यो ठाउँ चिलाएर लाज मर्नु भएको छ ? यी घरेलु उपचार काम लाग्छन्

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

कहिलेकाहीँ नितम्ब चिलाइदिएर अप्ठ्यारो स्थिति आइदिन्छ । सार्वजनिक ठाउँमा कन्याउन साह्रै गाह्रो । असभ्य भनिदेलान् भन्ने पीर ।


हामी तपाईंको पीडा बुझ्छौं । यहाँ हामी तपाईंलाई घरेलु उपचार बताउँदैछौं । त्यसलाई प्रयोग गर्दा आराम पुग्छ ।

१. घिउकुमारी
घिउकुमारीमा भएको एन्टी–इन्फ्लेम्मेटोरी गुणका कारण चिलाएको ठाउँमा लगाउँदा आराम हुन्छ ।

२. आलु
आलुको डिहाइड्रेटिङ असरका कारण चिलाउने बन्द हुन्छ । आलुको पेस्ट बनाएर सिधै नितम्बमा दल्नुस् ।


३. क्यामोमाइल
क्यामोमाइल नामक सुगन्धित बिरुवाको चिया बन्ने मात्र होइन, यसले छाला चिलाउने पनि बन्द गर्छ ।

४. चियाबोट तेल
चियाबोटको तेलले चिलाउनेबाट मुक्ति दिन्छ । अरन्डी वा बदामको तेलसँग मिसाएर चियाबोटको तेल चिलाएको भागमा कपासले दल्नुस् ।

५. लसून
लसूनका तीनवटा पोटी र तीनवटा तेजपत्तालाई उम्लिँदो पानीमा हाल्नुस् । एकछिन उमालेर सेलाएपछि त्यसलाई चिलाएको ठाउँमा दल्नुस् ।

६. स्याउको चूक
चिलाएको नितम्बमा स्याउको चूक दल्नु उत्तम उपचार हो । स्याउको चूकमा कपास चोपेर समस्याग्रस्त भागमा दल्नुस् । केही समयमै आराम पाइन्छ ।

७. भिटामिन ई
छाला सुक्खा भएपछि चिलाउँछ । त्यसैले छालालाई आर्द्र राख्नका लागि भिटामिन ईका क्याप्सुलहरू खाने गर्नुस् ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment