श्रीमान्ले सर्म्पर्क गर्दा कतै फेरि त्यस्तै हुने हो कि ?

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
म २५ वर्षीया अविवाहित युवती हुँ । चार वर्षपहिले मेरो प्रेमीले मलाई कुराकानी गर्नु छ भनेर भेट्न बोलायो र मैले नचाहँदा-नचाहँदै यौनसर्म्पर्क गर्‍यो । त्यतिबेला मेरो योनि च्यातिएर धेरै रगत बग्यो । म बेहोस भएर अस्पताल नै भर्ना हुनुपर्‍यो । रगतको कमी भएर रगत पनि चढाइयो । अहिले घरमा मेरो विवाह गर्ने कुरा भैरहेको छ, तर मलाई डर लागिरहेको छ । श्रीमान्ले यौनसर्म्पर्क गर्दा कतै फेरि त्यस्तै हुने हो कि ?
1. भेटघाट बलात्कार
हामी बलात्कार भन्नासाथ कुनै अपरिचित यौनपिपासु पिच्छा लागेर लखेटालखेट र कुस्ताकुस्ती खेलेर जबरजस्ती गर्छ भन्ने सोच्छौं । सामान्यजस्तो लाग्ने स्थितिमा अर्थात् सामाजिक भेटघाट वा जमघटको मौका पारेर बलात्कार भएका घटना अब एउटा सामाजिक यथार्थ भैसकेका छन् । धेरै जनालाई स्वीकार गर्न गाह्रो भए पनि परिचित व्यक्तिबाटै सामान्य भेटघाटका अवसरमा बलपूर्वक गरिने यौनसर्म्पर्क मानव समाजको यथार्थ हो । यौनका दृष्टिकोणले तुलनात्मक रूपमा खुला विचार राख्ने देशहरूमा समेत यस्ता कुरा राम्रोसँग बाहिर आउँदैनन् । कतिपय स्थितिमा त शोषित व्यक्तिले आफू शोषणमा परेको सम्म मान्दैनन् । यो पनि एक किसिमको बलात्कार नै हो । अंग्रेजीमा date rape (डेट रेप), acquaintance (एक्वाइन्टयास रेप) जस्ता शब्दले त्यस्तो परिस्थितिलाई जनाउँछ । परिभाषित नै गर्ने प्रयास गर्दा, बअत्रगबष्लतबलअभ ९मबतभ० चबउभ भन्नाले पहिले नै परिचित व्यक्तिबाट सहमति नभै यौन क्रियाकलाप वा भनौं बलात्कार गरिनुलाई जनाउँछ ।

तपाईंले प्रेमी त भन्नुभएको छ, तर तपाईंको चाहनाविपरीत तपाईंलाई त्यसरी शारीरिक तथा मानसिक चोट पुग्ने गरी जबरजस्ती यौनसर्म्पर्क गर्नेलाई कसरी प्रेमीभन्न सकिएला, एकपटक विचार गर्नुहोस् त ?

2. यौन भय
पहिलेको यौनसर्म्पर्क तपार्इर्र्को जीवनमा निकै दु:खदायी सावित भयो । तपाईंको श्रीमान्सँगको यौनसर्म्पर्कमा फेरि त्यस्तै स्थिती आउँछ भन्ने छैन । कतिपय दृष्टिकोणले श्रीमान्सँगको यौनसर्म्पर्क फरक होला । पहिले तपाईं एक किसिमले बलात्कारको सिकार हुनुभएको थियो तर अब त्यस्तो नहुने सम्भावना निकै हुन सक्छ । तपाईंसँगको यौनसर्म्पर्क निकै नै कोमल तरिकाले श्रीमान्ले अघि बढाउने सम्भावना पक्कै नै छ, तर तपाईंको दृष्टि यौनसर्म्पर्कप्रति सकारात्मक भएन र तपाईंलाई यौन सर्म्पर्क राख्न डर भयो भने कुरा निकै फरक पर्न सक्छ ।

सामान्यत: हामी सबैले बुझेको कुरा के हो भने यौनसर्म्पर्क वास्तवमा सुखदायी अनुभूति दिने कुरा हो, तर कसैका लागि यही मानसिक पक्ष नै यौनसुख प्राप्तिमा बाधक हुनसक्छ । यसैको उदाहरण यौन भय हो ।

सजिलो भाषामा भन्नुपर्दा यौनसर्म्पर्क राख्नबाट डर मान्नु नै यौन भय हो । अंग्रेजीमा यसलाई erotophobia भनिन्छ । यो शब्द ग्रिकको प्रेमका देवता Eros तथा Phobos (जसको अर्थ भय हुन्छ) बाट मिलेर बनेको हो । यसका अनेक प्रकार रूप हुन सक्छन् । यौन भयको कुरा गर्दा कसैको कुनै एक विशेष कुराप्रति भय हुन सक्छ भने अर्कातिर एकभन्दा बढी कुरामा एकसाथ त्यस्तो भय हुन सक्छ । कसैको नग्नताप्रति भय हुनसक्छ भने कसैमा यौन दृश्य वा चित्रप्रति, समलिङ्गीप्रतिको भय, यौन-शिक्षाको भय, यौन गोप्यताको भय आदि हुनसक्छ ।

चिकित्साका दृष्टिले यो यौनसम्बन्धी कुनै वस्तु, व्यक्ति वा कार्यसम्बन्धी तर्कहीन तथा सामान्य यौन जीवन नै यापन गर्न नसक्ने स्थितिमा पुग्ने गरी हुने भय हो । यो भयका कारण व्यक्तिको यौन सम्बन्धबाट आनन्द प्राप्त गर्ने क्षमतामा नकारात्मक असर त पर्छ नै, कतिपय स्थितिमा यसबाट पीडित व्यक्ति यौनसर्म्पर्क नै राख्न नसक्ने हुन्छ । यो एकदमै व्यक्तिगत भय हो, र यसका अनेकौं कारण हुन सक्छन् । कतिपय स्थितिमा कुनै एक कारण पत्ता लगाउन गाह्रो हुन सक्छ ।

व्यक्तिगत, सांस्कृतिक तथा धार्मिक कारणले कतिपय व्यक्तिलाई पुरानो तथा नयाँ मान्यताको बीचमा सामान्यजस्यता ल्याउन निकै गाह्रो हुन्छ र यौन भय हुने सम्भावना हुन्छ । कतिपयमा कार्य सम्पादनको चिन्ता (performance anxiety) पनि यो भयसँग जोडिन्छ । कतिपय व्यक्ति यौनसर्म्पर्कले कतै चोट पो पुर्‍याउँछ कि भनेर पीर गर्छन् । कतिपय स्थितिमा शरीरमा भएको कुनै खराबीले यौन कार्य राम्रोसँग सम्पादन गर्न नसक्ने स्थिति हुन्छ, तर केही व्यक्तिमा यो अतिशयोक्तिपूर्ण हुन्छ । जोखिम वास्तविकताभन्दा धेरै टाढा छ भने त्यसलाई यौन भय मान्नुपर्ने स्थिति आउँछ । यौनशोषण वा बलात्कारमा परेका सबैलाई anxiety disorder वा यौन भय नहुने भए पनि यस्तो चोट खेपेका कतिपयमा यसले यौन भयको सम्भावना बढाउँछ ।

3. के गर्न सकिएला ?
तपाईंको सर्न्दर्भमा पुरानो सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फध्यान पुर्‍याउनुपर्छ । श्रीमान्लाई कुनै पनि हालतमा थाहा नदिनु एक पक्ष हो । यो तपाईंको तथाकथित प्रेमीको प्रकृति अनि क्रियाकलापमा पनि भर पर्छ ।

आफ्नो पुरानो सम्बन्धको भण्डाफोर हुने डर होस् वा शारीरीक चोट पुग्ला भनेर होस् तपार्इंमा यौन भयको स्थिती उत्पन्न भए यौनसर्म्पर्कवाट पर भाग्ने स्थिती आउँछ, जसले तपाईंको यौन तथा वैवाहिक जीवनलाई नै धराशायी बनाउन सक्छ । पहिले भएको बलात्कारको घटनामा तपाईंको कुनै दोष नभएकाले तपाईंले आत्मग्लानि महसुस गर्नु वा आफूलाई दोषी मान्नुभएन भने निकै सहयोग मिल्छ । यदि यौन भय नै भएको स्थितीमा भने यो एक जटिल समस्या भएका कारण धेरैजसो परिस्थितिमा विशेषज्ञको सहयोगको आवश्यकता पर्छ । त्यसका साथै यसको समाधानमा पनि पर्याप्त समय लाग्न सक्छ भने समाधानको प्रक्रिया एकदमै जटिल हुन सक्छ यसमा धैर्यको आवश्यकता बढी नै हुन्छ र therapist सँग इमानदारीका साथ खुला रूपमा आङ्खना कुरा भन्नु आवश्यक हुन्छ । असजिलो प्रक्रियाबाट गुज्रनुपरे पनि मेहनतको फल भने राम्रै हुने स्थिति हुन्छ ।डा.राजेन्द्र भद्रा साप्ताहिक

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment