आजको राशिफल – मिति वि.सं. २०७३ साल चैत्र १२ गते शनिबार,तदानुसार इश्वी सन २०१७ मार्च २५ तारीख, शनिप्रदोष ब्रत द्यौपाटनमा देशोद्वारपूजा, माहावारुणी योग, चैत्र कृष्ण पक्ष द्वादशी तिथी

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मानसिक चन्चलता बढेता पनि आम्दानि क्षेत्र भने मध्यमनै रहनेछ । साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट वा ढिलाई आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला । सामान्य यात्राको योग रहन सक्नेछ । कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । पुराना ईष्टमित्रको भेटघाटमा मन प्रशन्न रहनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे दाम्पत्य सम्बन्धमा साधारण खटपट आईपर्न सक्नेछ । ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो प्रतिस्प्रदाको क्षेत्रमा तपाईकोे समय ले त्यति साथ दिने छैन । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । दिन मध्यम रहला । तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते मनोरञ्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु पारीबारीक साथसहयोगले मन प्रशन्न रहला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे तपाईका रोकिएका कार्यहरु पूृनः सुचारु गर्दा सफलता प्राप्त हुनेछ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द मनमा सामान्य चिन्ताले सताउन सक्छ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि सन्चित रकम खर्चको योग रहेको छ । धनमालमा क्षति पुग्न सक्छ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment