कतारको पैसा को भाउ ३० नाघ्यो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
पैसा को भाउ ३० नाघ्यो
धेरै समय को अन्तराल पछि कतारी रियाल को भाउ ३० नाघेको छ l हिजो १ रियाल बराबर २९.९८ थियो भने आज बढेर ३०.१७ भएको छ l डलर को भाउ बढे संगै कतारी रियाल मा उतारचढाव हुने गर्दछ l
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक अर्ब नौ करोड ५४ लाख ६१ हजार तीन सय ५७ रुपैयाँमा एक सय २४ कम्पनीको १३ लाख ८८ हजार पाँच सय ६१ कित्ता सेयर कारोबार भएको छ ।
–लगातार दुई पटक सर्किट ब्रेक लागेपनि बजार बन्द हुने बेलामा नेप्सेमा ४० दशमलव ६७ अंकले उकालो लागेर परिसूचक एक हजार ५ सय १० दशमलव १६ अंक पुगेको हो । कारोबारको शुरुवातदेखि नै निरन्तर ओरालो लागेको बजार ४० मिनेटमै तीन प्रतिशतले घटेर पहिलो सर्किट लागेको थियो ।
–त्यसपछि बजार खुलेको डेढ घण्टा बित्न नपाउँदै चार प्रतिशतले घटेपछि फेरि आधार घण्टाका लागि बजार बन्द भएको थियो । दुई पटक सर्किट ब्रेक लागेर खुलेको बजार केही बेरमै सुधार भयो । बजार शुरु भएलगत्तै ओरोलो लागेपनि अन्तिम समयममा नेप्से परिसूचक ४० दशमलव ६७ अंक पुग्दा बजार बन्द भयो ।
–शुरुमा सबै समूहको परिसूचक ओरालो लागेपनि अन्तिम समयमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक मात्र १२ दशमलव १४ अंकले ओरालो लागेको हो । सबैभन्दा बढी बिमा समूहको परिसूचक १३४ दशमलव ९ अंकले उकालो लागेको छ ।
–यस्तै होटेल समूहको ७५ दशमलव ७४, बैंकिङ समूहको ५० दशमलव ७९, जलविद्युत समूहको ४५ दशमलव ७७, विकास बैंक समूहको २४ दशमलव ५७, वित्त समूहको ४६ र अन्य समूहको परिसूचक ८ दशमलव ६७ अंकले बढेको छ ।
–यसअघि साताको पहिलो दिन आइतवार पनि बजार खुलेलगत्तै सर्किट ब्रेक लागेको नेप्से ६४ दशमलव ५५ अंकले ओरालो लागेको थियो । पौने घण्टा सर्किट ब्रेक लागेको बजार १ हजार ४ सय ६९ दशमलव ४८ अंकमा झरेर बन्द भएको थियो ।
–कारोवार भएका सबै समूह ओरालो लागको परिसूचकमा आइतबार बीमा समूह सबैभन्दा बढी ५ सय ६२ दशमलव ९४ अंकले घटेको थियो । त्यस्तै होटल १ सय ४६, जलविद्युत १ सय ४ दशमलव २९, विकास बैंक ६५ दशमलव ७७ र सेयर बजारमा सबैभन्दा बढी प्रभाव रहने बैंक समूह ५२ दशमलव ५४ अंकले घटेको हो ।
–त्यस्तै फाइनान्स र अन्य समुह क्रमशः २६ दशमलव ७ र १९ अंकले ओरालो लागेको थियो ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment