कुबेतबाट १७ घरेलु महिला कामदार स्वदेश फिर्ता

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
बैदेशिक रोजगारीको शिलशिलामा कुबेतमा रहेर बिभिन्न समास्यामा परेका १७ जना घरेलु महिला कामदारलाई नेपाली दूताबास कुबेतको पहलमा उद्दार गरि नेपाल फर्काईएको छ ।
आफू कार्यरत घर छाडी नेपाली दूताबासको सम्पर्कमा आएका मध्ये १७ जना पिडित घरेलु कामदारलाई आबश्यक प्रक्रिया पुरा गरी बुधबार नेपाल फर्काईएको दुर्तीय सचिब भोगेन्द्र लिन्देंनले जानकारी गराएका छन् ।

यसरी स्वदेश फर्किनेमा बर्दियाका कल्पना घले र लक्ष्मी दमाई, मोरङ्गकि मिना लावती, संखुवासभाकी यमुना गुरुङ, दाङ्गकी पबित्रा थापा, लमजुङ्गकी बिन्दा दमाई , नवलपरासीका तुलसी कुमारी महतो र जानकी मुसहर, रौतहटकी पुर्णिमा दोङ, झापाका फुलमाया सतार, कुमारी सार्की र डम्बर कुमारी लिम्बु, रसुवाकी मलाङ ज्याम्लो घले, बाकेकी डोगरी थरुनी, सुनसरीका मिना कुमारी पौडेल र रेखा राई साथै प्युठानकी बबिता दमाई रहेको दुताबासले दिएको सुचनामा जनाईएको छ । बुधबार दिउसो १७ जना नै फ्लाई दुवईको ५५७७ नम्बरको उडानबाट नेपाल पुगीसकेका छन् ।

राहदानी नभएका पिडितहरुलाई ट्राभल डकुमेन्ट बनाईदिनुको साथै दुताबासको पहलमा डिपोर्टेसन विभागका अधिकारीहरुले सम्बन्धित स्पोन्सरबाट टिकटको ब्यबस्था गरिदिएको थियो ।

प्रक्रिया पुरा गरि १८ जनाको कुबेतको नेपाली दुताबासले घर फिर्तीको लागि पहल गरे मध्येकी लामो समय कुबेतको अस्पतालमा उपचार्थ सिन्धुपाल्चोककी अनिशा बिकको स्वास्थ्यलाई ध्यानमा राख्दै निजको निगरानी राख्ने ब्यक्ति नभएको भन्दै फ्लाई दुबईले फिर्ता गरेको बुझिएको छ ।
Source Online khabar

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment