Loading...
हेर्नुहोस भिडियो
“कमाएको पैसा सेवामा खर्च गर्ने र्यापर यमबुद्ध नाम यसरी जुरेको थियो”
काठमाडौं – मोरङका अनिल अधिकारी न्वारनमा पंडितले राखिदिएको नामले भन्दा काम सँगै आफैले जुराएको नामबाट संसार प्रसिद्ध छन् । संसारै भरका नेपाल भाषी युवा तथा किशोर किशारी माझ उनी यमबुद्ध को नामबाट चिर परिचित छन् ।चैत २७ गते प्रकाशित कान्तिपुर सप्ताहिकका अनुसार बाहिरि दुनियाँमा यमबुद्ध त्यति लोकप्रिय वा चर्चित छैनन् । सामाजिक सञ्जालमा भने उनी नेपालका तेस्रा लोकप्रिय ब्यक्ति साबित भएका छन् । ¥याप गित गाउने यमबुद्घ युट्यूबमा अपलोड गरिएका कारण युवा पुस्ताको प्रिय भएका हुन् । उनलाई फेशबुकमा मन पराउने व्यक्तिहरुको संख्या करिब ८ लाख पुगेको छ । उनै यमबुद्ध अर्थात् अनिल अधिकारीे आफ्ना बारेमा भन्छन् ।
यमबुद्ध नाम यसरी जुर्यो ।
म विदेशमा भएको बेलामा यही क्षेत्रका साथी भाईहरूसँगको वसाईका क्रममा दोहोरी चल्यो । आजकल facebook मा प्रोफाइल बनाए जस्तो त्यहाँ पनि तिनीहरूको प्रोफाइलमा बुद्धको नाम देखें त्यहाँ पनि बुद्धलाई चिन्दा रहेछन् । यो कुराले मलाई छोयो म बुद्धको देशमा जन्मेको मान्छे हरेक मानिसमा हिंसात्मक र अहिंसात्मक अर्थात् (राक्षस र देवता)को दुवै गुण हुने बुद्ध देवता अर्थात शान्तिको प्रतिक भए राक्षसी रुपलाई यम भनेर सम्बोधन गर्ने भएकोले दुवै स्वरुप मिलाउँदा यम बुद्ध भई यो नाम जुर्न पुगेको हो ।
चित्त नबुझेको कुरा ।
आफुले गाएको गीत बजाएर अरुले कमाई गर्ने आफु चै जहाँको त्यहीँ भइने । त्यसैले कलाकारले पनि गरी खाने बाटो बनाई दिनु प¥यो । गीत चर्चित हुने नाम चल्ने तर खल्ती जहिले पनि खाली । तपाईहरुले पनि देखि रहनु भएको छ नि । निर्माताहरू गाडी चढेर हिँड्छन् कलाकार जहिले पनि पैदलका पैदल । खोई त बाँच्ने आधार । यै सिलसिलामा म तपाईंलाई एउटा कुरा भनुँ नेपालका एक जना नाम चलेको कलाकार हुनुहुन्छ वहाँँको यो क्षेत्रको क्यारियर र मेरो उमेर बराबरी हो । सुन्छु वहाँको यो अवस्था शुरुमा जस्तो थियो अहिलेसम्म पनि त्यस्तै छ । नाम चाहीं किटान नगरौं । यस्तो अवस्था हुनु भएन । मेरो यो अडान हो यसले कसैलाई फाईदा या बेफाईदा के गर्छ सरोकार राख्दिन । एक्लो वृहस्पति झुठा हुन्छ भन्छन् म आफ्नो अडान छाड्दिन । राम्रो सोचे राम्रै नराम्रो सोचे नराम्रै हुन्छ । यस्तो कहिले सम्म ।
त्यसका लागि के गर्नु पर्ला ?
कलाकारको काम साधनामा डुब्ने र सिर्जना गर्ने मात्र हुनु पर्छ । सरकारले राम्रो सिर्जनाको प्रचारप्रसार र त्यसबाट प्राप्त आम्दानीको केही भाग प्रचार गर्नेलाई, सिर्जना गर्नेलाई र स्वयं आपूmलाई समेत छुट्याउनु पर्छ । कलाकारले सिर्जना तिर लाग्ने कि चाकरी तिर लाग्ने । श्रोताका लागि गाउने आपूm चाहीं साधना गर्ने नै हो । सरकारले के गर्ला भन्ने तिर लाग्ने होइन त्यता फर्कने हो भने राजनीति घुस्छ र झन विग्रन्छ । म त भन्छु कलाकारलाई सक्षम बनाउने, बनाउन सहयोग गर्ने, तिनको सिर्जनालाई प्रचार प्रसार गरेर, निश्चिन्त भएर बाँच्ने आधार तयार गरिदिनुप¥यो । कलाकारले यही कुरा बुझ्नु प¥यो । यही नबुझेर चाकरी तिर लाग्छन् अनि केहीले फाईदा उठाइरहने केही कलाकारले दुःख पाई राखेको हो । यही बुझ्न जरूरी छ ।
मेरा सिर्जना छाडा छैनन् ।
६०–७० जति गाएँ होला । म जुनसुकै अवस्थामा पनि गीत सिर्जना गर्छु । विषय रोजेर, अब गीत लेख्छु भनेर हुँदैन । म गीत सिर्जना गर्दा छाडा शब्दहरू प्रयोग गर्दिन । एकदमै जनजिब्रोमा भुण्डिएका शब्दहरू नै प्रयोग गर्ने कोशिश गर्छु । मैले मेरा गीतले कस्तो प्रभाव पारेको छ भनेर पछि फर्केर हेर्ने बुझ्ने गरेको पनि छैन । र आजसम्म कसैले मैले गाएको गीतलाई छि कस्तो गीत गाएको भनेको सुनेको पनि छैन ।
कलाकारको जिन्दगी त साह्रै रमाईलो हुन्छ भन्ने पनि छैन ।
सामान्यतः सबै मान्छेको सोचाई यस्तै हुने रहेछ । दशै, तिहार, नयाँ बर्ष जस्ता चाडबाडमा बाहिर भएपनि घरमा आएर सबै परिवारसँगै बस्ने रमाईलो गर्ने हुन्छ । तर हामी कलाकारको जीवनमा त्यस्तो नहुने रहेछ । झन् त्यही बेलामा मनोरन्जनात्मक कार्यक्रम राखि दिने भएकोले त्यसरी बस्न पाउने अबसरबाट बञ्चित भइने रहेछ । त्यतिबेला बेकार यो क्षेत्रमा लागिएछ जस्तो लाग्छ ।
जीवनमा यस्तो घटना घटेको छ जुन घटनालाई सम्झँदा दुःख लाग्छ । एक पटक विर्तामोडमा NCELL ले एउटा कार्यक्रमको तय भएकोे थियो । म पनि सहभागी हुन गएको थिएँ करीब १२ बजेको थियो होला । त्यै बेला घरबाट हजुरआमा वितेको खबर आयो म घर फर्कें र अन्त्येष्टि कार्य सकियो त्यसपछि बुवाले जाउ यता काम सकि हाल्यो तिमीलाई पर्खेका होलान म सम्हाली हाल्छु भन्नु भयो मेरो मुड थिएन । त्यै पनि गएँ त्यही बेलामा आमाकै बारेको गीत गाउनु पर्ने गीत आधा नहुँदै स्टेजमै रोएँ समालिनै सकिन कारण आमाले मलाई जन्म दिनु भयो । पालन पोषण हजुरआमाले गर्नु भयो र वहालार्ई म आमा भन्थे । अब भन्नोस् कसरी रमाइलो मान्ने कलाकारको जिन्दगीलाई ।
राम्रो कुरा नराम्रो कुरा
कलाकार भएको नाताले सबैले चिन्दछन् यो सबल पक्ष हो । चाकरी नगरे सम्म कसैको नजीक हुन सकिँदैन । सिर्जना ग¥यो । चाकरी नपुग्दा खुम्चिएर बस्नु पर्ने हुन्छ । नामको साथ साथै दाम हुँदैन बाँच्नलाई सँधै धौ धौ यो दुर्बल पक्ष ।
मेरा गीतहरू बाबालाई कहिल्यै मन परेनन् ।
हो मैले आमाको बारेमा, दिदीको बारेमा, नेता र राजनीतिका बारेमा, बेचीएका चेलीबेटीका बारेमा गीत बनाएँ तर बाबाको विषयमा गीत बनाइन कारण मैले कहिल्यै सत्य लुकाउन पनि सकिन र लुकाउन पनि खोजीन त्यसो हुँदा व्यक्तिगत आक्षेपका कुरा आउन सक्ने देखेकोले बाबाको विषयमा कहिल्यै गीत बनाउन चाहिन । मेरा गीतहरू बाबालाई कहिल्यै मन परेनन् ।
कमाएको पैसा सेवामा
यो क्षेत्रमा प्रवेश गरेकै १०–१२ वर्ष जति भयो त्यस भन्दा पहिलेनै मैले मार्केटिङको काम गर्थें । , कहिले काहीं Stage programme हरू भइरहन्थ्यो अलि अलि पैसा जम्मा भई रहेको थियो । त्यही क्रममा सामाजिक संस्था खोल्ने विचार उब्ज्यो अनि खोलेको हुँ । मैले कलाकारिता क्षेत्रमा लागेकाहरुको हकहितमा केहि गर्न सकिन्छ कि भनेर पनि यहाँ एउटा कम्पनी खोलेर बसेको छु । कामको सिलसिलामा बाहिर जाँदा बाहेक म सँस्थाकै काममा व्यस्त हुन्छु । संस्थाको आय र Stage programme बाट संकलन भएको रकम असहाय बाल बालिकाको सहयोगमा खर्च गर्छु । विराटनगरमा हजुरआमाको नाममा त्यस्तै एउटा सहयोगी संस्था खोल्न लागि रहेको छु ।
Source:bigulnews
Post a Comment