अरब मुलुकको समस्या समाधानमा कुवेतको पहल

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

कतारसँग माल्दिभ्स र ६ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडे पश्चात खाडि मुलुकमा देखिएको समस्याको सम्बधान खोज्नको लागि कुवेतले मध्यस्ताको पहल गरेको छ ।
कुवेतका राजा शेख सवहा अल-अहमद अल जावेर अल सबा सउदि अरबका र राजा सलमान बिन अब्दुलाजिज बिन सउद संग भेट बार्ता गर्न मंगलबार सुउदि गएका छन । कुवेतका राजाको उच्च स्तरिय डेलिगेशन टिममा कुवेतका बिदेश मन्त्रि तथा सुचन तथा संचार मन्त्रि समेत गएका छन ।

कुवेत र साउदि अरवका राज बिच मंगलबार वेलुका भेटबार्ता भएको छ । दुई देशका राजहरुको बिच भएको छलफल पछि कतारको लागि २४ घण्ट भित्र पुरा गर्नु पर्ने सर्त अघि सरिएको छ । ईरान संगको कुटनितिक सम्बन्ध तोडनु पर्ने । अल जजिर च्यानल बन्द गर्नु पर्ने र हमाद नामको संगठन सँग सबै नाता तोडेर उनीहरुका सबै बैक खाता बन्द गर्नु पर्ने । अरबका सबै राष्ट्र संग सार्वजनिक माफी माग्नु पर्ने जस्ता मुख्य बुदाहरु छन ।

कतारले साउदि अरबले राखेका डिमान्डहरु २४ घण्टा भित्र पुरा गरेको खण्डामा खाडिमा कुनै किसिमको बाढि आऊने छैन ।

कतारलाई उत्तेजित अभिव्यक्ति र अतिवादलाई प्रश्रय नदिन कुवेतको सुझाब

माल्दिभ्स र ६ वटा अरब मुलुकले कतारसँग अप्रत्यासित रूपमा दौत्य सम्बन्ध तोडेपछि उत्पन्न समस्या समाधान गर्न कुवेतले पहल गरेको छ । कतारसँगको सम्बन्धविच्छेदपछि उत्पन्न संकटबारे कुवेतका विदेशमन्त्री सेख सबाह अल अहमेद अल जबार अल सबाहले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग मंगलबार छलफल गरेका छन् ।

स्थल तथा हवाईमार्गका नाकामा रोक
ती मुलुकले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाईमार्गका नाकाहरूमा कतारका पानीजहाज, गाडी तथा विमानलाई रोक लगाएका छन् । ती देशले आफ्ना मुलुकका सबै विमान सेवाले कतारका कुनै पनि गन्तव्यतर्फ उडान नगर्ने सामूहिक निर्णय लिएका छन् । युनाइटेड अरब इमिरेट्सले कतारसँगको सीमा बन्द गरेको छ । सन् १९९१ मा अमेरिकी तथा बहुराष्ट्रिय सेना र इराकबीच भएको खाडी युद्धपश्चात् पहिलोपटक कतारको अरबी राष्ट्रसँग कूटनीतिक संकट उत्पन्न भएको हो । संकटकै पृष्ठभूमिमा कुवेतले अरब राष्ट्रसँग सम्बन्ध सुधारको पहल गरेको हो । उसले अन्य मुलुकसँग पनि वार्ता गर्ने बताएको छ ।

बेलायतमा शृंखलाबद्ध रूपमा अतिवादी हमला भएको दुई दिनपछि अरब राष्ट्रले कतारलाई एक्ल्याएका छन् । बेलायतमा भएका हमलाको आइएसले जिम्मा लिएको छ । आइएसले जिम्मा लिएको छ ।

वार्ताका लागि कतारको आह्वान
अरब राष्ट्रहरूले सम्बन्ध तोडेपछि कूटनीतिक समस्या समाधान गर्न कतारले वार्ताका लागि आह्वान गरेको छ । कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले संवादमार्फत मतभेदहरू सुल्झाउनुपर्ने बताएका छन् । कतार र उससँग कूटनीतिक सम्बन्धविच्छेद गरेका उसका छिमेकी मुलुकबीचको तनाव चुलिएको छ । कतार सरकारले पछिल्लो विवादले जनजीवन प्रभावित नभएको दाबी गरेको छ । तर, सर्वसाधारणले सोमबारदेखि नै खाद्यान्न भण्डारण गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गल्ती सच्याउन आग्रह
वार्तामा कतारले कुनै पनि प्रकारका अतिवादलाई पश्रय दिन नहुने बताउँदै विदेशमन्त्री थानीले कतारलाई आफ्ना गल्ती सच्याउन आग्रह गरे । जवाफमा अमिरले सेख तमिमले कतार कुनै पनि प्रकारका अतिवादको विरोधमा रहेको बताएका थिए । कुवेतले कतारको अन्य मुलुकसँग बिग्रिएको सम्बन्ध पुनस्र्थापना गरी पुरानै स्थितिमा फर्काउन सक्दो पहल गरेको विदेशमन्त्रीले बताए । संकट समाधान गर्न इमानदारीपूर्वक वार्ता गर्न विदेशमन्त्रीले आग्रह गरेका थिए । सम्बन्धविच्छेद गरेका मुलुकविरुद्ध उत्तेजित अभिव्यक्ति नदिन पनि कुवेतले आग्रह गरेको छ । कतारी समाचार संस्था अलजजिरालाई एक अन्तर्वार्ता दिँदै विदेशमन्त्री सबाहले कतारको मनोमानी र आन्तरिक मामिलामा हस्तक्षेप कुनै पनि अरब राष्ट्रका लागि मान्य नहुने बताएका थिए । अर्को क्षेत्रीय संगठन खाडी सहयोग परिषद् कुवेतले संयमित हुन अपिल गरेको छ ।

अन्तर्राष्ट्रिय अदिवादी मुस्लिम समूह (आइएस)लाई सहयोग गरेको, अमेरिका, युरोपेली संघलगायत पश्चिमी मुलुकहरूद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रहरूबीच विभेदपूर्ण नीति अवलम्बन गरेकोलगायतका आरोप लगाउँदै ६ अरब राष्ट्र र दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले सोमबार कतारसँग दौत्य सम्बन्ध विच्छेद गरेका थिए ।

कतारसँगको सम्बन्ध तोड्ने अरब राष्ट्रहरूमा इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन र यमन छन् । सम्बन्ध तोडेको घोषणासँगै सातै मुलुकले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासका सम्पूर्ण कर्मचारी फिर्ता बोलाई आफ्ना मुलुकमा रहेका कतारी कूटनीतिज्ञ र नागरिकलाई देश छाड्न आदेश दिएका छन् ।


from nepal kuwait.com

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment