कतारमा नयाँ कानुन लागू, कामदारलाई थप अधिकार

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
२८ मंसिर, काठमाडौं । नेपाली कामदारको प्रमुख गन्तब्य मध्येको एक कतारले आजदेखि आप्रवासी कामदारका लागि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ ।

आप्रवासी कामदारका लागि निकै नै कठोर मानिएको ‘बँधुवा मजदुरी’ प्रथा अर्थात ‘कफाला’ प्रणाली संशोधन गरी नयाँ नियम लागू गरिएको हो । कतार सरकारले नियम संशोधन गरी कामदारलाई थप अधिकार प्रदान गरेको हो । विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारले कामदारलाई सहज बनाउने नियम लागू गरेको हो ।
पासपोर्ट मालिकले लिने, बसाई र आवतजावत रोजगारदाताले नियन्त्रण गर्ने कफाला प्रणालीमा कामदारलाई दासको व्यवहार गरिन्छ । तर अब नयाँ नियम अनुसार कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् ।
=

बिदा र स्वदेश फिर्तिका लागि पनि कम्पनीले बिदा नदिए छुट्टै समिति बनाइने र त्यहाँबाट बिदा लिएर घर फर्किन सक्नेछन् । समितिले तीन दिन भित्रमा निर्णय गर्ने छ । कामदारले अब रोजगारदाता परिवर्तन गर्न चाहेमा साविकको रोजगारदातालाई जानकारी गराए मात्रै पुग्ने छ ।

=

काम परिवर्तन गर्न चाहने आप्रवासीले नयाँ ठाउँमा काम थाल्नुअघि प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट अनुमति लिनु पर्नेछ । कफाला प्रणालीमा रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म शवसमेत स्वदेश फर्काउन सकिंदैन भने, कामदारले कम्पनी परिवर्तन गर्न पाउँदैनथे । कतारमा २१ लाखभन्दा बढी आप्रवासी मध्ये झण्डै साढे चार लाख नेपाली छन् ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment