक सोमबार र बिहीबार बैंकहरू खुल्ने, बिहीबार र शुक्रबार जनता सडकमा आएर गोर्खाल्यान्डका लागि प्रदर्शन गर्ने निर्णय गरेको थियो। बाङलाभाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब एक सय वर्ष पुरानो नेपालीभाषा र जातिको मुक्तिआन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्तिमोर्चाले आन्दोलन सुरु गरेको हो।

source medianp
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

अत्याधुनिक अमेरिकी युद्धपोत कतार आइपुग्यो, के गर्दै छ कतारमा (भिडियो हेर्नुहोस)

दोहा, आषाढ १ । अरब राष्ट्रहरुसंग सम्बन्ध बिग्रिए पछी कतार तनावमा छ | अमेरिकी नौसेनाका युद्धपोत कतारसँगको संयुक्त सैनिक अभ्यासका लागि दोहा आइपुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले चरमपन्थी समूहलाई ठूलो लगानी गरेको र आर्थिक फण्ड दिएको आरोप लगाएको केही दिनपछि अमेरिकी युद्धपोत कतार आइपुगेको हो । यो संगै अब युद्द हुन्छ कि भन्ने बिस्वभर तरंग फैलिएको छ |

कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य शिविर रहेको छ । ११ हजार अमेरिकी सैनिक रहेको कतारको अल–उदैद एयरबेसबाट १ सय भन्दा बढी लडाकु विमानहरु परिचालित हुन्छन् । अमेरिकाले यसै एयरबेस बाट चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) लगायतका समूहविरुद्ध सैनिक कारबाही सञ्चालन गर्ने गरेको राजधानी दैनिकमा खबर छ ।

कतार न्युज एजेन्सी (क्युएनए) ले अमेरिकी युद्धपोत कतार आइपुगेको यस्तो समयमा सूचना दिएको छ, जुन दिन कतारले अमेरिकासँग एफ–१५ लडाकु विमान खरिद गर्नका लागि १२ बिलियन डलरको प्रारम्भिक लागतको एक सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्युएनएले कतारी रक्षामन्त्री खालिद अल अत्तियाह र अमेरिकी रक्षामन्त्री जिम माटिसले वासिंगटनमा सो सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ । रक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतारलाई अत्याधुनिक क्षमता प्रदान गर्ने र सुरक्षा सहयोग तथा अमेरिका । कतारबीच अन्तर–क्षमता बढ्नेछ ।’

यही महिनाको सुरुमा साउदी अरब, युएई, बहराइन, इजिप्टसहितका राष्ट्रले चरमपन्थी समूह र इरानलाई सहयोग गरेको आरोपमा कतारसँगको राजनीतिक सम्बन्ध तोडेका थिए । कतारले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

साउदी, युएई र बहराईनले कतारसँगको हवाई, स्थल र सामुद्रिक सीमा समेत बन्द गरेको छ । कतारसँगको सीमा बन्दका कारण कतार एयरलाइन्सका उडानहरु प्रभावित बनेका छन् भने कतारमा ट्रान्जिट भएर उड्ने जहाजहरु समेत अन्यत्रबाट घुम्नुपर्ने अवस्था आएको थियो ।

गत साता मात्रै अमेरिकी रक्षा मन्त्रालयले कतारमा रहेको आफ्नो सुरक्षा बेस राख्न दिएकोमा कतारको प्रशंसा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कतारमाथि अन्य छिमेकी देशले गरेको राजनीतिक सम्बन्ध विच्छेद जायज भएको बताउँदै आएका छन ।

साभार : साझा पेजबाट

भिडियो हेर्नुहोस :

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

छोराले मलेसियाबाट तीन लाख पठाउँछु भन्थ्यो, मरेको बाँचेको पत्तो छैन !

लिला निरौला/खोटाङ ।
जेठ २४ – ‘गाउँमा अरुका छोरा विदेश बाट आउँछन् । उसको त कुनै अत्तोपत्तो छैन’ धनबहादुर भट्राईले सुरुमै मनको बह पोख्नुभयो । बह नहुने कुरो पनि भएन । विदेश गएकाहरु दुई तीन वर्षमा घर आउँछन, केही समय बस्छन् अनि जान्छन् तर बालाराज गएको १५ वर्ष भयो । एक पटक फर्किनुभएन । उहाँ १२ वर्षदेखि बेपत्ता हुनुहुन्छ ।
धनबहादुरका जेठा छोरा बालाराजले विदेश जाने सुर कस्दै गर्दा २०५६ सालतिर गाउँबाट औंलामा गन्न सकिने मान्छे मात्रै विदेश गएका थिए । विदेशको सपना देख्ने पनि धेरै थिएनन् । त्यसैले त्यति बेला न विदेशको बारेमा बुझ्नुपर्छ भन्ने थाहा थियो न त बुझ्न जाने ठाउँ नै थियो जिल्लामा ।
त्यसैले पठाउने व्यक्ति वा म्यानपावरले जे भन्यो त्यही पत्याउनुपर्ने अवस्था थियो । बालाराजलाई पनि त्यस्तै भयो । उहाँलाइ जाने व्यक्तिले जाने देश, त्यहाँ गर्नुपर्ने काम बारे जानकारी लिनुपर्छ, सीप नसिकी जानुहुँदैन भन्ने कुरा त थाहा थिएन नै परिवारले पनि विदेश जानेका बारेमा जानकारी लिइराख्नुपर्छ भन्ने ज्ञान थिएन । त्यसैले बालाराजलाई विदेश गएको छोराका बारेमा धेरै कुरा थाहा छैन । ‘फ्याक्ट्रीको काम भनेर लगेको थियो’ उहाँले अनविज्ञता जाहेर गर्नुभयो ।
२०५६ सालमा मलेसिया पुगेका बालाराजले घर फोन गरिररहनुहुन्थ्यो । तर काम र कमाइ राम्रो छैन भन्नुहुन्थ्यो । कमाई राम्रो नभएपछि घरमा पैसा पठाउने कुरै भएन । त्यसैले गएको तीन वर्षसम्म धनबहादुरले एक पैसा पठाउनुभएन । जाँदा लिएको ९० हजार रुपैयाँको साँवा ब्याज जस्ताको तस्तै थियो ।
तीन वर्षपछि भने बालाराजले एकै पटक ३ लाख रुपैयाँ पठाउने भन्दै फोन गर्नुभयो । त्यतिबेला धनबहादुर मात्रै होइन आमा मायादेवीलाई पनि ढुक्क भयो । छोराले पैसा पठाउँछु भनेपछि बुवाआमा पैसा पठाउने खबर सुन्ने चाहनामा थिए । तर छोराको फोन आएन । दिन, हप्ता गर्दै महिना बित्दा पनि छोराको फोन नआएपछि उहाँको परिवार आत्तियो ।
धनबहादुरको परिवारले उहाँलाई खोजिदिन विदेश पठाउने म्यानपावर र एजेण्टलाई आग्रह गर्यो । उनीहरुले यहाँबाट पठाएको कम्पनीमा सम्पर्क त गरे तर पत्तो लाउन सकेनन् । बालाराज हराए पनि उहाँ जाँदा लिएको ऋण बढिरहेकै थियो । तर त्यो तिर्ने केही उपाय थिएन । त्यसैले उहाँले अर्को छोरालाई विदेश पठाएर बालाराजलाई पठाउँदा लिएको पैसाको साँवा ब्याज तिर्नुभएको छ । मलेसिया गएका बालाराजका भाइले पनि दाइ खोजि गर्नुभयो तर पत्तो लाउन सक्नुभएन ।
मलेसिया नै पुगेर खोज्दा पनि नभेटिएको बालाराजको परिवारले सूचना केन्द्र बारे जानकारी पाएपछि त्यहाँबाट पहल गर्दा पो हुन्छ कि भन्ने आशा बाँकी नै थियो । त्यसैले पाँच वर्ष अघि धनबहादुरको परिवार सूचना केन्द्रमा गयो । केन्द्रले पहल गर्दा पनि केही पत्तो लाउन सकेन । फोटो बाहेक अरु कुनै कागजपत्र नभएकाले खोज्दा पनि नभेटिएको सूचना केन्द्रले जनाएको छ ।
आफूले सकेसम्म खोज्दा पनि नभेटिएपछि परिवारका अरु सदस्यले आश मारेका छन् तर बुवा आमाको मन अझै मानेको छैन । त्यसैले छोरा फर्किने बाटो अहिले पनि हेरिरहेका छन् बालाराजका दम्पती ।
धनबहादुर ६९ वर्षको पुग्नुभयो अनि आमा मायादेवी भट्राई ६७ वर्ष । एकातिर छोरा हराएको पीर त्यैं माथि बुढ्यौली । त्यसैले दुवै जनालाई रोगले पनि च्याप्दै लगेको छ । श्रीमतीलाई काठमाडौं लगेर उपचार गरिनसक्दै धनबहादुर पनि पेटको रोगले थलिएपछि अप्रेसन नै गर्नुपर्यो ।
थलिँदै गएपछि दुवै जनालाई छोराको यादले झनै सताएको छ । ‘अरुका छोरा विदेशबाट आउँछन् तर उसको अत्तोपत्तो नै छैन बुढेसकालमा छोराको अनुहार हेरेर मर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।’ मायादेवीले पनि श्रीमानकै जस्तो पीडा सुनाउनुभयो ।
उतिबेला पैसाको अभाव थियो धनबहादुरको घरमा । अहिले अरु छोराहरुले पैसा कमाएका छन् । घरको स्थिती पनि फेरिएको छ । तर छोरा हराउँदाको पीडा पैसा नहुँदाको भन्दा धेरै छ । त्यसैले भनिरहेका छन् ‘हामीलाई पैसा चाहिएको छैन छोरा फर्किएर आइदिए हुन्छ ।’

from ujayloonline
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

परराष्ट्र मन्त्रालय द्वारा कतारको नेपाली दुतावासलाई दैनिक रिपोर्ट गर्न निर्देशन [भिडियो रिपोर्ट]



साऊदी अरब लगाएत ६ ओटा अरब मुलुक र माल्दिभ्सलाई कुटनीतिक सम्बन्ध बिच्छेद निर्णय गरेपछि तेल र प्राकृतिक ग्यासमा धनि मुलुक कतार संकटमा परेको छ ।
खाडी क्षेत्रमा आतंकवादलाई प्रसये दिएको आरोप लागेको कतारले भने छिमेकि मुलुकहरुको यो कदमको खण्डन गर्दै खेद व्यक्त गरेको छ ।
सन् २०२२ मा विश्वकप फूटबल आयोजना गर्न लागेको कतारले यो कुटनीतिक संकट पछि पनि प्रतियोगिता आयोजना गर्न सक्ला त, भन्ने प्रश्न खडा भएको छ ।
परराष्ट्र मन्त्रालयले कतार सहित साऊदी अरब, यूएई, इजिप्ट, बहराइन , एमन र लिबियाका नेपाली दुतावासलाई पत्रचार गरी सुक्ष्म विश्‍लेषण गरेर दैनिक रिपोर्ट गर्न निर्देशन दिएको छ ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

साउदीमा चम्केका नेपाली, शिक्षकदेखि अरबमा म्यानेजरसम्म (यसरि हुन्छन खाडीमा नेपाली सफल)


दमाम (साउदी अरब)-डेढ दशकअघि शिक्षण पेसामार्फत बालबालिकाको उज्ज्वल भविष्य कोर्न लागिपरेका स्याङ्जा तीनदोबाटेका ४५ वर्षीय जेशकुमार श्रेष्ठ यतिबेला भने साउदी अरबमा आफ्नै भविष्य कोर्न तल्लिन छन् ।

बीस वर्षको उमेरमै अध्यापन पेसा सुरु गरी श्रेष्ठले आफैं अध्ययन गरेको स्याङ्जाकै पकवादीमा रहेको जानकी मावि र गल्याङको चिराग बोर्डिङ स्कुलमा गरी आठ वर्ष शिक्षण सेवामा समर्पित रहे । श्रेष्ठले विज्ञान विषय अध्ययन गरी शिक्षण पेसामा आबद्ध भएका थिए ।

माध्यमिक तहको गणित र विज्ञान विषय अध्यापन गराउने जेश सर स्याङ्जाको सो क्षेत्रमा निकै लोकप्रिय शिक्षक बन्न सफल पनि भए । शिक्षण पेसामै स्थायी जागिरे बन्ने र जन्मभूमिको सेवा गर्ने सोच बनाएका श्रेष्ठको योजना भने सफल हुन सकेन ।

जेश सरलाई शिक्षण पेसामै आत्मसन्तुष्टि मिले पनि आर्थिक अवस्थाले भने सोचेअनुरुप साथ दिन सकेन । घरका एक्ला छोरा उनी पारिवारिक जिम्मेवारी निभाउनकै लागि भए पनि विदेशिनुपर्ने बाध्यता बन्यो ।

विदेशिने कल्पनासम्म नगरेका उनले २०५४ सालमा केही साथीभाइसँग मिलेर जापान जाने तयारी गरे । तर जापानको यात्रा भने सफल हुन सकेन । केही वर्ष विदेश बसेर स्वदेश फर्कने योजनाका साथ आर्थिक समृद्धिको सपना बुनेर अन्ततः २०५५ मा खाडी मुलुक साउदी अरब हानिए ।

सामान्य कामदारका रुपमा साउदी अरब छिरेका जेश सर अहिले भने यहाँको एक प्रतिष्ठित कम्पनीमा म्यानेजर बन्न सफल भएका छन् । सामान्य कामदार हुँदै म्यानेजर बनेका श्रेष्ठको यो सफलता सहजै प्राप्त भएको भने होइन ।

डेढ दशकअघि पहिलोपटक मासिक एक हजार ५०० तलब पाउने गरी साउदी अरब छिरेका श्रेष्ठले सात वर्ष एक कम्पनीमा कार्यालय सहायकका रुपमा काम गरे ।

त्यहाँ खासै सफलता हात पर्ने सम्भावना नदेखेपछि अर्को कम्पनीमा आउने चाँजोपाँजो मिलाएर स्वदेश फर्के । मासिक चार हजार रियल तलब पाउने गरी उनी नयाँ कम्पनीमा कम्पनी प्रमुखको कार्यकारी सचिवका रुपमा नियुक्त भए ।

पाँच वर्ष जति कार्यकारी सचिवका रुपमा काम गरेपछि उनलाई कम्पनीले कार्यालयको उपल्लो तह सुपरभाइजरमा पदोन्नति ग¥र्यो । केही वर्षमै स्वदेश फर्केर फेरि शिक्षण सेवा गर्ने सोच बनाएका श्रेष्ठले काम गर्ने क्रममा सफलता हात पार्दै गएपछि साउदी अरब बस्ने योजना पनि लम्बिँदै गएको बताउछन ।

श्रेष्ठको कामबाट प्रभावित भएपछि कम्पनीले एक पछि अर्को पदोन्नति गर्दै उनलाई विभिन्न जिम्मेवारीहरु सुम्पन थाल्यो । आफूले पाएका जिम्मेवारी सफलतापूर्वक र कुशलतापूर्वक सम्पन्न गर्दै उनले कम्पनी सञ्चालकको मन जित्दै गए । पछि उनको काम र लगावबाट प्रभावित भएर कम्पनी सञ्चालकले उनलाई विभागीय प्रमुखका रुपमा म्यानेजर पदमा पदोन्नति ग¥र्यो ।

श्रेष्ठका अनुसार उक्त कम्पनीमा विभिन्न मुलुकका गरी झन्डै एक हजार कामदार कार्यरत रहेका छन् । सो कम्पनीमा श्रेष्ठले कम्पनीलाई आवश्यक पर्ने कच्चा पदार्थको खरिद तथा आयात व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन् ।

“यो स्तरसम्म पुग्छु र म्यानेजर नै बन्छु भनेर सोचेको पनि थिइनँ, तर निरन्तर काम गर्दै जाँदा प्रगति पनि क्रमिक रुपमा हुँदोरहेछ–विगत सम्झँदै श्रेष्ठले भने, ” मैले कहिल्यै पनि कामलाई सानो वा ठूलो भनेर हेरिनँ, जस्तो काम गर्न परे पनि तयार भएँ ।’

यहाँको कुनै पनि कम्पनीको उच्च तहमा आप्रवासी कामदारलाई भन्दा स्थानीय नागरिकलाई प्राथमिकता दिनुपर्ने प्रावधान रहे पनि श्रेष्ठ भने यहाँको प्रतिष्ठित कम्पनीकै उच्च तहमा काम गर्ने भाग्यशालीमध्येका एक नेपाली हुन् ।

मासिक नेपाली रु ३० हजारमा साउदी छिरेका श्रेष्ठको निरन्तरको कठोर परिश्रम र सङ्घर्षले अहिले मासिक करिब पाँच लाख नेपाली रुपैयाँ कमाउन सफल भएका छन् ।

विभिन्न मुलुकका कामदारहरुसँग प्रतिस्पर्धा गर्दैै आफूलाई अब्बल ठहराएका श्रेष्ठलाई नेपाली भएका कारण पनि कम्पनीमा विश्वासिलो र इमान्दार पात्रका रुपमा समेत हेर्ने गरेको बताउँछन् । यतिमात्र होइन, श्रेष्ठले कम्पनीकै काम लिएर देश विदेशसमेत घुम्ने अवसर पनि पाएका छन् ।

व्यावसायिक भेटघाट र कम्पनीका लागि आवश्यक कच्चा पदार्थ खरिदका लागि चीन, पाकिस्तान, भारत, बहराइन, युएई जस्ता मुलुकमा आउने जाने गर्छन् । राम्रो कमाइ भएपछि उनले बुबाआमा, श्रीमती र छोराछोरीलाई समेत खुसी दिन सकेका छन् ।

एक छोरा र एक छोरी रहेका श्रेष्ठले छोरालाई इन्जिनियर र छोरीलाई डाक्टर बनाउने लक्ष्यका साथ आफ्नो कमाइले पढाइ खर्च जुटाइरहेका छन् । जागिरसँगै स्वदेश तथा विदेशमा हुने सामाजिक गतिविधिमा पनि उनी सक्रिय हुने गरेका छन् ।

आफूले सम्हालिरहेको पदभन्दा अझै माथिल्लो तहमा पुगेर काम गर्ने लक्ष्य बनाएका श्रेष्ठ केही वर्षपछि भने स्वदेशमै केही व्यवसाय सञ्चालन गर्ने योजना बनाएको बताउँछन् ।

श्रेष्ठको काम र तलब हेर्ने हो भने खाडीमा तल्लो तहमा मात्रै होइन यहाँका प्रतिष्ठित कम्पनीको उपल्लो तहमा समेत बसेर काम गर्ने नेपालीहरु पनि छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

कामप्रति निरन्तर समर्पित भई इमान्दारिताका साथ सङ्घर्ष गर्न सके युरोप अमेरिका मात्र होइन श्रेष्ठले जस्तै अरबमै पनि उज्ज्वल भविष्य कोर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । रासस

from dailygulfact
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

अरब मुलुकको समस्या समाधानमा कुवेतको पहल


कतारसँग माल्दिभ्स र ६ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडे पश्चात खाडि मुलुकमा देखिएको समस्याको सम्बधान खोज्नको लागि कुवेतले मध्यस्ताको पहल गरेको छ ।
कुवेतका राजा शेख सवहा अल-अहमद अल जावेर अल सबा सउदि अरबका र राजा सलमान बिन अब्दुलाजिज बिन सउद संग भेट बार्ता गर्न मंगलबार सुउदि गएका छन । कुवेतका राजाको उच्च स्तरिय डेलिगेशन टिममा कुवेतका बिदेश मन्त्रि तथा सुचन तथा संचार मन्त्रि समेत गएका छन ।

कुवेत र साउदि अरवका राज बिच मंगलबार वेलुका भेटबार्ता भएको छ । दुई देशका राजहरुको बिच भएको छलफल पछि कतारको लागि २४ घण्ट भित्र पुरा गर्नु पर्ने सर्त अघि सरिएको छ । ईरान संगको कुटनितिक सम्बन्ध तोडनु पर्ने । अल जजिर च्यानल बन्द गर्नु पर्ने र हमाद नामको संगठन सँग सबै नाता तोडेर उनीहरुका सबै बैक खाता बन्द गर्नु पर्ने । अरबका सबै राष्ट्र संग सार्वजनिक माफी माग्नु पर्ने जस्ता मुख्य बुदाहरु छन ।

कतारले साउदि अरबले राखेका डिमान्डहरु २४ घण्टा भित्र पुरा गरेको खण्डामा खाडिमा कुनै किसिमको बाढि आऊने छैन ।

कतारलाई उत्तेजित अभिव्यक्ति र अतिवादलाई प्रश्रय नदिन कुवेतको सुझाब

माल्दिभ्स र ६ वटा अरब मुलुकले कतारसँग अप्रत्यासित रूपमा दौत्य सम्बन्ध तोडेपछि उत्पन्न समस्या समाधान गर्न कुवेतले पहल गरेको छ । कतारसँगको सम्बन्धविच्छेदपछि उत्पन्न संकटबारे कुवेतका विदेशमन्त्री सेख सबाह अल अहमेद अल जबार अल सबाहले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग मंगलबार छलफल गरेका छन् ।

स्थल तथा हवाईमार्गका नाकामा रोक
ती मुलुकले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाईमार्गका नाकाहरूमा कतारका पानीजहाज, गाडी तथा विमानलाई रोक लगाएका छन् । ती देशले आफ्ना मुलुकका सबै विमान सेवाले कतारका कुनै पनि गन्तव्यतर्फ उडान नगर्ने सामूहिक निर्णय लिएका छन् । युनाइटेड अरब इमिरेट्सले कतारसँगको सीमा बन्द गरेको छ । सन् १९९१ मा अमेरिकी तथा बहुराष्ट्रिय सेना र इराकबीच भएको खाडी युद्धपश्चात् पहिलोपटक कतारको अरबी राष्ट्रसँग कूटनीतिक संकट उत्पन्न भएको हो । संकटकै पृष्ठभूमिमा कुवेतले अरब राष्ट्रसँग सम्बन्ध सुधारको पहल गरेको हो । उसले अन्य मुलुकसँग पनि वार्ता गर्ने बताएको छ ।

बेलायतमा शृंखलाबद्ध रूपमा अतिवादी हमला भएको दुई दिनपछि अरब राष्ट्रले कतारलाई एक्ल्याएका छन् । बेलायतमा भएका हमलाको आइएसले जिम्मा लिएको छ । आइएसले जिम्मा लिएको छ ।

वार्ताका लागि कतारको आह्वान
अरब राष्ट्रहरूले सम्बन्ध तोडेपछि कूटनीतिक समस्या समाधान गर्न कतारले वार्ताका लागि आह्वान गरेको छ । कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले संवादमार्फत मतभेदहरू सुल्झाउनुपर्ने बताएका छन् । कतार र उससँग कूटनीतिक सम्बन्धविच्छेद गरेका उसका छिमेकी मुलुकबीचको तनाव चुलिएको छ । कतार सरकारले पछिल्लो विवादले जनजीवन प्रभावित नभएको दाबी गरेको छ । तर, सर्वसाधारणले सोमबारदेखि नै खाद्यान्न भण्डारण गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गल्ती सच्याउन आग्रह
वार्तामा कतारले कुनै पनि प्रकारका अतिवादलाई पश्रय दिन नहुने बताउँदै विदेशमन्त्री थानीले कतारलाई आफ्ना गल्ती सच्याउन आग्रह गरे । जवाफमा अमिरले सेख तमिमले कतार कुनै पनि प्रकारका अतिवादको विरोधमा रहेको बताएका थिए । कुवेतले कतारको अन्य मुलुकसँग बिग्रिएको सम्बन्ध पुनस्र्थापना गरी पुरानै स्थितिमा फर्काउन सक्दो पहल गरेको विदेशमन्त्रीले बताए । संकट समाधान गर्न इमानदारीपूर्वक वार्ता गर्न विदेशमन्त्रीले आग्रह गरेका थिए । सम्बन्धविच्छेद गरेका मुलुकविरुद्ध उत्तेजित अभिव्यक्ति नदिन पनि कुवेतले आग्रह गरेको छ । कतारी समाचार संस्था अलजजिरालाई एक अन्तर्वार्ता दिँदै विदेशमन्त्री सबाहले कतारको मनोमानी र आन्तरिक मामिलामा हस्तक्षेप कुनै पनि अरब राष्ट्रका लागि मान्य नहुने बताएका थिए । अर्को क्षेत्रीय संगठन खाडी सहयोग परिषद् कुवेतले संयमित हुन अपिल गरेको छ ।

अन्तर्राष्ट्रिय अदिवादी मुस्लिम समूह (आइएस)लाई सहयोग गरेको, अमेरिका, युरोपेली संघलगायत पश्चिमी मुलुकहरूद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रहरूबीच विभेदपूर्ण नीति अवलम्बन गरेकोलगायतका आरोप लगाउँदै ६ अरब राष्ट्र र दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले सोमबार कतारसँग दौत्य सम्बन्ध विच्छेद गरेका थिए ।

कतारसँगको सम्बन्ध तोड्ने अरब राष्ट्रहरूमा इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन र यमन छन् । सम्बन्ध तोडेको घोषणासँगै सातै मुलुकले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासका सम्पूर्ण कर्मचारी फिर्ता बोलाई आफ्ना मुलुकमा रहेका कतारी कूटनीतिज्ञ र नागरिकलाई देश छाड्न आदेश दिएका छन् ।


from nepal kuwait.com
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

खाधान्न सामानको अभाव नहुने,भाउ पनि नबढ्ने : मन्त्रालय

अर्थव्यवस्था तथा वाणिज्य मन्त्रालयले कतारमा हाल खाधान्न तथा अन्य उपभोक्ता सामान १२ महिना सम्मका लागि स्टक रहेको जानकारी दिएको छ । साथै हाल उत्पन्न भएको कुटनीतिक सम्बन्धको समस्याले अगामी दिनमा पनि कुनै सामानको अभाव नहुने स्पष्ट पारेको छ । त्यस्तै कतारमा धेरै मात्रामा पशुधन अष्ट्रेलिया र तरकारी भारत र बङ्गलादेश बाट आयात हुनेगरेको जानकारी दिएको छ । आम जनतामा उत्पन्न भ्रमहरुलाई  हिजो मन्त्रालयले विभिन्न भाषाहरुमा प्रश्नोत्तर विज्ञप्ती सार्वजनिक गर्दै हाल बजारको अवस्था सामान्य रहेको र भाउ पनि स्थिर अवस्थामा रहेको कुरा स्पष्ट पारेको छ ।
के कतारी बजार छिमेकी राष्ट्रहरुले गरेको कुटनीतिक सम्बन्ध तथा सिमा बन्दले प्रभावित होला?
कतारमा खाधसामाग्रीको व्यापक भण्डार उपलब्ध रहेको हुँदा यसले कुनै असर पार्नेछैन् । कतार छिमेकी मुलुकहरुमा मात्र निर्भर नभएको र विश्वभर बाट नै उपभोक्ता सामाग्रीहरुको आयात हुने क्रम सामान्य रुपमा जारी रहेको छ ।
के सरकारले यस्तो परिस्थितीको सामना गर्न कुनै आपतकालिन योजना तयार पारेको थियो ?
कतारको छिमेकी राष्ट्रहरु संगको खटपट अहिले मात्रै नभएर पछिल्लो इतिहास देखि नै रहेको छ । यस्ता परिस्थितीको सामना गर्न कतार सदैव तत्पर रहँदै आएको छ । त्यसैले बजारमा प्रचुर मात्रामा खाना तथा अन्य उपभोक्ता सामानहरु उपलब्ध रहेका छन् ।


के यस घटनाले कतारमा खाधान्न र अन्य सामानहरुको भाउमा असर पर्ला ?
उपभोक्ताका सम्पूर्ण सामानहरुको मुल्य सरकारले पहिल्यै तोकेको हुन्छ र यो अहिले बजारमा स्थिर रुपमा रहेको छ । साथै अर्थव्यवस्था तथा वाणिज्य मन्त्रालयको समन्वय बिना मुल्य बढाउन नपाउने नियम रहेको छ । त्यसैले आम मानिसमा यसको असर पर्ने छैन र बजारको स्थिती सामान्य रहेको मन्त्रालयले जोड दिन चाहान्छ ।
सामान १२ महिना सम्मका लागि स्टक  छ 
हाल कतारमा चाहिने दैनिक उपभोक्ताको सामान १२ महिना सम्मका लागि स्टक रहेको कतार च्याम्बरले स्पष्ट पारेको छ।साखै कतार संग खाधान्न तथा अन्य उपभोक्ता सामानहरुको भण्डार गर्ने प्रयाप्त रणनीति रहेको कतारी व्यवसायीहरुले जानकारी दिएको छ । कतार च्याम्बरले सोमबार आयोजना गरेको खाधान्न आयात गर्ने स्थानिय कम्पनीका प्रतिनिधीहरु संगको छलफल कार्यक्रममा ४० भन्दा बढी कम्पनीका व्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बढेको कुटनीतिक सम्बन्धको समस्यामा मुलुकमा खाधान्न सामान आयात गर्ने वैकल्पिक प्रक्रियाहरुमा छलपल भएको थियो । त्यस्तै व्यापारीहरुले देशमा सरल आयात प्रवाह गर्न विभिन्न वितरक माध्यमहरु संग नयाँ करार सम्झौता सुरु भइसकेको कुराको जानकारी दिएका थिए ।

from qnkhabar
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बोर्डिङ पास लिइसकेका यात्रु उड्न पाएनन्

काठमाडौ – श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए ।

विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद भट्टराईले सक्कली कागजात नभएको भन्दै उनलाई रोकेका थिए । त्यसपछि साढे ९ बजे उड्ने विमानमा उनले यात्रा गर्न पाएनन् । आजको कान्तिपुरमा खबर छ ।

सबै विधि र प्रक्रिया पूरा गरे पनि नियतवश दु:ख दिन आफूलाई फिर्ता गरिएको भन्दै मोरङ पथरी ९ घर भएका आर्चायले डिल्लीबजारस्थित अध्यागमन विभागमा निवेदन दिएका थिए । स्रोतका अनुसार आवश्यक कागजात हुँदाहुँदै पनि कर्मचारीले यात्रुलाई रोकेको भन्दै अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अधिकृतलाई विभाग नै डाकेका थिए ।

स्रोतले भन्यो, ‘महानिर्देशक गेलालले यात्रुलाई क्षतिपूर्ति नतिरे कडा कारबाही गर्ने बताएपछि भट्टराईले टिकट काटिदिने बताएका थिए ।’ व्यक्तिगत श्रम स्वीकृतिमा सबै प्रक्रिया पूरा गरेर हिँडेका आचार्यले कान्तिपुरसँग कुरा गर्दै आफूलाई अनाहकमा दु:ख दिइएको बताए ।

आचार्यले आफूले सबै सक्कल कागजात देखाउँदा पनि फिर्ता पठाइएको बताए । विमानस्थलको अध्यागमनमा खटिएका वरिष्ठ अधिकृत, ड्युटीमा खटिएका अधिकृत र विमानस्थल अध्यागमनका प्रमुख अधिकृतको सहमतिमा मात्रै यात्रुलाई अफलोड गर्न पाइने व्यवस्था छ । तर आचार्यलाई फिर्ता पठाउने काम भने भट्टराईले एकल निर्णयका आधारमा गरेका थिए ।

अध्यागमन कर्मचारीकै कारण आचार्यको ३१ हजार रुपैयाँमा किनेको टिकट खेर गएको छ । आचार्यले नयाँ यात्राका लागि फेरि टिकट काट्नुपर्ने बताए । उनले भने, ‘टिकट काट्नका लागि पैसा छैन ।

विमानस्थल अध्यागमनले टिकट काटिदिन्छ कि, हेरम ।’ आचार्य बहराइनस्थित एक कम्पनीमा रंग लगाउने काममा जान लागेका थिए । विमानस्थल अध्यागमन शाखाका प्रमुख होमनाथ थपलियाले आचार्य बुधबार या बिहीबार नै बहराइन जाने बताए ।

उनले कामदारले सबै कागजात नबुझाएकै कारण फिर्ता पठाइएको दाबी आफू मातहतका कर्मचारीले गरेको र आफूले सबै कागजात बुझाएको दाबी यात्रुले गरेको बताए । उनले भने, ‘दुवैका आ–आफ्नै दाबी छन् । उनी केही दिनमै गन्तव्य देश जान्छन् ।’
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा कति नेपाली हाेलान् !





सुशील ढुंगाना/वैदेशिक रोजगार विज्ञ ।

काठमाडौं, जेठ २४ - कतारमा उत्पन्न संकटकाबारेमा आम संचार माध्यममा चिन्ताजनक समाचार आइरहेका छन् । कतारलाई घेराबन्दि गरेर छिमेकी राष्ट्रहरुले सबै प्रकारका सम्बन्ध बिच्छेद गर्दै जाँदा त्यहाँ रहेका नेपाली नागरिकको अबस्था के हुने हो भन्ने आम चिन्ताको बिषय हो । आशा गरौं नेपाल सरकारले यसबारे आवश्यक कदम चाल्नेछ ।

कतारमा कति नेपाली नागरिक छन् भन्ने बिषयमा कुनै पनि संचार संस्थाले तथ्य बोल्न सक्ने अबस्था छैन । जसले जति भनिरहेका छन् ती सबै अनुमान हुन् । सत्य होइनन् ।

सत्य यस्तो छ

गएको चैत ३ गते सम्म वैदेशिक रोजगारमा जान दिइएको कुल श्रम स्वकृतिको संख्या ४६ लाख ९ हजार रहेको छ । वैदेशिक रोजगारमा कहिलेदेखि नेपालीहरु कतार जान थालेका हुन् भन्नेमा एकिन साथ भन्न सकिने अबस्था छैन । तर, बैदेशिक रोजगार बिभागले आर्थिक वर्ष २०५०/०५१ देखि मात्रै विवरण राख्न सुरु गरेको देखिन्छ ।

२०५०/०५१ देखि ०६२/०६३ सम्म वैदेशिक रोजगारमा जान दिईएको श्रम स्वकृतिलाई महिला, पुरुष र देशगत रुपमा नछुट्याई एकमुष्ट राखिएको छ । यस अबधिमा श्रम स्वकृति दिईएको संख्या ७ लाख ५८ हजार ६ सय ७५ छ । यसमा कम्तिमा २ लाख कतार जान श्रम स्वकृति दिईएको हुन सक्छ । यो पनि अनुमान मात्रै हो ।

त्यसपछि ०६३/०६४ देखि ०७२/०७३ सम्म सबै देश जान ३६ लाख १९ हजार ९ सय ८१ पटक श्रम स्वकृति दिइएको छ ।चालु आर्थिक वर्षको चैत ३ गते सम्म २ लाख ३० हजार ३ सय ७८ पटक श्रम स्वकृति दिइएकोमा कम्तिमा ८० हजार कतारलाई दिएको हुन सक्छ ।

कुल श्रम स्वकृति मध्ये कतार जान मात्रै १२ लाख ५१ हजार ६ सय ७५ पटक अन्तिम श्रम स्वकृति दिइएको छ । यो संख्या करिब मलेसिया बराबर हो । मलेसियालाई सबै भन्दा बढि श्रम स्वकृति दिइएको छ ।

दिइएको श्रम स्वकृतिको संख्या ब्यक्तिको होईन, पटक हो । श्रम स्वकृति एकै ब्यक्तिलाई पटक पटक दोहोरिन सक्छ । श्रम स्वकृतिको संख्या भन्दा ब्यक्ति को संख्या कम हुन्छ ।

बैदेशिक रोजगारमा जाने ब्यक्तिको बिबरण राख्ने तर फर्किनेको नराखिने भएकोले दिइएको श्रम स्वकृतिमा कतिपय फर्किनेको संख्या पनि उल्लेख्य हुन्छ ।

यसर्थ, कतारमा कति नागरिक रहेका होलान भनेर एकिनका साथ भन्ने कुनै आधार छैन । ५ लाख भनौ वा १२ लाख मात्र अनुमान हो ।


from ujayloonline
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

गर्भवती श्रीमती छोडेर मलेसिया छिरेका छोरो ११ वर्ष हुदा सम्म नि घर फर्केनन ! छोराले बाबा खै भनेर सोध्छन म कसलाई देखाऊ, आफ्नो सासु ससुरा स्याहारेर बसेकी श्रीमतीको रमझममा हराएको श्रीमान्को खोजी गरि दिन आग्रह कृपया शेयर गरि खोज्न मद्दत गरौ भिडियो



Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतार मा रहेका नेपाली कामदार को लागि कतार सरकार ले दियो अहिले सम्मकै ठुलो सुबिधा एकचोटी हेरेर सेयर गर्नुहोस



गर्मी बढे संगै बाहिर सफा गर्ने कामदारहरुको लागि नगरपालिका तथा वातावरण मन्त्रालय अन्तर्गतको सार्वजनिक सफाई शाखा ले छाहारी भएको ट्रली दिने भएको छ।हल्का र सार्न सजिलो यस्ता ट्रलीले कामदारहरुलाई थौरै भएपनि राहात मिल्नेछ।
मन्त्रालयले सिधा घाम बाट बच्न र गर्मीको समस्या बाट राहात पाउन ट्रली कतारमै पहिलो पल्ट निकालिएको जानकारी हिजो टि्वटर मार्फत जानकारी दिएको थियो।कामदारहरूले ट्रली यहि हप्ता भित्र पाउनेछन भने यो ब्यवसायिक सडकहरुमा प्रयोग गरीनेछ।


from http://qnradio.com/5981
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा व्यवसायी अशोक श्रेष्ठ पक्राउ


झन्डै एक दशकदेखि व्यवसायी गदै आएका श्रेष्ठले चार वर्षदेखि कतार एयरवेजलाई नेपालीसहित दक्षिण एसियाबाट कामदार पठाउँदै आएका थिए । उनले ‘स्टाफ सोर्स इन्टरनेशन’ मार्फत कतार एयरवेजलाई कामदार आपुर्ति गर्थे । त्यस वापत एयरवेजले प्रति कामदारको कमिसन दिने गर्छ ।

श्रोतका अनुसार एक कतारीलाई दिएको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । कतार मेड सर्भिसमा नेपाली र फिलिपिनो गरी दुई सयभन्दा बढी क्लिनर महिला कामदार छन् । उनीहरुलाई कतारी, वेलायती लगायतका घरमा सफाई गर्न पठाउने गरिन्छ । कम्पनीले एक घण्टा बापत ५० रियाल (करिव १५ सय रुपैयाँ) लिने गरेको छ ।

नेपाल पर्यटन बोर्डबाट सद्भावना पर्यटन दूतसमेत रहेका श्रेष्ठको कम्पनीविरुद्ध १० महिनाअघि विवाहित नेपाली महिला सृजना श्रेष्ठले हालेको मुद्दा उच्च अदालतमा चलिरहेको छ । उनलाई गर्भवती भएको भन्दै कम्पनीले निष्कासन गरेपछि उनी क्षतिपुर्ति माग्दै अदालत पुगेकी हुन् । उनी आफ्नो शिशु र श्रीमान्सँग कतारमै बसिरहेकी छन् ।

श्रेष्ठ पक्राउ भएपछि स्पोन्सरले दुवै कम्पनी नियन्त्रणमा लिएका छन् । उनका ठाउँमा एक स्पेनी नागरीकलाई जिम्मा दिइएको छ । कतारमा कार्यरत नेपाली ब्यबसायीहरुका अनुसार स्पोन्सरसँग आर्थिक लेनदेनसम्बन्धी विवादबाट समस्या सिर्जना भएको हो । श्रेष्ठको परिवारले यसबारे केही बताएको छैन । चेकमा उल्लेख भएको रकम बुझाएर उनी बाहिर निस्कने प्रयासमा छन् ।

बेलायती राहदानी बोकेको हुनाले यस प्रकरणलाई नेपाली दूतावासले हेरेको छैन । श्रेष्ठ कतारमा आउँदा बेलायतमा होटल व्यवसायी थिए । उनी हङकङबाट वेलायत गएका थिए ।

स्रोत : होम कार्की/इकान्तिपुर
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

शिल्पाका अनेक फन्डा ब्लु फिल्म देखि छबिसंग विहे || किन हुन्छ यस्तो ?भिडियो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

८ बर्षपछि छोरा लिएर मिडियामा किन आईन्- निखिल उप्रेतीकी जेठी श्रीमती


Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारको २०० भिसा बेच्ने नेपालीलाई तीन वर्ष जेल र देश निकाला गरिने


बैशाख २८, काठमाडौं | कतारको दोहास्थित अपराध अदालतले भिसाको कारोबार गर्ने एक नेपालीलाई कतारमा तीन वर्षको जेल सहित देश निकाला गर्ने सजाय सुनाएको छ ।

उनलाई कतारमै तीन बर्ष जेल हाल्न र जेलबाट निस्कानासाथ देशबाट निष्कासन गर्नसमेत आदेश दिएको छ । स्थानीय अरबिक दैनिक अलरयाका अनुसार ती नेपालीले बिजनेस र कतार आउने भिसा बिक्री गरको थिए । उनले एक वर्ष अवधिमा २ सय आगमन भिसा ४ लाख रियाल (एक करोड ८० लाख रुपैया) मा बिक्री गरका थिए ।

सजाय पाउने नेपालीको नाम भने सार्वजनिक गरिएको छैन ।

- See more at: http://sajhasabal.com/employment/21638#sthash.5rETx0sS.dpuf
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

विदेश मा रहेका नेपाली को लागि खुसि को खबर अब नेपालमा पैसा पठाउन शुल्क नलाग्ने

नेपाल पैसा पठाउन शुल्क नलाग्ने तयारी गर्दैछ नेपाल सरकार

विदेशमा रहेका नेपाली कामदारले औपचारिक प्रणालीबाट स्वदेशमा रकम पठाउँदा लाग्ने शुल्क तथा कमिसन नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटले यस्तो व्यवस्था गर्ने भएको हो । यस्तो भएमा विदेशबाट नेपालमा पैसा पठाउने लाखौ नेपालीहरूलाई फाइदा हुनेछ ।

किन यस्तो गर्न लागेको ?

हुण्डीबाट नेपालमा पैसा पठाउने क्रम बढेपछि धेरै ठगीका घटनाहरू भएकाले त्यसलाई कम गर्न
हुण्डीबाट रेमिट्यान्स पठाउने प्रवृत्तिलाई घटाउन र कामदारहरुले पैसा पठाउँदा तिर्नुपर्ने रकम घटाउन
राष्ट्र बैङ्कको गत असोजमा प्रकाशित एक प्रतिवेदनअनुसार लागतकै कारण कतिपयले हुण्डीबाट पैसा पठाउन सहज मान्ने गरेका छन् । कुल ३ सय २० घरपरिवारमा गरिएको नमुना सर्वेक्षणमा ३.८ प्रतिशतले रकम पठाउँदा लाग्ने खर्चकै कारण औपचारिक प्रणाली प्रयोग नगरेको पाइएको थियो । यो तथ्याङ्कलाई घटाउन
‘स्वदेश पैसा पठाउन महँगो हुने भएकाले कोरिया लगायतका मुलुकबाट आधाभन्दा बढी कामदारले हुन्डीमार्फत रकम पठाउने गरेको पाइएकाले त्यसलाई सहज बनाउन
औपचारिक तरिका (रेमिट्यान्स कम्पनीहरू) बाट पैसा पठाउनेहरू घटे

अनौपचारिक क्षेत्रबाट आउने रेमिट्यान्सको वास्तविक अध्ययन नभए पनि यसमा वृद्धि भइरहेकोले औपचारिक बाटोबाट आउने रेमिट्यान्स घटेको छ
विगत १५ वर्षको अवधिमा रेमिट्यान्स भित्रने दरमा १३ गुणाले वृद्धि देखिए पनि वार्षिक वृद्धिदर घट्दो क्रममा रहेको छ ।
आव ०७१/७२ मा वार्षिक रेमिट्यान्स भित्रने दरमा १३.६ प्रतिशत वृद्धि देखिएकोमा आव ०७२/७३ मा यस्तो वृद्धिदर ७.७ प्रतिशतमा सीमित भएको थियो । चालु आव ०७३/७४ को पहिलो दुई महिना रेमिट्यान्सको आप्रवाह कम भएको र नेपालबाट विदेश लाभांश भुक्तानी बढी भएकाले पनि देश घाटामा (शोधानान्तर घाटा) गएको थियो । चालु आवको आठ महिनामा भने देशमा भित्रिएको रेमिट्यान्सको वृद्धिदर ३.७ प्रतिशतमा सीमित भएको छ ।
यसरी ‍औपचारिक तरिकाबाट पैसा पठाउनेहरू घट्नु भनेको सरकार गरिब हुँदै जानु तर मान्छे धनी हुँदै जानु हो
त्यसैको कारणले गर्दा

गत असारमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रेमिट्यान्स पठाउदा लाग्ने शुल्क तथा कमिसन सरकारले नै व्यहोर्ने नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको थियो
समितिले बैङ्किङ प्रणालीबाटै रेमिट्यान्स भित्रने व्यवस्था सुनिश्चित गर्न पनि भनेको थियो ।
यसैको कारणले आगामी बजेटबााट पैसा पठाउँदा पैसा नलाग्ने व्यवस्था सरकारले गर्न लागेको हो ।
तपाईँले यसरी सहयोग गर्न सक्नुहुन्छ

पैसा पठाउँदा ‍‍‍औपचारिक तरिकाबाट मात्र पठाउनुहोस् यसो गर्दा तपाईँले पैसा पठाउँदा तिरेको रकम सरकारको कमाइमा जान्छ
सरकारले बाटो घाटो तथा विकास निर्माणको कार्य त्यही पैसाले बनाउने हो
हुण्डी जस्तो अवैधानिक माध्यमबाट पैसा आफू पनि नपठाउनुहोस् अरूलाई पनि नपठाउन भन्नुहोस्
स्रोत : शुभ यात्रा
from http://qnradio.com/5946
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा हराएको पर्स फिर्ता गर्ने पुष्पराज सम्मानित

नेपाली कामदार पुष्पराज देवकोटाले हराएको ९ हजार रियाल सहित अन्य महत्वपुर्ण कागजपत्र भएको पर्स फिर्ता गरि नेपालीको इमानदारीता झल्काएका छन।

देवकोटाले आफ्नै कम्पनीको इन्जिनिएर अहमदअब्देलसदोर को उक्त पर्स पार्किङ्ग एरियामा भेटाएका थिए,जँहा ५ सय कामदारको ओहोरदोहोर हुनेगर्दछ।जेफर्सन इन्टरनेसनल ट्रेडिङ्ग एन्ड कन्ट्रेक्टिङ्ग कम्पनी मा विगत २०१२ देखि सेक्युरिटी अफिसर पेशामा कार्यरत देवकोटालाई कम्पनीको एचआर विभागले ट्रफी तथा कदरपत्रले सम्मान गरेको छ। अनिल मगर क्युएन रेडियो
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

भाईले भाउजु भित्राए , दाजु साउदीमा पसिना बगाउदै

काठमाडौं। चितवन स्थायी घर भएका दान बहादुर राईले आफ्नै भाउजुसँग प्रेम विवाह गरेपछि सिंगो पारिवारिक बातावरण खलबलिएको छ । श्रीमान खोज्दै काठमाडौं आएकी दानबहादुरको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा बहु–विवाहको उजुरी दिएकी छिन् ।

सहोदर दाजु वैदेशिक रोजगारीका लागि साउदी गएका बेला भाउजु गीता राईलाई च्यापेर दानबहादु काठमाडौं लागेपछि उनको आफ्नी श्रीमती भने बिचल्लीमा परेकी छिन् ।

दुई छोराहरु समेत रहेका भाउजुलाई लिएर काठमाडौंतिरै बस्न थालेका दानबहादुर लाई उनको श्रीमतीको उजुरीका आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

एकबर्षअघि विवाह गरेका दानबहादुर दाई विदेशिएपछि भाउजुसँग लसपसिएका थिए । अहिले रिता र दानबहादुर दुवै प्रहरी हिरासतमा छन् ।

‘दानबहादुर र उनको भाउजुलाई पक्राउ गरेर बहु–विवाहको मुद्धा चलाएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धीविक्रम शाहले भने, ‘थप अनुसन्धान भईरहेको छ ।’

http://daily.gulfact.com/%E0%A4%AD%E0%A4%BE%E0%A4%88%E0%A4%B2%E0%A5%87-%E0%A4%AD%E0%A4%BE%E0%A4%89%E0%A4%9C%E0%A5%81-%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%8F-%E0%A4%A6%E0%A4%BE%E0%A4%9C%E0%A5%81/
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel