विश्वकप फुटबल हुनेभएपछि कतार जानेको सङ्ख्या बढ्यो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


कतारको जनसङ्ख्या पछिल्लो सात वर्षमा झण्डै ४० प्रतिशतले बढेको छ । सन् २०२२ मा विश्वकप फुटबल हुनेभएपछि कतारमा विभिन्न देशका नागरिक जाने क्रम र त्यहाँको जनसंख्या पनि बढेकाे हो ।
कतारमा अहिले विश्वकप २०२२ को तयारीका लागि भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । यसले गर्दा नेपाल, बंगलादेश, भारतसहितका देशबाट धेरै कामदार त्यहाँ पुगेका छन् ।

कतारमा बसोबास गर्ने मानिसको संख्या अहिले २६ लाख ७० हजार पुगेको त्यहाँको सरकारी तथ्यांक छ । यसअघि सन् २०१० को तथ्यांकमा कतारको जनसंख्या १६ लाख ३० हजार रहेको कतारको विकास, योजना तथा तथ्यांक मन्त्रालयले जनाएको छ । सन् २०१० मा कतारले विश्वकप फुटबल २०२२ को आयोजना गर्ने जिम्मेवारी पाएपछि त्यहाँको जनसंख्या बढ्ने क्रम तीब्र भएको हो ।
विश्वकपका लागि चाहिने भौतिक पूर्वाधार निमार्ण क्षेत्रमा काम गर्न पुग्ने मजदुरको संख्या बढेपछि कतारमा बसोबास गर्ने मानिसको संख्या बढेको हो । कतारमा नेपाल, भारत, बंगलादेशसहितका देशबाट गएका २१ लाख भन्दा धेरै आप्रवासी कामदार छन् ।
From
news.gulfact.com/विश्वकप-फुटबल-हुनेभएपछि/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment