कतार मा अनुमति बिना फोटो,भिडियो खिच्ने तथा सेयर गर्नेलाई कारबाही हुने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
अमिर एच एच शेख तमिम बिन हमाद अल थानीले केही दिन अगाडी २००४ को कानुन नं ११ ले प्रख्यापित गरेको पेनल कोड का केही प्रावधानहरु संशोधन गर्दै २०१७ को कानुन नं ४ जारी गर्नुभएको छ । पुरानो कानुनको लेख नं ३३३ लाई परिमार्जन गर्दै अब कसैको अनुमति बिना व्यत्तिगत जीवनमा हानी पार्र्नेे जोकोहीलाई दुई वर्ष सम्म को कैद सजाय अथवा दस हजार कतारी रियाल सम्मको जरिवाना रहेको छ । जारी गरिएको कानुन अन्र्तगत पर्ने नियमहरु यस्ता छन् ः

१.अनुमति बिना अरुको चिठी पढ्ने,अरुको फोनमा गरिएको वार्तालाप वा रेर्कडिङ्ग गोप्य रुपमा सुन्ने,विशेष स्थानमा रहेका मानिसहरुको फोटो तथा भिडियो कुनै साधान प्रयोग गरि लुकेर खिच्ने तथा सेयर गरेमा ।

२.कुनै पनि व्यत्तिको वा समुहको जीवनमा हानी,बदनाम वा दुरुपयोग गर्ने हिसाबले सार्वजनिक स्थानमा लिएको फोटो वा भिडियो खिच्ने तथा सेयर गरेमा ।

३.आधारिक व्यक्ति बाहेक अरुले दुर्घटनामा परेका घाईते वा मृतकको फोटो,भिडियो खिच्ने तथा सेयर गर्ने काम गरेमा ।


source http://qnradio.com/5456

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment