बहुप्रतिक्षित सिक्वेल ‘बाहुबली २’ को ट्रेलर रिलिज । भिडियो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
सम्भवत अहिले दर्शकमाझ सर्वाधिक प्रतिक्षाको फिल्म कुनै छ भने त्यो हो ‘बाहुबली २’ । दक्षिण भारतीय प्रोडक्सन भए पनि फिल्मलाई संसारभरका दर्शकले प्रतिक्षा गरिरहेका छन । नेपालमा पनि यो फिल्मको ठुलो प्रतिक्षा छ । यहि फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको छ । निर्माण कम्पनी धर्मा प्रोडक्सनले फिल्मको २ मिनेटभन्दा लामो ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरले फिल्म एैतिहासिक कथामा एक्सनप्रधान छ भन्ने बुझाउछ । फिल्मको कथा ‘बाहुबली’कै निरन्तरता हो । प्रभाष, राना दग्गुबति र अनुष्का शेट्टी लगायत कलाकार छन । फिल्मलाइृ एमएस राजामौलीले निर्देशन गरेका हुन । लामो समयको संघर्षपुर्ण तयारीपछि फिल्मको सिक्वेल तयार भएको हो । फिल्म आउदो अप्रिल २८ मा बिश्वब्यापी रिलिज हुनेछ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment