Loading...
हेर्नुहोस भिडियो
सिरियामा भएको केमिकल ग्याँस आक्रमणमा मर्नेको संख्या दिनदिनै बढिरहेको छ । यस घटनाका एक पिडितले आफ्ना परिवारका २५ सदस्य गुमाएका छन् । अब्दुल हामिद योउसुफले भने,‘म उक्त आक्रमणका कारण चिर निन्द्रामा पुगेको रहेछु । जब होस आयो तब मैले सास फेर्न गाह्रो भएको महुसस गरे ।’
आत्तिएको म ओछ्यानबाट हाम फाल्दै आफ्ना जुम्ल्याहा बच्चाहरु भएतिर दौडिए । उनलाई आश थियो कि उनका जुम्ल्याहा छोरीहरु जिउँदै रहेका छन् । बच्चाहरु जिउँदै देखेपछि उनले बच्चाहरुलाई लिएर आफ्नी श्रीमति भएको ठाउँमा गए र उनकै जिम्मामा छोडिदिए ।
उनी आफ्नो परिवारका अन्य सदस्यहरु भएतिर दौडन थाले । उनले बाटोमा हिड्दै गर्दा मानिसहरु सास फेर्न नसकेर लडेको देखे । मंगलबार उनीहरुको क्षेत्र नजिक लोकल बेकरीमा हवाइ आक्रमण भएको थियो । आक्रमण भएको क्षेत्रको केही दुरी नजिकमा नै योउसुफको घर रहेको थियो ।
यो आक्रमणमात्र थिएन । सिरियाका राष्ट्रपति बसर–अल–असदले केमिकल हतियार प्रयोग गरेर हवाइ आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ । राति मानिसहरु सुतिरहेको अवस्थामा उक्त आक्रमण भएको बताइएको छ ।
जब उनी आफ्नो परिवार भएको घर पुगे दुई भाइको मृत्यु भइसकेको देखे । आत्तिएका उनले हेर्दै जादाँ भाइहरुका श्रीमतिहरु र बच्चाहरु पनि मरिसकेका थिए । अत्तालिदै उनी पुन आफ्नै घर फर्किए । घरमा रहेका आफ्नी श्रीमति र बच्चाहरुको अवस्थाले उनलाई पिरोली रह्यो ।
‘घर पुग्दा उनीहरुको मुखबाट गाँजहरु आइरहेको थियो भने उनीहरु अचेत भइसकेका थिए । भुइमा लडेका उनीहरुलाई देखेपछि म रुन कराउन थाले ।’ उनले सिएनएन मिडियासँग रुदै भने ।
उनले भने ‘मेरो बच्चाहरु अहमद र आया तथा मेरी श्रीमति... सबै सहिद भए । मेरो पुरै परिवार सकिए ।’
पिडितहरुमध्ये योउसुफकी पत्नी र बच्चाहरु उक्त केमिकल आक्रमणको सबैभन्दा ठुलो शिकार भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबारे अनुसन्धान भइरहेको बताइएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार हालसम्म मर्नेहरुको संख्या ७२ जनाभन्दा बढी रहेको छ ।
सिरियाका सैनिकहरुले केमिकल आक्रमणमा आफ्नो संलग्नताबारे अस्विकार गरेको छ ।
योउसुफले भने,‘उक्त घटनादेखेपछि म बेहोस नै भए । केही घण्टापछि हस्पिटलमा होस आयो ।
होसमा आएपछि उनले भने,‘मेरो परिवारका २५ जना सदस्यहरु उक्त घटनामा मारिए । सबै सहिद भए ।’
तर स्थानिय मिडियाले दिएको रिपोर्ट अनुसार उनको परिवारका १९ जना सदस्यहरु मारिएका छन् । उनको पत्नी र जुम्ल्याहा बच्चाहरु मारिएकाहरुको सुचीमा रहेका छन् । हाल उनले सिएनएनलाई दिएको अन्तर्वार्ता भाइरल भएको छ ।
बुधबार उत्तर सिरियामा जम्मा मानिसहरुले मारिएका मानिसरुको अन्तिम संस्कार गरेका थिए । योउसुफले आफ्ना जुम्ल्याहा बच्चाहरुलाई लिएर रोएको दृश्यहरु हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
अन्तिम संस्कार गर्दाको तस्बिर खिच्दा उनी आफ्ना सन्ताहरुलाई छातीमा च्यापेर रोइरहेका थिए ।
‘म कराइ रहेको छु । यो खुसीको आँसु हो । अब मेरा बच्चाहरु भगवानको जिम्मामा छन् । सिरियामा रहनुभन्दा त बरु भगवानको शरणमा भएकै राम्रो ।’
‘मर्नेहरुमा मेरा बच्चाहरु पहिला होइनन् ।’ पिडाले विक्षिप्त भएका उनले भने ।

Post a Comment