कतारमा कति नेपाली हाेलान् !

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0




सुशील ढुंगाना/वैदेशिक रोजगार विज्ञ ।

काठमाडौं, जेठ २४ - कतारमा उत्पन्न संकटकाबारेमा आम संचार माध्यममा चिन्ताजनक समाचार आइरहेका छन् । कतारलाई घेराबन्दि गरेर छिमेकी राष्ट्रहरुले सबै प्रकारका सम्बन्ध बिच्छेद गर्दै जाँदा त्यहाँ रहेका नेपाली नागरिकको अबस्था के हुने हो भन्ने आम चिन्ताको बिषय हो । आशा गरौं नेपाल सरकारले यसबारे आवश्यक कदम चाल्नेछ ।

कतारमा कति नेपाली नागरिक छन् भन्ने बिषयमा कुनै पनि संचार संस्थाले तथ्य बोल्न सक्ने अबस्था छैन । जसले जति भनिरहेका छन् ती सबै अनुमान हुन् । सत्य होइनन् ।

सत्य यस्तो छ

गएको चैत ३ गते सम्म वैदेशिक रोजगारमा जान दिइएको कुल श्रम स्वकृतिको संख्या ४६ लाख ९ हजार रहेको छ । वैदेशिक रोजगारमा कहिलेदेखि नेपालीहरु कतार जान थालेका हुन् भन्नेमा एकिन साथ भन्न सकिने अबस्था छैन । तर, बैदेशिक रोजगार बिभागले आर्थिक वर्ष २०५०/०५१ देखि मात्रै विवरण राख्न सुरु गरेको देखिन्छ ।

२०५०/०५१ देखि ०६२/०६३ सम्म वैदेशिक रोजगारमा जान दिईएको श्रम स्वकृतिलाई महिला, पुरुष र देशगत रुपमा नछुट्याई एकमुष्ट राखिएको छ । यस अबधिमा श्रम स्वकृति दिईएको संख्या ७ लाख ५८ हजार ६ सय ७५ छ । यसमा कम्तिमा २ लाख कतार जान श्रम स्वकृति दिईएको हुन सक्छ । यो पनि अनुमान मात्रै हो ।

त्यसपछि ०६३/०६४ देखि ०७२/०७३ सम्म सबै देश जान ३६ लाख १९ हजार ९ सय ८१ पटक श्रम स्वकृति दिइएको छ ।चालु आर्थिक वर्षको चैत ३ गते सम्म २ लाख ३० हजार ३ सय ७८ पटक श्रम स्वकृति दिइएकोमा कम्तिमा ८० हजार कतारलाई दिएको हुन सक्छ ।

कुल श्रम स्वकृति मध्ये कतार जान मात्रै १२ लाख ५१ हजार ६ सय ७५ पटक अन्तिम श्रम स्वकृति दिइएको छ । यो संख्या करिब मलेसिया बराबर हो । मलेसियालाई सबै भन्दा बढि श्रम स्वकृति दिइएको छ ।

दिइएको श्रम स्वकृतिको संख्या ब्यक्तिको होईन, पटक हो । श्रम स्वकृति एकै ब्यक्तिलाई पटक पटक दोहोरिन सक्छ । श्रम स्वकृतिको संख्या भन्दा ब्यक्ति को संख्या कम हुन्छ ।

बैदेशिक रोजगारमा जाने ब्यक्तिको बिबरण राख्ने तर फर्किनेको नराखिने भएकोले दिइएको श्रम स्वकृतिमा कतिपय फर्किनेको संख्या पनि उल्लेख्य हुन्छ ।

यसर्थ, कतारमा कति नागरिक रहेका होलान भनेर एकिनका साथ भन्ने कुनै आधार छैन । ५ लाख भनौ वा १२ लाख मात्र अनुमान हो ।


from ujayloonline

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment