विदेशबाट काम गरि छुट्टीमा फर्केका महिला अब फेरी विदेश जना नपाउने काठमाण्डौमा देखियो रुवाबासी पढ्नुस बाँकि पुरा समाचार

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
काठमाडौंः संसदीय समितिको निर्देशनका कारण खाडी मुलुकबाट विदामा घर आएका कामदार रोजगारीमा फर्कनबाट वञ्चित भएका छन् । अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन बन्द गरेका कारण सयौं कामदार रोजगारीमा जानबाट वञ्चित भएका हुन् ।

व्यवस्थापिका संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारका रुपमा नेपाली महिलाहरुलाई चार लाख रुपैयाँमा बेचेर खाडी मुलुक पु¥याउने गरिएको भन्दै गत चैत २० गते खाडी मुलुकमा घरेलु कामदार पठाउने काम पूर्णरुपमा बन्द गर्न सरकारलाई निर्देशन दियो ।

समितिले निर्देशन दिने क्रममा परराष्ट्रमन्त्रीदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखलाई कारवाही गर्न पनि पत्र काट्यो । त्यहि पत्रका कारण वैदेशिक रोजगार विभागले अत्तालिएर घरेलु कामदारलाई श्रम स्वीकृति दिन बन्द ग¥यो ।

विभागले श्रम स्वीकृति दिन बन्द गरेको मारमा पर्नेमध्येकी एक पात्र हुन् गीता थापा । सिन्धुपाल्चोक घर भएकी गीता घरेलु कामदारका रुपमा कुवेत गएको चार वर्ष भयो । चार वर्षको अवधिमा गीता छुट्टी मनाउन दुई पटक नेपाल आइन ।

दुई सय वर्ष अगाडि छुट्टी सकेर सजिलै काममा फर्किएकी गीता यो पटक रोजगारीमा जान नपाउने भएकी छिन् । महिना दिन लामो छुट्टी सकिन लागेका कारण काममा फर्किन गीतासँग विहिबारको हवाइ टिकट छ । तर कुवेत फर्किनका लागि गीतासँग श्रम स्वीकृति छैन । बुधबार विभागको परिसरमा भेटिएकी गीताले काम सजिलो र कमाइ मासिक ४० हजार भन्दा बढी हुने भएका कारण आफू पुनः कुवेत जान लालयित रहेको बताइन् ।

गीताले विभागका महानिर्देशक विश्वराज पाण्डेलाई भेटेर श्रम स्वीकृति दिन आग्रह गरिन् । खाडी मुलुकमा कार्यरत सबै घरेलु कामदारमाथि शोषण नभएको भन्दै सबैलाई एउटै घानमा राखेर गरिएको निर्णयले आफूजस्ता धेरै महिला रोजगारीबाट वञ्चित हुने गीताको भनाइ विभागका महानिर्देशक पाण्डेले सुने मात्र । पाण्डेले संसदीय समितिको निर्देशनका कारण आफू श्रम स्वीकृति दिने अवस्थामा नरहेको बताएर गीतालाई फर्काए ।

गीताजस्ता पात्रलाई रोजगारीको अवसरबाट वञ्चित नगर्न संसदीय समितिले निर्णय पुनर्विचार गर्नुपर्ने महानिर्देशक पाण्डेको भनाइ छ । सिन्धुपाल्चोककी गीतालाई फर्काएलगत्तै महानिर्देशक पाण्डेको कार्यकक्षमा अर्का व्यक्ति खोटाङका देवराज राई पुगे ।

देवराजले पनि गीताको जस्तै समस्या सुनाए । पत्नी संगीतालाई १२ वर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा पठाएका देवराजले कि त सरकारले नै रोजगारी दिनुपर्ने अन्यथा विदामा घर फर्किएका र रोजगारीमा फर्कन चाहनेहरुको श्रम स्वीकृति रोक्न नहुने बताए ।

कतार, कुवेत लगायतका खाडी मुलुकमा हाल करिब १ लाख ५० हजार नेपाली घरेलु कामदारको रुपमा कार्यरत रहेको अनुमान छ । मुलुकभित्र रोजगारीमा पर्याप्त अवसर नरहेको अवस्थामा खाडी मुलुकमा घरेलु कामदारको रुपमा जान चाहनेलाई श्रम स्वीकृति रोकिरहे मानव तस्करी मौलाउने सरकारी अधिकारीहरुको भनाइ छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment