कतारमा एक नेपालीको मृत्यु

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
फागुन ९, राजविराज | वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ ।

जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ ।

टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडाँैबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए । मृतक सरदारको पत्नी, एक छोरा र एक छोरी छन् ।

यसैबीच मृतक सरदारको शव नेपाल ल्याइदिनका लागि उनका परिवारले सम्बन्धित निकाय र सरकारलाई आग्रह गरेका छन् ।

- See more at: http://sajhasabal.com/saptari/newspaper/17749#sthash.iqcA7nA4.dpuf

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment