तेज दिमागको बच्चा चाहनुहुन्छ भने बालबालिकाको डाइटमा समावेश गर्नुस् यि जूसहरु...

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
के तपाईंलाई लाग्छ आफ्नो बच्चा पढाईमा कमजोर छ ? के तपाई चाहुनुहुन्छ तपाईको बच्चा स्मार्ट बनोस् ? सबै अभिभावक चाहन्छन् कि मेरा बच्चा विश्वसँग आँखा जुधाएर हिड्न सकोस् । यस अवस्थामा अभिभावकहरुको दायित्व हुन्छ कि उनीहरुले आफ्ना बच्चाहरुको खानपिनमा विशेष ध्यान दिने । अभिभावकले बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि दिने डाइटमा यी ५ वटा जुस प्रयोग गर्नु उत्तम हुन्छ । 

१. अनारको जूसः अनारमा एंटी–अक्सीडेंट भरपूर मात्रामा हुन्छ । अनुसन्धानकर्ताका अनुसार अनारमा भएको एन्टी–अक्सीडेन्टले दिमागका कोषहरु क्षति हुनबाट जोगाउँछ । अनारमा ग्रीन टी र रेड वाइन भन्दा बढि एन्टी–अक्सीडेन्ट हुन्छ ।  

२. एलोवेरा जूसः B 6 भिटामिनले भरपूर एलोवेरा जूसले बच्चाको स्मरणशक्तिलाई तेज बनाउनमा मद्दत गर्छ । स्वादमा नमिठो भएपनि यो बच्चाको दिमागका लागि उत्तम औषधि सावित भएको छ । एलोवेरा जूसको स्वाद बढाउनका लागि तपाईंले अम्बा अथवा लिचिको जूस एलोवेरामा मिसाएर बच्चालाई दिन सक्नु हुनेछ ।  

३. नरिवल पानीः धेरै कम मान्छेलाई थाहा होला हाम्रो दिमागलाई पनि फ्याटको आवश्यकता हुन्छ भनेर । नरिवलमा दिमागलाई चाहिने फ्याट हुन्छ र यसले दिमागलाई तेज बनाउन र एकाग्रकृत गर्ने शक्तिमा मद्दत गर्छ ।  
४. चुकंदरको जूसः यो जूस दिमागसम्म जाने रक्तप्रवाहलाई तेज बनाउँछ । यसले दिमागलाई तेजिलो बनाउनाका साथै डेमेन्शिया अर्थात् स्मरणशक्ति कमजोर हुनबाट जोगाउँछ ।  

५. टमाटरको जूसः टमाटरमा भिटामिन A ,D र  C भारी मात्रामा पाईन्छ । यसले पनि स्मरण शक्तिलाई तेज बनाउँछ । 

Source: http://www.hamrodoctor.com/news/5826fb2296bbd

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment