अमेरिकी डलर डेढ वर्षयताकै सस्तो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौं, १२ चैत । आउँदो आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा (खरिद दर) तोकेको छ। यो ०७२ भदौ ३ गते यताकै सस्तो हो। ०७२ मदौ ३ गते एक अमेरिकी डलरको विनिमयदर एक सय चार रुपैयाँ ४० पैसा थियो। आजको कान्तिपुरमा खबर छ– त्यस्तै आइतबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर एक सय ५ स्पैयाँ तोकेको छ। पछिल्ला दिनहरूमा नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर कमजोर बन्दै गएको छ। डलर कमजोर बन्दै गएपछि स्वदेशी मुद्रा बलियो देखिएको हो । तर, स्वदेशी अर्थतन्त्रमा उल्लेख्य सुधार भएकाले रुपैयाँ बलियो भएको नभई भारतीय अर्थतन्त्रमा देखिएको सुधार भएको विज्ञहले बताएका छन्। भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेका कारण अमेरिकी डलरको तुलनामा भारु बलियो हुँदा नेरु पनि बलियो देखिएको हो। खासगरी भारतको विधानसभा चुनावमा उत्तरप्रदेशमा भारतीय जनता पार्टीको गठबन्धन निर्वाचित भएसँगै त्यहाँको अर्थतन्त्र सुधार अडकलबाजी गरिएको छ। यसबाट भारतीय मुद्रा बलियो हुँदै गएको हो। अधिकांश भागमा प्रकानमन्त्री नरेन्द्र मोदीकै दल भाजपाले जितेपछि उनी नेतृत्वको सरकार बलियो हुने भएकाले आर्थिक सुधारको गति तीब्र हुने अपेक्षा गरिएको छ। विधानसभामा भाजपाको बहुमत हुने देखिएपछि पुनः मोदीकै सरकारले निरन्तरता पाउने अडकलबाजीहरू गरिएका छन्। यसो भएमा भारतमा राजनीतिक स्थिरता आउने अनुमान गरिएको छ। यस्तो अवस्था आएमा अहिले सरकारसमक्ष पेस भएका आर्थिक सुधारका लागि आवश्यक नीतिहरू पारित गर्न सजिलो हुनेछ। यसबाट भारतको आर्थिक गतिविधि अभिवृद्धि हुनुका साथै विदेशी लगानी बढ्ने विश्वास गरिएको छ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment