इन्टरनेट सञ्जालमा भारतीय एकाधिकार तोडियो, चीनसँग टेलिकमको सम्झौता

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं २२ मङ्सिर – इन्टरनेट चलाउन आवश्यक ब्यान्डविथ भारतीय मार्गबाट ल्याउँदै आएको नेपालले पहिलोपटक चिनियाँ बाटोबाट ब्यान्डविथ ल्याउने सम्झौता गरेको छ ।


रसुवागढी नाकाहुँदै चीनबाट ब्यान्डविथ किन्ने विषयमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच मंगलबार सम्झौता भएको हो । हङकङमा भएको सम्झौता अनुसार अब टेलिकमले रसुवागढी नाका नजिकै रहेको चाइना टेलिकमको ‘जिलोङ गेटवे’मार्फत इन्टरनेटका लागि आवश्यक ब्यान्डविथ ल्याउनेछ । यसअघि टेलिकम सहित नेपालका सबै सेवाप्रदायकले भारतीय बाटोबाट मात्र ब्यान्डविथ भित्र्याउँदै आएका थिए ।

इन्टरनेटका लागि अप्टिकल फाइबर र स्याटलाइटमार्फत ब्यान्डविथ भित्र्याउने गरिन्छ । विश्वभर नै हाल अप्टिकल फाइबरमार्फत ब्यान्डविथ भित्र्याउने चलन बढेको छ ।

अन्य माध्यमको तुलनामा फाइबरलाई प्रभावकारी मानिन्छ । टेलिकम र चाइन टेलिकमको अप्टिकल फाइबर नेटवर्क गत जेठ तेस्रो साता रसुवागढी नाकामा जोडिएको थियो । त्यसबेलै गरिएको परीक्षण सफल भएपनि व्यवसायिक कारोबारका लागि भने सम्झौता भएको थिएन ।

मंगलबार नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेडका कार्यकारी उपाध्यक्ष ओउ यानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

‘चीनसँग स्थल मार्गबाट जोडिएकाले यो मार्गबाट अरु सेवाप्रदायकसँग पनि यसैगरी ब्यान्डविथ किन्न सकिनेछ,’ टेलिकम प्रवक्ता प्रतिभा वैद्यले भनिन् । टेलिकमले यसअघि भारतीय मार्गबाट भैरहवा, वीरगन्ज र विराटनगर नाकाहुदै ब्यान्डविथ किन्ने गरेको थियो ।
source http://www.lightnepal.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment