श्रीमान बैदेशिक रोजगारीमा यता श्रीमती आफ्नै देवरसंग यौन सम्बन्ध, त्यसपछि अर्कै गाउँको संग यौन सम्बन्ध राखेर देवरको हत्या !

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
चैत २, बागलुङ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ ।

‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार राति रीता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताउनुभयो । यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो ।

“झगडा बढ्दै गएपछि रीताले टेकबहादुरलाई घरमै बोलाइ दुवै जना मिलेर विनोदको हत्या गरेको पाइएको छ,” खापुङले भन्नुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हत्यापछि ‘आत्महत्या’ भनि देखाउन विनोदको शव रीताकै कोठामा पटुकीको सहायताले झुन्डाइएको थियो ।

शव र घटनास्थलको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । रीताले देवरसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीसामु स्वीकारेकी छिन् । हत्यामा संलग्न टेकबहादुर र रीताबीच समेत अनुचित सम्बन्ध रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

रीताका श्रीमान् विगत चार वर्षदेखि रोजगारीका क्रममा मलेसियामा छन् । टेकबहादुरकी श्रीमती समेत मलेसियामै रहेकी छन् । रासस

- See more at: http://sajhasabal.com/baglung/society/18919#sthash.9BDrlHJb.dpuf

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment