बहराइनमा झापाका जीवनलाई कार उपहार परेपछि

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
बहराइन । भनिन्छ भाग्यमा विश्वास गर्नुहुँदैन भाग्य त कर्म अनुसार बन्ने हो ! तर भाग्यमा छ भने साँच्चिकै डोकोमा दूध दुहिए पनि अडिन्छ भन्ने कुरा कहिलेकाँही होकी जस्तो पनि मानिन्छ।
जसका ज्वलन्त उदाहरण बनेका छन जीवन पौडेल, यदी भाग्यमा थिएन भने त्यति धेरै कामदारहरु मध्य मलाई नै गाडी पर्ने के थियो।
पौडेल भन्छन वैदेशिक रोजगारीको शिलशिलामा बिगत लामो समय देखि बहराइनको युनिट्याग क्लिनिङ कम्पनीमा कार्यरत झापा शनिअर्जुन -९ , देउनियाका पौडेल यतिखेर निकै खूशीमा छन्। उनको खुशीको कारण हो उपहार स्वरुप उनलाई परेको गाडी (Car)।
प्रत्येक बर्ष आयोजना हुने किङ्ग कप फुटबल प्रतियोगिताको फाइनल चरणका दिन त्यहाँ कार्यरत सम्पुर्ण कामदारहरुको लागि भनेर ८ वटा गाडी उपहार स्वरुप राखिएको थियो जुन फाइनल खेल गत मार्च २५ तारिख २०१७ मा सम्पन्न भएको थियो।
जसको र्याफल कुपन सम्पुर्ण कामदारहरुलाइ बितरण गरिएको थियो। त्यसमध्ये एउटा गाडी (चेभरोलेट) पौडेल लाई परेको थियो। गाडी पर्यो भनेर साथीले सुनायो विश्वास नलागे र आँफै रिजल्ट हेर्न गए साँच्चिनै मलाई गाडी परेको रहेछ, म खुशीले पागल भए के गरौं कसो गरौँ भयो हत्तपत्त घरमा फोन गरेर जानकारी गराए, भोलिपल्ट गाडी लिनुथियो त्यो रातभर निन्द्रा लागेन।
भगवानको कृपाले गर्दा मलाई उक्त गाडी प्राप्त भएको हो, उक्त गाडी बेचेर आएको रकम मेरो आफ्नो प्रायोजन बाहेक सामाजिक कार्यमा पनि थोरै धेरै सहयोग गर्ने प्लानमा छु।
अङ्ग्रेजी बर्षको २०१० मा पहिलोपटक बहराइन आउँदा उनको बेसिक तलव जम्मा (BD ४५) थियो । साधारण क्लिनरको भिसामा बहराइनमा आएका उनी अहिले सोही कम्पनीमा सुपरभाइजरको रुपमा कार्यरत छन्।
from http://daily.gulfact.com/%E0%A4%AC%E0%A4%B9%E0%A4%B0%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%AE%E0%A4%BE-%E0%A4%9D%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%88/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment