कतार मा अब मालिक संग करारपत्र गर्नु पर्दैन हेर्नुहोस कतार मा कार्यरत कामदार लाई यस्तो कानुन बन्दै छ यो खुसीको खबर सेयर गर्नुहोला

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


कतारले घरेलु कामदार माथीको मस्यौदा कानुन अनुमोदित गरेको छ । कानुनले हजारौ घरेलु कामदारहरुको कानुनी सुरक्षा गर्नेछ । कतार न्यूज एजेन्सीको अनुसार बन्ने नयाँ कानुनले सेविका,ड्राईभर,माली जस्ता घरेलु कामदारहरुको काम गर्ने समय,वार्षिक विदा र तलब बारे विस्तृत विवरण तोक्ने अपेक्षा गरिएको छ । साथै विधान मन्त्रीमण्डल बाट स्वीकृत भइसकेको एजेन्सीले थपेको छ । कानुनले स्पोन्सर तथा कामदार दुबैको काम,अधिकार र सम्वन्धको विधिवत गर्नेछ ।

कतारमा हाल घरेलु कामदारहरुको लागी कुनै विधिवत कानुन छैन् । यस्ता कामदारहरुले आफनो मालिक संग कुनै औपचारिक करारपत्र मा अनुवन्धीत हुनुपर्दैन् भने उनीहरु विरुद्ध श्रम मन्त्रालयमा कुनै उजुरी पनि दिन पाउँदैनन् ।

कतारमा घरेलु कामदारहरुको वास्तविक तथ्याङ्क नभएपनि एमनेस्टी इन्टरनेसनल ले २०१४ को रिपोर्टमा यहाँ झन्डै ८४ हजार घरेलु कामदार रहेको दावी गरेको थियो । ती मध्ये कतिपय शोषणमा परिरहेका छन् । एम्नेष्टी इन्टरनेसनलले घरेलु कामदारहरुलाई पनि वेज प्रोटेक्सन सिस्टममा समावेश गर्न जोड दिईरहेको छ । सन् २०१५ मा भित्राइएको सिस्टमले कामदारहरुलाई समयमा नै तलब भुक्तानीको सनुश्चित गर्नेछ ।

Source: QNRadio

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment