बैदेशिक रोजगारी मा जान चाहनुहुने नेपाली को लागि आयो अहिले समकै खुसीको खबर (कृपया सक्दो सेयर गरौ )

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

उजिर कार्की/उज्यालो ।
काठमाडौं, माघ २९-वैदेशिक रोजगार विभागले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै दिन थालेको छ । यो सँगै श्रम स्वीकृतिका नाममा हुने ठगी र लापरबाही रोकिने छ । कामका लागि विदेश जाने नेपालीले अव घरैबाट अनलाइन मार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने छन् ।
माघ १९ गतेदेखी पूर्व तथा अन्तिम श्रम स्वीकृति अनालाईबाटै दिन थालिएको हो । तर अनलाइनबाट श्रम स्वीकृति लिने प्रक्रिया थाहा नहुँदा धेरैले प्रयोग गर्न सकिरहेका छैनन् ।
श्रम स्वीकृति नविकरण गर्न होस् या श्रम स्वीकृति माग गर्न हनलाइनबाटै सकिने छ । त्यसका लागि वैदेशिक रोजगार विभागको वाइवसाइटबाट फर्म डाउनलोड गर्नु पर्छ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा रकम जम्मा गर्नका लागि विभिन्न बैंक तोकिएको छ । ती बैंकमा रकम जम्मा गर्नु पर्नेछ । बैंकले पनि त्यो विवरण अनलाइन शाखालाई उपलब्ध गराउने छ । कल्याणकारी कोषमा रकम जम्मा गर्न यी बैंकलाई तोकिएको छ ।
१ लक्ष्मी बैंक
२ ग्लोवल आइएमई बैंक
३ सानिमा बैंक
४ प्रभु बैंक
५ सेन्चुरी कमर्सियल बैंक
६ सिद्धार्थ बैंक
आफ्नै ठाउँमा रहेका बीमा कम्पनीका शाखाबाट वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्न सकिने छ । त्यो विवरण बीमा कम्पनीले वैदेशिक रोजगार विभागको श्रम स्वीकृति अनलाइन शाखामा पठाउने छ । बैदेशिक रोजगार म्यादी जीवन बीमा गर्ने कम्पनीहरु
१ प्राइम लाइफ इन्स्योरेन्स
२ नेशनल लाइफ इन्स्योरेन्स
३ नेपाल लाइफ इन्स्योरेन्स
४ सुर्य लाइफ इन्स्योरेन्स
५ गुराँस लाइफ इन्स्योरेन्स
६ एलआइसी इन्स्योरेन्स
रकम जम्मा गरि सकेपछि श्रम स्वीकृतिका लागि अनलाइनबाटै आवेदन दिन सकिने छ ।
वैदेशिक रोजगार विभागका अनुसार यस्तो छ प्रक्रिया

Source http://ujyaaloonline.com/desh-paradesh/featured/70809/online-sram/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment