कतारमा २८ सय ५३ औं सोनाम ल्होछार मनाइने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
महेश्वर नेपाल, उज्यालो/ कतार
कतार १६ – नेपाल प्रवासी तामागं समाज कतारले आगामी जनावरी २७ तारिख अर्थात माघ १५ गते अलदाना रिसोर्ट कतारमा २८ सय ५३ औं सोनाम ल्होछार ज्य ल्हो बिबिध सांस्कृतीक कार्यक्रमहरु सहित मनाउने भएको छ ।
कार्यक्रममा तामागं सेलो गायिका इन्दीरा गोले, फापरे सेलो गायक प्रेम लोप्चन, गायक तथा संगीतकार टीका बोम्जन, चर्चीत तामागं नायीका सुकु मोक्तान, म्हेन्दोमाया गायीका शान्ती मम्बा रोशन फ्युवा तामागं लगायत कतारमा रहेका नेपाली कलाकारहरुको समेत प्रस्तुती रहने नेपाल प्रवासी तामागं समाज कतारका अध्यक्ष्ँ एंव कार्यक्रम संयोजक तीर्थ थिगं तामागंले जानकारी दिनु भयो ।हाम्रो कला र संस्कृतीलाई जुन सुकै देशमा पुगेपनि भुल्नु हुदैन भन्ने मान्यताका साथ हामीले यो कार्यक्रम गर्न लागेका हौं तामागंले भन्नु भयो यो भन्दा अगाडी पनिहामीहरुले बुद्ध जयन्ती लगायत तामांग समुदायले मनाउने चाडवाड मनाउदै आएकाछौं । ल्होछारलाई यो पटक भव्यरुपमा मनाउने र तामागंहरुको संस्कृति झल्कने खालको झांकीहरु समेत प्रस्तुत गरिने जानकारी दीनु भयो ।
२००५ मा कतारमा स्थापना भएको समाजले स्थापनाकालदेखि पिछडीएका तामागंहरुको शैक्ष्ँीक, आर्थीक सामाजीक उन्नती, कला र संस्कृतिकोलागि कतारवाट सहयोग गर्दै आएको छ ।
SOURCE http://ujyaaloonline.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment