"एसईई परीक्षामा ६९ बर्षिय बृद्ध उतीर्ण" बृद्ध भत्ता खाएर घरमै आराम गर्ने यो उमेरमा एसईई परीक्षा उर्तिण गर्न सफल भएकोमा उनी निकै हर्षित देखिएका छन ।

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

असार २, २०७४ पहिलो पटक सुरु भएको एसईई परीक्षामा स्याङ्जामा ६९ बर्षिय बृद्ध पनि सहभागी थिए । स्याङ्जाको कालाभैरव उच्च माविमा अध्ययनरत ६९ बर्षिय दुर्गे कामीले सिदार्थ माविमा एसईईको परीक्षा दिएका थिए । उनी आज प्रकाशित एसईई परीक्षाको नतिजामा इ ग्रेड ल्याएर पास भए ।

उनले जम्मा ग्रेड १.२ ल्याएर उतीर्ण भएको काला भैरव विद्यालयका शिक्षक डिआर कोइरालाले बताउनुभयो । बृद्ध भत्ता खाएर घरमै आराम गर्ने यो उमेरमा एसईई परीक्षा उर्तिण गर्न सफल भएकोमा उनी निकै हर्षित देखिएका छन । नातिनातिनाका उमेरका सहपाठीसंग परीक्षामा सहभागी भएका उनी उतीर्ण भएको खबरले यतिका बर्ष सम्म दुख गरेको फल प्राप्त गरेको बृद्ध कामी बताउँछन ।

बुढेसकालमा साहारा कोही नभई विरक्त लागेपछि आफूलाई व्यस्त राख्नको लागि आफ्ना नाती नातीना सरहका विद्यार्थीसंगै विद्यालय जाने गरेपछि पहिलो पटक एसईईमा सहभागी बनेका उनले अबको दिनमा क्याम्पस पढ्ने र सानो भए पनि जागिर खाने रहर सुनाए । ‘कक्षा तीन देखी नियमित विद्यालय गएर पढेको फल पाएँ’ खुशि हुँदै उनले भने, ‘निकै खुशि छु ।

धेरैले खिल्ली उडाउँथे वेवास्ता गर्दै नसुनेको बाहानामा हिडिरहन्थे । तिनिहरुलाई आज राम्रो जवाफ दिए ।’ इच्छा शक्ति भएमा कुनै पनि कुरा उमेरले नछेक्दो रहेछ भन्ने उनी ज्वलन्त उदाहरण बनेको जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्य बताउँछन । साविक फेदीखोला गाविस ३ देउराली घर भएका दुर्गे कामी ४ छोरा, २ छोरी र ९ नातिनातिकाका हजुरबुबा बनिसकेका छन ।

तर उनको श्रीमती भने १५ बर्ष पहिले नै बितेकी हुन् । सुरुमा कक्षा ३ मा खहरे प्राविमा भर्ना भई पढ्न सुरु गरेका उनले कक्षा ६ देखी काला भैरव उच्च माविमा निरन्तर पढेपछि अहिले एसईई परीक्षामा सफल भए । अब क्याम्पस भने फेदीखोला स्थित सिदार्थ बहुमुखीमा पढ्ने ठूलो धोको उनको छ ।

लामा लामा फुलेका दारी र ढाका टोपीबाट आफ्नो पहिचान बनाएका उनी स्कुले पोसाक टाई, पेटी, सर्ट, पाइन्ट र काला जुत्ता टल्काएर बालबच्चा झै नियमित विद्यालय जाने गर्थे । छोरा बुहारी र सम्पूर्ण परिवारबाट नै उपेक्षित भएपछि अध्ययनमा लागेको बताउँदै उनले भने, ‘उनीहरुलाई देखाउनकै लागि भएपनि सानो जागिर खाएर पैसा कमाउने रहर छ । उनीहरुलाई पनि अप्ठ्यारो महसुस होस हामीले कति खिल्ली उडाएका थियौ भन्ने ।’


अरु विद्यार्थीहरुको तुलनामा आफ्नो उमेर अति नै बढी भएता पनि अध्यनको लागि शिक्षक तथा नातिनातिना सरहका आफ्नै सहपाठी विद्यार्थीहरुबाट ठूलो प्रेरणा मिलेको उनको भनाई छ । प्रकाशित:असार २, २०७४

from ekantipur

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment