कतारमा मृत्यु भएका विन्दु थामीको पार्थिव शरीर आज नेपाल आउने, आजै अन्तिम दाह संस्कार गरिने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

नवराज योञ्जन:पौष ७ कतार, गत ९ डिसेम्बरमा दोहा कतार स्थित एफ.एम.एम कम्पनीमा कार्यरत बिन्दु थामीको रहस्यमय मृत्यु भएको थियो । उक्त घट्नाको यथार्थ विवरण खोजी गरेर अनुसन्धानमा जुट्न नेपाली नियोगका मृत्यु प्रकरणलाई हेर्ने अधिकृत श्री हरि आचार्य,एफ.एम.एम कम्पनीका प्रतिनिधि,थामी समाजका अध्यक्ष रामबहादुर थामी मृतकका आफन्त दिपक थामी र दोलखा सेवा समाज (DWS ) कतारका अध्यक्ष हरि खत्री लगायत कतार स्थित नेपाल राजदुताबासले घटनालाई नजिक बाट हेरेका थियो ।
मृतक बिन्दु संगै बस्ने अप्सरा रायमाझीकी बयान र कतार स्थित अपराध अनुसन्धान बिभाग CID,पोष्टमार्टम रिपोर्ट, मेडिकल कमिसनका रिपोर्टमा लगायत अन्य कुराहरूलाई आधार मान्दा बिन्दु थामीले आत्महत्या गरेको पुष्टि भएको छ । मृतकले आत्महत्या गर्न भन्दा अगाडि लेखिएको सुसाईट नोट को बारेमा भने नेपाल पुगे पछि आफन्तले पुष्टि गर्ने स्रोतले बताए ।
डेढ वर्ष अघि कतार पुगेकी लापिलाङ्ग-३ दोलखा निवासी २८, वर्षिया विन्दु थामीको रहस्यमय रुपमा कतारमा मृत्यु भएको थियो । गत ०८ डिसेम्बरमा संगै बस्ने सुशीला बुढाथोकी संग विवाद भएको तर हात हाल-हाल भने नभएको त्यसको भोलिपल्ट ०९, डिसेम्बरमा कतारको दोहा स्थित आफु वस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको थियो ।
सुशीला बुढाथोकीलाई भने घटना भएको केही दिन पछि कम्पनीले घर पठाइसके छ । विभिन्न संचार माध्यम लास अलपत्र परेको भ्रमित समाचार सम्प्रेषण भएको पनि देखियो,नेपाल राजदुतावास त्यस्तै कतार स्थित विभिन्न संघ संस्थाको रोहवरमा बिन्दुको लासलाई अनुसन्धानको लागि अस्पतालमा राखिएको मृतकको आफन्तले जानकारी दिएको थियो ।
मृतक बिन्दु थामीको पार्थिव शरीर स्वदेश फर्काउन आवश्यक कागजात तयार भैसकेको र मृतकको लास आज कतारको समय अनुसार बिहान ८.०० बजे पठाउने लासलाई आफन्तले आजै अन्तिम संस्कार गर्ने तयारी भएको कतारमा कार्यरत मृतकको आफन्त दिपक थामीले सैलुङ अनलाइनला सबै जानकारी गराएको थियो ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment