नेपाली श्रमिकलाई दियो कतार सरकारले ठुलो सम्मान, अरुलाई पनि दिने

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

खाडी मुलुक कतारमा गएर श्रम–पसिना बहाउने हजारौं श्रमिकको योगदानलाई सम्मान गर्न कतारले बर्सेनी नेपाली श्रमिकको सम्मान थाल्ने भएको छ । यो चलनको सुरुवात गर्दै मंगलबार कतारका राजदूत युसुफ मोहम्मद अहमद मोम्मद अल–हेलले कतारमा २० वर्षदेखि श्रम गर्दै आएका धनकुटाका उत्तमकुमार लिम्बूलाई सम्मान गरे ।

सम्मानमा राजदूतले एउटा घडी र मोबाइलसमेत लिम्बूलाई दिएका थिए । महाराजगंजस्थित कतार दूतावासमा आयोजित समारोहमा राजदूत युसुफ मोहम्मदले ‘कतार निर्माणमा नेपाली श्रमिकको उल्लेख्य स्थान रहेको’ टिप्पणी गर्दै श्रमको सम्मान गर्नका लागि हरेक वर्ष श्रमिक सम्मानको कार्यक्रमलाई निरन्तर राख्ने बताएका थिए ।

सम्मानित ५७ वर्षीय लिम्बू कतारको सनैयास्थित साड्को ट्रेडिङ एण्ड कन्ट्राक्टिङ् कम्पनीमा मेसनका रुपमा कार्यरत छन् । धनकुटाको कुरुले तेनुपास्थित जानकी बुढा सुब्बा प्राथमिक विद्यालयमा शिक्षक रहेका उत्तरकुमार जागिर खोसिएपछि कतारमा मजदुरी गर्न गएका थिए ।

कतारमा झण्डै ४ लाख नेपाली श्रमिक कार्यरत छन् । यी श्रमिकसाग जोडिएको शहर/घर निर्माणको नेपाल–कतार सम्बन्धका आधारमा काठमाडौंमा जारी ‘काठमाडौं ट्रेनाले’ कला महोत्सवमा समेत श्रमिक उत्तरकुमारको २० वर्ष यताको मजदुरी नियतीको कथा–व्यथालाई समेटिएको छ । उनले आफूले मजदुरी काम गरेरै एउटा छोरा मेखलाई कला विषयमा स्नातकोत्तर पढाएका छन् भने अर्का छोरा मानबहादुर वीरेन्द्र सैनिक स्कुलमा शिक्षक रहेका छन् ।

‘काठमाडौं ट्रेनाले’ कला महोत्सवमा आफ्ना बाबु उत्तमकुमारको कतार–नेपाल ‘कनेक्सन’ लाई लिएर कलाकार छोरा मेखले डिजिटल आर्ट, पेन्टिङ, भिडियो–क्लिपिङ् र तस्वीरमा उतारेका छन् । यो महोत्सवको संयोजन कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीकी कला बिषयकी प्राध्यापक डा.डीना वाङदेलले गरेकी हुन् ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment