Loading...
हेर्नुहोस भिडियो
बैदेशिक रोजगारीमा अप्ठारो परे कहा के गर्ने ?
साउन १४ गते/ विदेश गएर अलपत्र परेपछि कहाँ गएर सम्पर्क गर्ने ? परिवारलाई भन्दा घरपरिवारमा तनाव उत्पन्न हुने डरले युवाहरु एक्लै समस्या समाधानका लागि प्रयास गर्ने तर सफल नहुने गरेका उदाहरण प्रशस्तै छन् । यसरी विदेशमा दुःख पाउँदा नेपाल वा विदशेमै पनि कोसँग सहयोग माग्न सकिन्छ भन्नेमा अधिकांश कामदारहरु बेखबर छन ।
रोजागारदाता कम्पनीले सम्झौता पत्रमा उल्लेख भएअनुसारको पारिश्रमिक नदिएर या कुनै पनि किसिमको यताना दिएमा त्यसको जानकारी पनि नेपाली दूतावासलाई दिन सकिन्छ ।
यस्तो अवस्था आफ्ना सहकर्मी र आफन्तको सहयोगमा सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्नु सबैभन्दा बुद्धिमत्तापूर्ण हुन्छ । यसका लागि कामदारले आफू गएको देशको दूतावास र त्यहाँका अधिकारीको सम्पर्क नम्बर साथमा राख्नु आवश्यक हुन्छ । विदेश जानुअघि नै यसका लाग तयारी गरेमा कसैले पनि धेरै दुख भोग्नुपर्दैन ।
सरकारले कामदारका यस्ता समस्याहरु समाधान गर्न उनीहरुलाई जिम्मा दिएको छ । दूतावास र श्रम सहचारीहरुले सम्बन्धित मुलुकका आधिकारिक निकाय र रोजगारदातासँग पत्राचार र वार्ता गरेर यस्ता समस्या समाधान गर्न सक्छन् । यस्तै घर फर्किनुपर्ने अवस्था भएर त्यसका लागि दूूतावासले आवश्यक सहयोग र पहल गर्ने रोजगार मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपाल प्रहरीले पनि विदशेमा अलपत्र कामदारको गुनासो सुन्न १७१७ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको छ । प्रहरीको यो हटलाइन सेवा २४ सै घन्टा खुला राख्ने गरिएको छ ।वैदेशिक रोजगारीका नाममा बढेको मानव तथा महिला बेचबिखनलाई निरुत्साहित पार्न उजुरी सुन्ने व्यवस्था गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले कामदारको विदेश यात्रालाई सुरक्षित बनाउन भन्दै ‘यापिड रेस्पोन्स टिम’ स्थापना गरेको हो । मन्त्रालयकी सह-सचिव आभा श्रेष्ठको नेतृत्वमा बनेको टीममा ५ जना महिला कर्मचारी सदस्य छन् । विदेशमा परेकाहरुको सूचना संकलन गर्नेछ भने उद्धारका लागि शीघ्र पहल पनि गर्नेछ । विदाको दिन बाहेक कार्यालय समयमा विदेशमा उद्धारको प्रतिक्षामा रहेका महिलाहरुले ९७७०१-४२११८८९ मा फोन गर्न सक्नेछन् । यस्तै यसको इमेल ठेगाना rrt@gmail.com मा पनि पीडितले सूचना गर्न सक्छन् ।
Post a Comment