आजको रासिफल – बि.स.२०७३ चैत्र १५ गते । मंगलबार । ईश्वी सन् २०१७ मार्च २८ तारिख । नेपाल सम्बत् १९३७ ।

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
बि.स.२०७३ चैत्र १५ गते । मंगलबार । ईश्वी सन् २०१७ मार्च २८ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । चैत्र कृष्ण पक्ष । तिथि औषि ६ घडी ४५ पला, बिहान ०८ बजेर ४३ मिनेट उप्रान्त चैत्र शुक्ल प्रतिपदा । नक्षत्र उत्तरभाद्रपदा २० घडी ४१ पला, दिउँसो २ बजेर १८ मिनेट उप्रान्त रेवति । योग ब्रम्ह ३२ घडि ४३ पला । करण नाग, बिहान ८ बजेर ४३ मिनेट उप्रान्त किंस्तुध्न, बेलुका ०७ बजेर ५५ मिनेट उप्रान्त वव । आनन्दादिमा उत्पात योग । काठमाडौंमा सूर्योदय ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुका ०६ बजेर १९ मिनेट जादा । दिनमान ३० घडी ४४ पला । चन्द्ररासि मिन । पञ्चक । स्नान र दान गर्ने औंषि । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुँनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुँनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । नयाँ काममा हात हाल्नु भन्दा पनि केहि समय पर्खनु राम्रो हुँनेछ । शुभ अंक — ५,७ शुभ दिशा — पुर्व शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने इच्छित सामानहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ भने दिल खोलेर सहयोग गर्नेहरु भेटिनेछन् । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ नयाँ काम गर्ने अवसरहरु आउँनेछन् । आर्थिक पक्ष सुदृड हुँनुका साथै आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हँनेछ भने प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुँनेछन् । शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मबिश्वास बढ्ने हुँनाले नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुने तथा पदोन्नति हुने योग रहेको छ । कार्यक्षेत्रमा सबैको मन जित्न सकिनेछ भने तपाईको काम देखि सबै प्रभावित हुनेछन् । प्रतिष्ठित काम गरि समाजमा ईज्जत प्रतिष्ठा कमाउँने समय रहेको छ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको समर्थन प्राप्त हुनेछ । आफन्त तथा साथिभाईहरुबाट तपाईले अपेक्षा गरेभन्दा बढी सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बडेर जानुको साथै बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ । शुभ अंक — ४,७ शुभ दिशा — पुर्व शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घर परिपार तथा आफन्तबाट तपाईले शुरु गरेको काममा खासै सहयोग नहँुने तथा माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ । प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हँुनेछन् । सामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । अध्ययन अध्यापनमा मन नँजाने हुँनाले अरुभन्दा पछि पर्ने सम्भावना रहेकोछ । शुभ अंक — ५,७ शुभ दिशा — पश्चिम शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । कार्यक्षेत्रमा प्रशस्त समय दिनुपर्ने तर न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । घर परिवारमा दैनिक आउँने समस्याले सताउने हुँदा मानशिक तनाब बढेर जानेछ । माया प्रेममा आफुले माया गरेको मान्छेसँग मनमुटाब बढ्ने छ भने दाम्पत्य जीवनमा सामान्य घटपटको योग रहेको छ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । शुभ अंक — ५,८ शुभ दिशा — दक्षिण शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पढाई लेखाईमा मन जाने हुँनाले खोज तथा अनुशन्धानको क्षेत्रमा व्यास्त हुँने समय रहेकोछ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । शुभ अंक —३,६ शुभ दिशा — दक्षिण शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) प्रतिश्पर्धामा पतिश्पर्धिहरुलाई हराउँदै सम्मानजनक पद प्राप्त गर्न सकिनेछ भने बिपक्षिहरु आफै किनारा लाग्नेछन् । सम्मानित ब्यात्तित्व सँग बसेर व्यापार बिस्तारको सवालमा दिईने तपाईको प्रश्तुतिले नयाँ तरङग पैदा गर्नेछ । अध्ययन तथा अध्यापनमा प्रगति गर्दै नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । साथिभाई तथा मन परेको मानिसलाई लिएर रमाईलो यात्राको तय गर्न सकिनेछ । माया प्रेममा आफ्नो प्रीयपात्र लाई लिएर नयाँ नयाँ दृष्यहरु हेर्ने अवसर प्राप्त हुँने हुँदा दिनलाई रमाईलोका साथ कटाउँन सकिनेछ । शुभ अंक — १,४ शुभ दिशा — पश्चिम शुभ रंग — सेतो कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुँनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ । शुभ अंक — ४,८ शुभ दिशा — पश्चिम शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारि साधन तथा घर जग्गा किन्दै हुनुहुन्छ भने ध्यान दिनुहोला गलत ब्याक्ति तथा बिचौलियाले फसाउन सक्छन् । निति निर्माण तहमा हुनुहुन्छ भने ख्याल गर्नुहोला गलत ब्याक्तिहरुको सुझाब तथा सल्लाहमा तपाईबाट गलत निर्णयहरु हुँन सक्छन् । बिवादित बिषयको उठान नगर्नुहोला नकरात्मक नतिजाको सामना गर्नु पर्नेछ । पढाई लेखाईमा अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमा सरहमा मानिस सँग छुटिनु पर्दा मन खिन्न हुनेछ । परिवार तथा आफन्तसँगको आन्तरिक छलफलमा राज बाजिने हुँदा निचोड निकाल्न मुस्किल पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । शुभ अंक — १,५ शुभ दिशा — पुर्व शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग धन्दा तथा व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ भने यात्राका क्रममा साथिभाई तथा आत्मिय मित्रका साथ मिठा मिठा परिकार खादै तथा पिउदै दिन ब्यातित गर्न सकिनेछ । छिमेकि तथा दाजुभाई हरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग हुँनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । शुभ अंक — २,६ शुभ दिशा — उत्तर शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिश्पर्धिहरु हावि हुँनाले आर्थिक व्याबस्थापन गर्न अलि कठिन हुँनेछ । समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहँुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउन पनि सक्छ ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ । शुभ अंक —३,८ शुभ दिशा — उत्तर शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । शुभ अंक — ६,९ शुभ दिशा — दक्षिण शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद । ज्योतिषी दुर्गा प्रसाद भण्डारी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र चाबहिल, काठमाडौं फोन न. ९८५११७८४५९ osnepal

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment