कतारमा आप्रवासी कामदारलाई नयाँ नियम

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको आयोजक मुलुक कतारले मंगलबार देखि आप्रवासी कामदारका लागि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ ।
आप्रवासी कामदारका लागि निकै नै कठोर मानिएको ‘कफाला’ प्रणाली संशोधन गरी नयाँ नियम लागु गरिएको छ । कतार सरकारले कफाला प्रणालीमा संशोधन गरी कामदारलाई थप अधिकार प्रदान गर्ने नियम लागु गरिएको हो ।

कफालालाई आधुनिक दास बनाउने प्रणाली भन्दै चर्को आलोचना गरिएपछि विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारले कामदारलाई सहज बनाउने नियम लागु गरेको हो ।

नयाँ स्पोन्सरसिप प्रणालीले रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मचारीका सम्बन्धलाई नियमन गर्नेछ । कतारको मन्त्रिपरिषद्ले गत वर्ष नयाँ कानुनको मस्यौदा बनाई अमिरलाई पठाएकामा अमिरबाट डिसेम्बर १३ अर्थात् आजैका मितिबाट लागु हुने गरी स्वीकृत गरिएको थियो ।
कफाला प्रणालीमा रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म शवसमेत स्वदेश फर्काउन सकिंदैन भने, कामदारले कम्पनी परिवर्तन गर्न पाउँदैनन् ।

पासपोर्ट मालिकको हातमा हुन्छ, कामदारको काम, बसाई र आवतजावत रोजगारदाताले नियन्त्रण गर्छ । कफाला प्रणालीमा कामदारलाई दासको व्यवहार गरिन्छ । तर अब कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् ।

नियम अनुसार बिदा र स्वदेश फिर्तिका लागि पनि कम्पनीले बिदा नदिए छुट्टै समिति बनाइने र त्यहाँबाट बिदा लिएर घर फर्किन सक्ने छन् ।समितिले तीन दिन भित्रमा निर्णय गर्ने छ ।

कामदारले अब रोजगारदाता परिवर्तन गर्न चाहेमा साविकको रोजगारदातालाई जानकारी गराए मात्रै पुग्ने छ । अनुमोदन गराउनु पर्दैन । तर निश्चित अवधिका लागि सम्झौता गरेका कामदारले भने पहिल्यै जानकारी गराउनु पर्ने छ ।

काम परिवर्तन गर्न चाहने आप्रवासीले नयाँ ठाउँमा काम थाल्नुअघि प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट अनुमति लिनु पर्नेछ । करार अवधि हुँदै रोजगारदाता परिवर्तन गर्नु परेमा भने साविकको रोजगारदाताबाट अनुमति लिनु पर्नेछ ।

रोजगारदाताले अनुचित व्यवहार गरेको, शोषण गरेको प्रमाण देखाउन सके रोजगारदाता परिवर्तनको हक हुनेछ । नयाँ नियम अनुसार कतारमा काम गर्ने भिसा प्राप्तिका लागि करार अनिवार्य हुने र त्यस्तो करारपत्र आफ्नै देशमा हुँदै हेर्न सकिनेछ ।

नयाँ नियम घरेलु कामदारका लागिसमेत लाभदायी छ । कामदारको पासपोर्ट अनावश्यक राख्ने रोजगारदातालाई २५ हजार रियालसम्म जरिवाना गरिने छ ।

कतारले कामदारको हित विपरित रहेको कफाला प्रणाली खारेज गर्ने
source newsnrn.com

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment