निर्माण भएको ४ सय वर्षपछि रानीपोखरी सफा गरिँदै

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


काठमाडौँ, २ पुस २ । रानीपोखरीमा रहेको माछा अन्यत्र सार्ने काम सकेसँगै अब पोखरी सफाइको काम सुरु हुँदै छ । गत मङ्गलबारदेखि रानीपोखरीमा रहेका सबै माछा कमलपोखरीमा सारिसकिएको हुँदा अब तत्काल पोखरी सफा गर्ने काम सुरु गरिने कामपाले जनाएको छ ।

निर्माण भएको चार सय वर्षदेखि पोखरी सफा गरिएको छैन । अहिले पोखरी वरपर पर्खाल निर्माण लगाउने काम भइरहेको छ । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण पोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर तथा पोखरी र वरपर क्षति पुगेको थियो । पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार अबको एक दुई दिनभित्र पोखरीको हिलो सुकाइएपछि सफा गर्ने काम सुरु हुन्छ ।
ऐतिहासिक महत्वको विष्णुतीर्थको पुनः निर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विद्युत् जडान गरी झिलीमिली बनाइने, बगैँचा निर्माण गरिने तथा हरियाली र रङ्गीन पानीको फोहरा समेत निर्माण गरिने जनाइएको छ । बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काम रोक्न निर्देशन दिएको थियो । अब बालगोपालेश्वर मन्दिर पुनः निर्माणको जिम्मा भने विभागले नै लिएको छ ।
दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् । प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment