LIVE NEPAL VS SRILANKA

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


थाइल्याण्डमा जारी एशीया कप महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज श्रीलङका संग प्रस्तिपर्धा गर्दैछ ।

नेपाल र श्रीलङका बीचको खेल नेपाली समय अनुसार बैङकक स्थित एशीयन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा दिउसो पौने एक बजे देखी सुरु हुनेछ । पहिलो खेल हारेका कारण दुवैका लागि यो खेल महत्वपुर्ण रहेको छ । नेपालले पहिलो खेलमा पाकिस्तान संग नौ विकेटको हार बेहोरेको थियो । यस्तै श्रीलङका पनि पाकिस्तान संगै आठ विकेटले पराजित भएको थियो । पाकिस्तान विरुद्ध दश खेलाडीले दोहोरो अंक छुन नसक्दा नेपाल जम्मा ४७ रनमा समेटिएको थियो । टेस्ट मान्यता प्राप्त पाकिस्तान संग नेपालका लागि रुविना क्षेत्रीले बनाएको ११ रननै उच्च हो ।

श्रीलङका पनि नेपाल भन्दा धेरै माथिल्लो स्तरको टिम हो । टेस्ट खेल्ने राष्ट्र श्रीलङकालाइ हराउनु नेपालका लागि कठिन छ । तर ब्याटिङमा सुधार गर्ने हो भने असंभव नभएको प्रशिक्षक राजु बस्न्यातको भनाइ छ । श्रीलङका पाकिस्तान संग हारेकाले आफ्नो टिमको मनोवल उच्च भएको बस्न्यातले बताए । प्रशिक्षक बस्न्यातले भोलीपनि दोस्रो खेल भएकाले मौसममा प्लेइङ इलाभेन भर पर्ने जानकारी दिए । नेपाल र श्रीलङका दोस्रो पटक आमने सामने हुन लागेका हुन् । यसअघि सन २०१२ मा चीनमा भएको एशीया कपममा नेपाल श्रीलङका संग २० रनले पराजित भएको थियो ।
LIVE HERE

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment