९० हजार लिएर १० हजारको रसिद किन ? कामदारको प्रश्न: म्यानपावर व्यवसायीको उत्तर

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

चैत्र २८ काठमाडौँ । साझा सबाल मिडियाले बैदेशिक रोजगारीका क्षेत्रमा नेपाली कामदारहरुले बिदेश जाने क्रममा तथा बिदेशमा रहँदा भोग्नुपरेका समस्याहरुको समाधानका लागि र सम्बन्धित निकायलाई जिम्मेवार बनाऊन कामदारको प्रश्न म्यानपावर व्यवसायीको उत्तर श्रृङ्खला शुरु गरेको छ ।

यसै सन्र्दभमा गत चैत्र ८ गते रेम्बो ओभरसिजबाट कतार पुगेका इन्दंबहादुर गौतमको प्रश्नको जवाफ रेम्बो ओभरसिज प्रा लिका संचालकबाट लिएका छौँ ।

म सँग ९० हजार लिएर १० हजारको रसिद किन ?

ऊहाँ एजेन्ट मार्फत पैसा तिरेर आऊनुभएको हो । हामीले जम्मा १० हजार मात्र लिएका हौँ । बाँकी ८० हजार कसले लियो हामीलाई थाहा भएन ।

सिधा कम्पनीमा काम गर्ने हो भनेर पठाएको थियो तर यहाँ सप्लाएर कम्पनी रहेछ काम पनि पाईएको छैन किन ?

ऊहाँलाई हामीले सप्लाएर कम्पनी भनेर नै पठाएका हौँ यस कम्पनीमा पठाऊँदा नै शुरुको ४५ दिन बाहिर काम गर्नुपर्छ भनेका थियौँ । ४५ दिन को बीचमा कामदारको मेडिकल गरेर रिपोट लिनुपर्ने र रेसिडेन्ट परमिटको लागि समय लाग्छ, त्यो सँगै एएरपोर्ट भित्र काम गर्नका लागि परिचय पत्र बनाउनुपर्छ ।

परिचय पत्र बनेपछि मात्र हेल्परको रुपमा एएरपोर्ट भित्र काम गर्न पाऊँछन् । अहिले इन्दंबहादुर गौतमले एएरपोर्ट बाहिर नै काम गरेका हुन् ऊनले भनेजस्तो काम नपाएको अवस्था होइन ।

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर sajhasabal@gmail.com मा इमेल गर्नुहोला |)

- See more at: http://sajhasabal.com/employment/20191#sthash.yXME5sPU.dpuf

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment