मालिक भागेपछि विचल्ली हुँदै फर्किए १० युवा

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
कम्पनी मालिक भागेपछि तीन महिनादेखि अलपत्र १० नेपाली युवा नेपाल फर्किएका छन्। उनीहरुलाई कानुनी प्रकृया पुरा गरी यही साता घर फर्काइएको कतारमा रहेका झबिन्द्र आचार्यले बताए। पीडितहरुलाई कम्पनीले यात्रा खर्चसमेत नदिएको उनी बताउँछन्। यहाँबाट पठाउने म्यानपावर कम्पनीले समेत वेवास्ता गरेपछि उनीहरु सबैलाई आचार्यले टिकटको पैसा जुटाएर नेपाल पठाएका हुन् । कारोबारमा उल्लेख छ।
गुल्मी सेवा समाज कतार र नेपाली राजदूतावास कतारको सहयोगमा उनीहरु घर फर्किएका हुन् । घर फर्किनेहरुमा मोरङ्गका तिलक भुजेल, अम्बर थेगिन, सुनसरीका अजय चौधरी, झापाका दिपेन ताजपुरिया, धनकुटाका रत्न भुजेल, नवलपरासीका भगवान गुप्ता, बिनोद चमार, रुपन्देहीका ओम प्रकाश पासी र गुल्मीका गंगाबहादुर थापा, वीबहादुर बिक रहेका छन् ।
उनीहरुलाई रोजगारीमा लिएको अल वाजिर कम्पनीका मालिकले केही दिनभित्र कम्पनीबाट पाउनु पर्ने रकम र घर फिर्तीका लागि टिकट उपलब्ध गराउने बताएका थिए । तर उनी त्यसपछि सम्पर्कबिहीन बनेको पीडितहरु बताउँछन्।

काठमाडौंको बसुन्धरास्थित ग्लोबल डाइनामिक मेनपावरबाट पाँचजना एक वर्षअघि र ५ जना छ महिनाअघि मासिक १ हजार दुई सय तलबमा कतार आएका थिए । कम्पनी र मेनपावरबीच समन्वय गर्ने दिपु नामका एजेन्टले कम्पनीमा लगाएका थिए। अहिले दिपु पनि सम्पर्कबिहीन छन्।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment