ज्योतीको जवानीले ततायो कतारलाई, स्टेजमै कपडा फुकालेपछि

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
दिल कुमार श्रेष्ठ/दोहा । सधै गर्मीमा तात्ने कतार यसपाली डिसेम्बरको जाडोमा पनि तात्यो । डिसेम्वरको जाडो अनि रातको अध्यारोको चिसोमा तात्नुको कारण ज्योति मगरको जवानी थियो । जवानीलाई देखाउन उनले आफुले लगाएको ज्याकेट उतार्दै साथमा दर्शकहरुलाई पनि तात्न बाध्य पारिन । सधै विभिन्न हर्कतले मिडियामा छाउने मगरले कतारमा भने आफ्नो प्रस्तुतिलाई केहि सभ्य रुपमा प्रस्तुत गरिन । यसमा उनि सुध्रेकी हुन् या कतारले उनलाई त्यस्तो बनायो त्यो उनले नै जानुन, तर कतारमा उनले आफ्ना आधा दर्जन हिट गित गैर दर्शकलाई राम्रैसंग नचाएकी थिइन् ।

उनिसंगै चिसो मौसममा पनि गरम माहोल बनाउन चर्चित गायक प्रमोद खरेल पनिपछि परेनन् । आफ्ना नयाँ पुराना गीतहरुलाई बेजोडले प्रस्तुति दिएका उनले आफ्नो गीतको शब्दलाई नै चेन्ज गर्दै म बिना कसैकसैलाई मुस्किल छ कतारमा समेत भन्न भ्याए । आफ्नो गीतमा दर्शकहरुलाई झुमाउना माहिर उनले दर्शकको मन जित्न कुनै कसर छोडेनन् ।

कतारमा पहिलो पटक प्रवेश गरेकी नेवारनी गायिका सहिमा श्रेष्ठ सोहि माहोलमा आफ्नो जादु छरिन् । नेपाली सिनेमाको चर्चित गित ‘दिलमा राखे दिल्मै फिट तिम्रो पिक्चर हिट’ गए पनि लगातार आफ्ना आधुनिक तथा पप शैलीका गित पस्केकी थिइन् । कतारमा नयाँ अनुहार लिएर आएकी उनले आफ्नो पिक्चर सबैको दिनमा हिट गराईन । त्यस्तै पछिल्लो समयका निकै चर्चित पशुपति शर्माले कतारमा आएर पनि आफ्ना दर्शकलाई धोति र कछाड मै गाउमै गाईभैसी बाख्रा पाल्दै खेति किसानी गर्छु तर तिमीहरु जस्तो विदेसिन्न भन्दै व्यंग्य हाने । लोक गीतलाई पनि आधुनिकतामा ढल्दै आफ्ना एल्बम निकाल्ने गायकलाई दोहाका दर्शकले आफ्नो दिलमा स्थान दिएको प्रष्ट देखिएको थियो ।

हाँस्यव्यंग्यका महारथी जितु नेपालमा आफ्नो कला राम्रोसंग प्रस्तुत गरे । कतारमा घरिघरि दोहोरिने उनको अनुहार हेर्दै आजकल दर्शक त्यसै हास्ने गर्छन । त्यसो त हसाउने कला पुरानै भएपनि उनि अहिले नायकका रुपमा पनि सिने क्षत्रमा आएका छन् । कार्यक्रममा नृत्यकार शंकर बिसी र नृत्यांगना रश्मी तामांग साथै स्मृति तिमिल्सिनाको नृत्यमा पनि दर्शक संग संगै नाचे । साथमा गायिका कोपिला गुरुङ र रुप कुमार राईको प्रस्तुति पनि उत्कृष्ट रह्यो । मन हुने गरि आफ्नो उद्घोषण कलालाई प्रस्तुत गरेकी सुर्जनी केसीले कार्यक्रमको संचालन गरेकी थिइन् ।

ग्लोबल आइबोस कतारको आयोजनामा गरिएको कार्यक्रम कतारको एसियन टाउनको बिशाल स्टेडियममा भएको थियो । नितान्त सांगीतिक रहेको कार्यक्रममा भाषण मुक्त अतिथि सत्कारको समयबाट समेत मुक्त देखिन्थ्यो । सांगीतिक माहोललाई नितान्त पराग गराउन भरपुर कोसिश गरिएको कार्यक्रममा दर्शकको कम उपस्थितिले फिका गरायो ।

करिब १७ हजार दर्शक अटाउने दर्शक दीर्घामा करिबकरिब ३००० को हाराहारीमा दर्शकको संख्या देखिन्थे । कार्यक्रममा नाफा घाटा जे भए पनि आयोजक पक्षले आगामी इदको पहिलो दिनको लागी अर्को सांगीतिक प्रस्तुति लिएर आउने उद्घोष समेत गरेको छ । यसपाली देखिएको कमि कमजोरीलाई हटाउदै आगामी कार्यक्रम दर्शक दिर्घालाई भरिभराउ गराउने ग्लोबल आइबोस कतारका अध्यक्ष नेत्र न्यौपाने तथा कार्यक्रम संयोजक गोपाल न्यौपानेले जानकारी दिएका थिए ।-दैनिकनेपालबाट

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment