गायक नबिन कटुवालको आधुनिक एल्वम ‘साथ’ सार्वजनिक

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौँ- गायक नबिन कटुवालको दोस्रो आधुनिक एल्वम ‘साथ’ भर्खरै बजारमा आएको छ । पोखरामा एक कार्यक्रमका बिच एल्वम बिमोचन भएको हो । सोही कार्यक्रममा साथ एल्वममा समावेश ‘मलाई खुशी’ बोलको एउटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । साथ एल्वममा चार गीत समावेश छन् । चारवटा गीतमा नै फरक–फरक व्यक्तिहरुले शब्द भरेका छन् । ‘सुनसान छ मेरो देश’ र ‘मलाइ खुशी देख्दा रमाउने तिमी’मा विक्रम केसीको शब्द छ । ‘जब नजिक हुन्छौ तिमी मेरो’ बोलको गीत गायक नविनकै शब्दमा सजिएका छन् । अर्काे गीत ‘तिरिमिरी झ्याँई’ बोलको गीतमा गणेश शाहका शब्द सजिएका छन् । साथ एल्वमका सम्पूर्ण गीतमा गायक नविनले स्वर दिएका छन भने संगीत प्रकाश नेपालीले भरेका छन् । यो भन्दा अगाडी गायक नबिनको ‘कोशेली’ नामक एल्वम बजारमा आइसकेको छ । नायिका अनु शाह,मोडल मिलन र अनिलको अभिनय रहेको भिडियोलाइ सरोज अधिकारीले खिचेका हुन् भने सुबाश अमगाईले कलर गरेका हुन् । सम्पादन तथा निर्देशन अपिल त्रिपाठीको रहेको भिडियोलाइ उत्कृस्ट बनाउन निर्माण युनिटले सक्दो मेहनत गरेको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment