आज देखि नेपाली चलचित्र लुट २ युएई र कतार प्रदर्शन हुने एस्तो छ लूट २ भिडियो सहित

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
२६ फागुन ,युएई – नेपाली दर्शकको लागि बहुप्रतिक्षित नेपाली चलचित्र लुट २ युएई र कतारका बिभिन्न हलहरुमा एकसाथ प्रदर्शन हुने भएको छ | लुट २ २०१२ को सर्वोकृष्ट चलचित्रको सिक्वेल हो । चार वर्ष पछि आएको लुट २ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन भने यसको निर्माता माधब वाग्ले र नरेन्द्र महर्जन रहेका छन् । यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा, बिपिन कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ | चलचित्रमा देशको बर्तमान परिस्थिती, राजनीतिक अस्थिरता, वेरोजगार आदीको कथालाई देखाइएको निर्देशक बस्नेतले बताएका छन ।

युएईको स्थानीय वितरक कम्पनीसँग सहकार्य गरी युएईमा नेपाली सिनेमा पर्दशनीको बाताबरण कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालको पहलमा सम्भब भएको हो | युएईमा नियमित चलचित्र पर्दशनीको सुरुवात अक्टोबर १४ तारिक देखि युएई लगाएत मध्यपूर्वका देशका सुरु भएको हो | कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सको पहलमा नेपाली चलचित्र बिर बिक्रम , ‘छक्का पन्जा, सकुन्तला र पुरानो डुंगाको सफल पर्दशनी गरि सकेको छ | लुट २ युएईमा मार्च ९ तारिक देखि र कतारमा मार्च १० तारिक देखि नियमित पर्दशनी हुने भएको छ |

नेपालीको चलचित्रको इतिहासमा एकै दिनमा धेरै रकम संकलन गर्ने चलचित्र बनेको लुट २ नेपालका १०० बडी हलमा दोश्रो हप्ता हाउस फूलका साथ पर्दशन भई रहेको छ |

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment