‘मलेसिया जाने बेला दुःखी नहुनु है भन्थ्यो, अहिले आफै रुँदै फोन गर्छ’

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं, फागुन १८–‘जाने बेला पैसा पठाउँछु, भाइहरु पढाउनु, आफ्नो अनि बुवाको ख्याल गर्नु, छोरो छैन भनेर दुःखी नहुनु है भन्थ्यो तर अहिले त ऊ आफै रुँदै फोन गर्छ’ छोरा मलेसियामा अलपत्र परेको खबर सुनाउँदै गर्दा धादिङको जीवनपुर–७ की जानुका पाण्डेका आँखा रसाए । आँखा भरिए पनि बाध्यता सुनाउनुभयो ‘छोरो मलेसियामा रुन्छ । नेपालमा हामी ।’

मलेसिया जानु अघि गोपाल कतार जानुभएको थियो । दुई वर्ष कतारमा कमाएको पैसाले घर बनाएपछि अबको कमाई जोगाउने योजना बनाएर गोपाल २०७२ साल असारमा मलेसिया जानुभएको थियो । काठमाडौंको बसुन्धारामा रहेको केयर ह्युमन रिसोर्स प्रालिमा १ लाख ७० हजार रुपैयाँ तिरेर कार्टुन बनाउने काममा मलेसिया जानुभएको हो । डेढ वर्ष गोल्डेन सन व्राण्ड कम्पनीमा काम गर्नुभयो

तलब महिनाको १४ हजार रुपैयाँ थियो । तर खाना, बस्ने कोठा, काम गर्न जाँदाको गाडी भाडा, लेवी अनि अरु खर्च गर्दा उहाँले तलबको एक पैसा बचाउन सक्नुभएन । त्यसैले गएको तीन महिनामा बल्लतल्ल २० हजार रुपैयाँ पठाउनुभयो । त्यसपछि भने उहाँ समस्यामा पर्नुभएको छ ।

पैसा कमाउन नसकेपछि उहाँ गर्दै गरेको काम छोडेर भाग्नुभयो । त्यसपछि उहाँसँग न काम भयो न त पैसा नै । कम्पनी छोडेर हिँडेपछि उहाँसँग अहिले पासपोर्ट पनि छैन । त्यसैले उहाँ अहिले बाहिर हिँड्न पनि पाउनुभएको छैन । ‘नेपाल फर्किने त भन्दै छ तर सकेको छैन’ जानुकाले भन्नुभयो ।

नेपाल फर्किन टिकट किन्ने पैसा छैन अनि सहयोग माग्न कतै जाँदा प्रहरीले पक्रिने डर । त्यसैले उहाँ सहयोग माग्न दुतावास पनि जान सक्नुभएको छैन । ‘म कसरी नेपाल फर्कने होला आमा, कसैले सहयोग गर्थ्यो कि भन्दा बोल्नै सक्दिन, मन भक्कानिएर आउँछ’ जानुकाले थप्नुभयो ।

गोपाल अहिले गाउँकै साथी मिरज न्यौपानेको कोठामा बस्दै हुनुहुन्छ । तर नेपाल फर्कन पासपोर्ट तथा कार्ड केही नभएका कारण प्रक्रिया गर्न सक्नु भएको छैन । उहाँले एजेन्टहरुलाई पनि नेपाल पठाइदिन आग्रह गर्नुभयो तर एजेण्टहरुले ३÷४ हजार रिङ्गेट मागेका छन् । उहाँसँग एजेन्टलाइ दिने पैसा छैन ।

त्यसैले घरमा फोन गरेका बेला बुवा रणदेवलाई त्यतैबाट पैसा पठाइदिनु भनिरहनुभएको छ । ‘उहाँबाट म मलेसियामा लुकेर कतिञ्जेल बसुँ पैसा खोज्दिनुभयो भने म फर्किन्छु भन्छ’ रणदेवले भन्नुभयो ‘ पैसा छोरो भन्दा ठूलो होइन तर ऋणले चुर्लुम्म डुबेका छौं । हामीलाई कसले पैसा दिन्छ र कहाँबाट जुटाउँ ?’

गोपाल मलेसिया जाने बेलामा १ लाख ७० हजार रुपैयाँ ऋण लिएपनि पैसा कमाउन नसकेपछि अहिलेसम्म एक रुपैयाँ पनि घटाउन सक्नुभएको छैन रणदेवले । दुई वर्षसम्म ऋणको ब्याज, ब्याजको स्याज हुँदै २ लाख भन्दा भन्दा पनि धेरै पुगिसक्यो

छोरा विदेशमा समस्या परेको पीर छ छँदैछ ऋण दिने साहुले फिर्ता माग्न थालेपछि झन समस्या भएको छ गोपालको परिवारलाई । गोपालको परिवारसँग आम्दानीको अरु कुनै बाटो पनि छैन । त्यसैले उहाँको परिवार अहिले छोरालाई फर्काउन कसैले सहयोग गरिदेला कि भन्ने आशमा छ । आमा जानुका भन्नुहुन्छ ‘नेपाल झिकाउन सहयोग गर्दिनुस् न ।’
http://www.247khabar.com/2017/03/01/7652/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment