Loading...
हेर्नुहोस भिडियो
आफ्नो पासपोर्ट कम्पनि संग नभई आफु संग सधै भइ राख्नु जरुरि छ, यदि कुनै कम्पनीले तपाईको पासपोर्ट नदिएर आफै संग राख्छ भने उक्त कम्पनीलाइ कानुन उल्लङ्घन गरेको मानिन्छ र यस्ता कम्पनीलाई कतारी कानुन अनुसार जरिमाना गरिन्छ ! यदि तपाईले आफ्नो पासपोर्ट कतै हराउछ च्यातिन्छ भन्ने दरले कम्पनीलाई सुरक्षाको लागि दिनु चाहानु हुन्छ भने दुवै पक्ष विच सहमति हुन आवस्यक छ !
सामान्य तय कतारमा काम गर्ने कामदार हरुले आफ्नो पासपोर्ट मालिक अथवा कम्पनीलाई जिम्मा दिएको पाइन्छ ! कतिपय कामदार हरुले महत्वपूर्ण डकुमेन्ट भएकाले सुरक्षाको लागि कम्पनीलाई दिएका हुन्छन भने कतिले आफ्नो पासपोर्ट आफै संग राख्नु पर्ने नियम बारे थाहा नै पाएका छैनन् ! कतारी कानुन ४/२००९ अनुसार कतारमा कार्यरत सम्पूर्ण कामदारले आफ्नो महत्वपूर्ण कागजपत्र जस्तै पासपोर्ट आफै संग राख्न पाउने अधिकार दिएको छ !
कम्पनीले जबर्दस्ती पासपोर्ट राखे के हुन्छ ?
यदि तपाइको कम्पनीले तपाईको अनुमति विना पासपोर्ट राख्छ अथवा पासपोर्टनै दिदैन भने त्यस्ता कम्पनीलाई कतार सरकारले अत्यन्तै कडा कानुनी कारवाही गर्ने गरेको छ ! अनुच्छेद 52 कतारी कानुन ४/२००९ अनुसार यदि कम्पनीले तपाईको पासपोर्ट जफ्त गर्छ भने एउटा पासपोर्ट बराबर कतारी रियाल १०,००० जरिवाना र कम्पनीलाई सरकारी सुविधा बाट बन्जित गराईन्छ !
खासमा किन राख्न चाहन्छन कम्पनीले कामदारको पासपोर्ट ?
धेरै जसो देशमा कामदारको पासपोर्ट कामदारले नै राख्न पाउने अधिकार हुन्छ कामदारले चाहेको बेला कम्पनि छोड्न पाउछन भने आफुले मन लागेको कम्पनि फेरवदल गर्न पाउछन तर कतार लगाएतका खाडी मुलुकमा भने केहि बर्ष यता मात्रै नया नियम हरुको सुरुवात भएको छ ! अझै सम्म पूर्णरुपमा कम्पनीले कम्पनीले कामदारको पासपोर्ट दिन मान्दैन, पासपोर्ट दिन नमान्नुको कारण भने कामदारले करार अवधि भन्दा पहिले नै कम्पनि छोडेर भाग्ने डरले कम्पनीले कामदारको पासपोर्ट जफ्त गरेका हुन्छन !
समाचार स्रोत: गल्फ टाईमस
http://news.gulfact.com/%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%A6%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%BE%E0%A4%B8%E0%A4%AA%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%9F/
Post a Comment