अनेरास्ववियुले आफ्ना कार्यकर्तालाई एनसेल सिम प्रयोग नगर्न निर्देशन (फोटोफिचर तथा भिडियोसहित)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौँ, १४ चैत । अनेरास्ववियुले आफ्ना कार्यकर्तालाई एनसेल सिम प्रयोग नगर्न निर्देशन दिएको छ । एनसेलले राज्यलाई कर छली गरेको भन्दै कर नतिरेसम्म ऐनसेलबाट आउने फोन समेत नउठाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको हो । अनेरास्ववियुले एनसेलविरुद्व सोमबार प्रर्दशनीमार्गमा प्रदर्शन गरेको थियो । सडक अवरोध नगरीकन डेढघण्टा प्रदर्शन गरिएको प्रवक्ता सुदिप शर्माले जानकारी दिनुभयो । प्रदर्शनपछि कोनसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले एनसेनले लाभ कर नतिरेसम्म एनसेल बहिष्कार अभियान चलाइने बताउनुभयो । उहाले आफ्ना कार्यकर्तालाई एनसेल प्रयोगमा रोक लगाउन निर्देशनसमेत दिनुभएको छ । अनेरास्ववियुले एनसेललाई कारवाहीका लागि दबाव दिन बुधबार अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment