बैदेशिक रोजगारमा रहेका र जान लागेका नेपालीलाई खुसीको खबर

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
बैशाख, काठमाडौं १५ –वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा कार्यरत कामदारका परिवारलाई गम्भीर प्रकृतिका रोग लागेमा सरकारले उपचार खर्च उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन सुरु भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले एक महिनाअघि कामदारका परिवारलाई स्वास्थ्य उपचार सहयोगसम्बन्धी मापदण्ड २०७३ पारित गरेको थियो । सोहीअनुसार तोकिएको मापदण्ड पूरा गरी आउने प्रस्तावहरूमाथि मूल्यांकन गरी खर्च उपलब्ध गराउन सिफारिस दिन सुरु भइसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए । ‘प्रस्तावहरू आउन थालिसकेका छन्,’ उनले भने, ‘मापदण्डले तोकिएको प्रक्रिया पूरा गरी आएका प्रस्तावमाथि मूल्यांकन गरी उपचार खर्च प्राप्त हुन्छ ।’ बोर्डले पहिलोपटक कामदारका आफन्तलाई समेत उपचार खर्च उपलब्ध गराउन लागेको हो ।

यसअघि बोर्डले वैदेशिक रोजगारीमा गएका कामदारको निधन भए आश्रित परिवारलाई राहत र कामदार स्वयं बिरामी हुँदा उपचारमा सहयोग गर्दै आएको छ । बोर्डले वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारबाट १ हजार रुपैयाँ उठाएर कल्याणकारी कोषमा जम्मा गर्दै आएको छ । उपचार तथा राहतमा सोही कोषको रकम प्रयोग हुने गरेको छ । पाँच रोगका बिरामीलाई मात्र खर्च बोर्डले गम्भीर प्रकृतिका पाँचवटा रोगको उपचारका लागि मात्र खर्च उपलब्ध गराउने स्पष्ट पारेको छ । मापदण्डअनुसार क्यान्सर, मिर्गाैला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन (स्नायु प्रणालीसम्बन्धी रोग) र अलजाइमर (मस्तिष्कसम्बन्धी रोग) लागेका परिवारलाई सदस्यले उपचार खर्च पाउनेछन् । ५० हजारसम्म सहयोग बोर्डले रोगको प्रकृति र त्यसको गम्भीरताका आधारमा उपचार खर्च उपलब्ध गराउनेछ ।

बोर्डले रोगको गम्भीरताका आधारमा तीन प्रकारको सहयोग उपलब्ध गराउने गरी मापदण्ड बनाएको छ । सहयोग प्राप्त गर्न बोर्डको अन्य प्रक्रियासँगै उपचारमा चिकित्सकको समेत सिफारिस आवश्यक पर्छ । बोर्डका अनुसार रोगको अवस्था हेरेर सामान्य, मध्यम र गम्भीर गरी तीनवटा अवस्था निर्धारित गरिएको छ । यी अवस्थामा रहेका कामदारका आफन्तलाई क्रमशः १५, ३० र ५० हजार रुपैयाँ उपलब्ध गराइने मापदण्डले स्पष्ट पारेको छ । सामान्य अवस्था : चिकित्सकको सल्लाहबाट शल्यक्रिया गर्नुनपर्ने र नियमित औषधि सेवन मात्र गर्नुपर्ने मध्यम अवस्था : चिकित्सकको सल्लाहबाट नियमित औषधि सेवनबाट ठीक हुने अवस्था नभई सामान्य शल्यक्रिया गर्नुपर्ने गम्भीर अवस्था : चिकित्सकको सल्लाहबमोजिम शल्यक्रिया गरी औषधि सेवन गर्नुपर्ने

कसरी प्राप्त हुन्छ सहयोग ? बोर्डका कार्यकारी निर्देशक काफ्लेका अनुसार वैदेशिक रोजगारीमा गएका कामदारका परिवारले मापदण्डले तोकेको प्रक्रिया पूरा गरी बोर्डको सचिवालयमा निवेदन दिनुपर्छ । निवेदन दिएको समयमा कामदारको करार अवधि कायम रहेको हुनुपर्छ भने परिवारको आर्थिक अवस्थाबारे जानकारी गराउनुपर्छ । सचिवालयमा निवेदनका क्रममा कामदारको श्रम स्वीकृतिको प्रतिलिपि, कामदारको पासपार्टको प्रतिलिपि, बिरामी र कामदार व्यक्तिको नाता प्रमाणित पत्र, बिरामीलाई आर्थिक समस्या परेको स्वघोषणापत्र तथा बिरामीको रोग स्पष्ट रूपमा खुल्ने गरी सरकारी अस्पतालमा जाँच गरेको प्रमाण वा कानुनी मान्यताप्राप्त चिकित्सकको सिफारिसपत्र पेस गर्नुपर्छ । यसरी आएको निवेदनलाई बोर्डको सचिवालयले विशेषज्ञ समितिमा पेस गर्नेछ । विशेषज्ञ समितिले प्राप्त निवेदनलाई मापदण्ड पूरा गरे–नगरेको जाँचबुझ गरी उपचार खर्च निर्धारण गर्छ । त्यसपछि सचिवालयले खर्च उपलब्ध गराउने प्रावधान मापदण्डमा तोकिएको छ । नयाँपत्रिकामा खबर छ।

कामदारका कुन–कुन आफन्तलाई उपचार सहयोग ? बोर्डले पारित गरेको मापदण्डअनुसार कामदार आफैँले पालनपोषण गर्नुपर्ने पति वा पत्नी, छोरा, छोरी, आमा, बुबा तथा महिला कामदारको हकमा निजका सासू र ससुराका लागि मात्र सहयोग रकम उपलब्ध हुनेछ । वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि सकिएको अवस्थामा भने निजका परिवारलाई उपचार खर्च उपलब्ध नहुने बोर्डको भनाइ छ
from http://www.247khabar.com/2017/04/28/%E0%A4%AC%E0%A5%88%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%BF%E0%A4%95-%E0%A4%B0%E0%A5%8B%E0%A4%9C%E0%A4%97%E0%A4%BE%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%B0%E0%A4%B9%E0%A5%87%E0%A4%95%E0%A4%BE-%E0%A4%A8/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment