कतारमा उद्दार सुरु, यी नम्बरमा फोन गरे उद्दारटोली आउँछ

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं, पुस २४– कतारमा रोजगारी गर्ने आप्रवासी कामदारका समस्या समाधानका लागि तीनदिने उद्दार अभियान सुरु भएको छ ।आइतबारदेखि सुरु भएको अभियान मंगलबारसम्म चल्ने छ ।
रास्ट्रिय मानव अधिकार समिती कतार र कतारको रेड कृष्यन्टले अभियान थालेका हुन् । बिशेष अभियान अन्तरगत कतारका विभिन्न क्षेत्रमा रहेका कम्पनीमा अलपत्र परेका, खाद्यान्न अभावको कारण समस्या भोगिरहेका कामदारलाई सहयोग गरिने छ ।
उनीहरुलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिने कतारको मानव अधिकार समितिका नेपाली प्रतिनिधी प्राेफेसर डा. रमजान अलि मियाले जानकारी दिनुभयो । समस्यामा परेका नेपाली सहितका आप्रवासी कामदारले फोनबाट जानकारी गराउन सक्नेछन् र त्यसैको आधारमा उद्दार टोली पुग्ने छ ।
उहाँले समस्यामा परेका नेपालीलाई तत्काल फोनबाट जानकारी गराउन आग्रह गर्नुभएको छ ।
सहयोग चाहिएमा यी नम्बरमा फोन गरेर जानकारी गराउनुहाेस् ।
नेपाली सहयोग केन्द्र एनएचआरसी कतार-३३८८५३१२/३३२२७७७४
अब्दुल हफिज - ५५०७३३६२
SOURCE http://ujyaaloonline.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment