Loading...
हेर्नुहोस भिडियो
विशेषज्ञ डाक्टरहरुका अनुसार हस्तमैथुन गर्नु भनेको स्वस्थ यौन जीवनको एक हिस्सा हो । यसले यौन जीवनलाई मात्रै नभएर सम्पूर्ण जीवनलाई नै स्वस्थ राख्न मद्दत गर्दछ । समाजमा हस्तमैथुनलाई हानिकारक भनिए पनि डाक्टरहरुका अनुसार यो पुरुष र महिलाका लागि उत्तिकै फाइदाकारी छ ।
पुरुष तथा महिलाहरु दुबैलाई नै हस्तमैथुन बराबर फाइदाकारी हुन्छ । हात वा अन्य चिजवस्तुहरुको प्रयोगबाट मैथुन गर्ने गरिन्छ । पुरुषको तुलनामा महिलाहरुले कम हस्तमैथुन गर्ने गरेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । पुरुषको तुलनामा महिलाहरुलाई अलि असहज हुने भएकाले नै उनीहरुले कम हस्तमैथुन गर्ने गरेको पाइन्छ । तर जतिले प्रयोग गर्छन् उनीहरुले यसबाट हुने फाइदा लिइरहेका छन् ।
के–के छन् त हस्तमैथुनका फाइदाहरुः
१) महिलाको पिरियडको अचूक औषधि
पिरियड (मासिक धर्म वा महिनावारी) हुँदा तल्लो पेट दुख्ने महिलाको लागि हस्तमैथुन अचुक औषधि नै हुने चिकित्सकहरु बताउँछन् । हस्तमैथुन गर्ने महिलाहरुमा यो समयमा पेट दुख्ने समस्या अत्यन्तै न्यून हुने उनीहरुको दाबी छ । महिनावारी हुँदा महसुस हुने पीडालाई हस्तमैथुनको क्रममा निस्किने तरल पदार्थ वा रसायनले कम गर्न मद्दत पुर्याउँछ ।
'हस्तमैथुनबाट योनीमा नरमपना वा गिलोपना आउँछ जसले योनीको सुख्खापनलाई घटाउँछ र पिरियडको बेला हुने पीडामा राहत मिल्दछ' फिनवर्ग स्कूल अफ मेडिसिनमा स्त्री तथा प्रसुती रोगका प्रोफेसर लारा स्ट्रीचर बताउँछिन् ।
२) रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
सेक्सुअल एन्ड रिलेशनशिप थेरापी नामक एक पत्रिकाका अनुसार हस्तमैथुनले रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले रोगको संक्रमणबाट पनि बचाउँछ । कयौँ शोधले यो पत्ता लगाइसकेका छन् कि जुन मानिसमा आर्गेज्म अधिक हुन्छ उसमा इम्युनोग्लोबिन ए को मात्रा पनि अधिक हुन्छ जसले चिसो र अन्य रोगबाट समेत बचाउँछ ।
३) राम्रो निन्द्रा पर्छ
हस्तमैथुन गरेपछि राम्रो निन्द्रा पर्ने एक शोधले बताएको छ । फ्रेन्च इन्स्टिच्युट अफ हेल्थ एन्ड मेडिकल रिसर्चका अनुसार हस्तमैथुनपछि मिठो निन्द्रा पर्छ । अनिन्द्राको समस्या हुनेले हस्तमैथुन गरे समस्या समाधान हुने शोधको दाबी छ । यो विशेष गरी पुरुषमा लागु हुन्छ । हस्तमैथुन पश्चात पुरुषमा यौनको इच्छा समाप्त हुन्छ र मिठो निन्द्रा पर्छ ।
४) शारीरिक तथा मनोवैज्ञानिक शान्ति
हस्तमैथुन पश्चात मानसिक तथा शारीरिक रुपमा शान्ति मिल्दछ । महिला तथा पुरुषले हस्तमैथुन गरेपछि रिल्याक्सको महसुस गर्ने चिकित्सकको दाबी छ ।
५) यौनजीवनमा कुनै असर नगर्ने
हस्तमैथुनका कारण हुनसक्ने हानीप्रति गलत धारणाको अन्त्य गर्दै डाक्टरहरुले सो धारणालाई खारेज गरेका छन् । हस्तमैथुनले हानी नगर्ने र फाइदा मात्रै गर्ने उनीहरुको दाबी छ । उनीहरुका अनुसार दैनिक जीवन र यौनजीवनमा धेरै फाइदा पुग्दछ ।
६) बलात्कार तथा यौनजन्य घटनामा कमी आउने
डाक्टरहरुका अनुसार हस्तमैथुनका कारण मानिसको यौन इच्छा तत्काललाई कम हुनपुग्दा यौनजन्य सामाजिक विकृतिमा कमी आउँछ । तत्काललाई पुरुष वा महिला आक्रामक नहुने हुँदा कयौँ समस्यामा कमी आउने उनीहरुको दाबी छ भने यसले यौन क्रियाकलापमा कुनै कमी नआउने पनि बताइन्छ । यौन क्रियाकलापमा शीघ्र स्खलनको समस्या हुनेहरुलाई भने हस्तमैथुन अझ प्रभावकारी हुने गर्दछ ।
- See more at: http://aajakokhabar.com
Post a Comment