युएईमा नेपालीको निशुल्क स्वास्थ्य परिक्षण हुने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
उमाकान्त पाण्डे/उज्यालाे ।
युएई, फागुन २४ – यहाँ कार्यरत नेपालीको निशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ । युनिभर्सल अस्पताल आवुधावीले नेपालीका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।
आउँदो फागुन २८ गते देखि चैत १८ गतेसम्म तीन हप्तन युएईका बिभिन्न शहरमा रहेका आफ्ना शाखाबाट शिविर सञ्चालन गर्न लागेको अस्पतालले जनाएको छ । शिविरमा नाक, कान, घाँटी र आँखा, रगत, पिसाव, उच्च रक्तचाप, युरिक एसिड तथा सुगर र मानसिक समस्या भएका विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिने अस्पतालका नेपाली संयोजक शंकर विसुन्केले जानकारी दिनुभयो ।
अबुधावीसहित दुबई, सारजाह, अलऐन, अली हायर, अल हिली, अल याहेर, बनियास र मुसाफामा रहेका शाखाले नेपालीलाई निशुल्क सेवा प्रदान गर्नेछन् ।
अस्पतालले तिहार तथा छठ पर्वको अवसरमा पनि नेपालीका लागि स्वास्थ्य शिविर चलाएर निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । नेपाली कामदारमा विभिन्न खालका स्वास्थ्य समस्या देखिएको र समयमै सहज रुपमा उपचार पाउन भनेर शिविर सञ्चालन गरेको अस्पतालका प्रबन्ध निर्देशक डा. शहवीर नेल्लिक्डेले बताउनुभयो ।
from ujayloonline

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment