ट्रम्पको प्रशंसा गर्दै अमेरिकामा रहेका मुसलमानलाई एकै चिहान बनाइदिने धम्की

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
मंसिर,वासिंटन । अमेरिकाको क्यालिफोर्निया राज्यका कतिपय मस्जिदमा धम्कीपूर्ण पत्र फेला परेका छन्। पत्रमा अमेरिकामा बस्ने मुसलमानको नरसंहार गर्ने धम्की दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ती पत्रमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंशा गरिएको छ। क्यालिफोर्नियामा नरसंहारको खतरालाई मध्यनजर गर्दै मस्जिदमा सुरक्षा व्यवस्था कडा पारिएको छ। धम्कीपूण पत्र प्राप्त भएपछि काउन्सिल अन अमेरिकन इस्लामिक रिलेसन्स सिएआइआर ले स्थानीय मस्जिदमा सुरक्षा व्यवस्था कडा पार्न प्रहरीसँग अपिल गरेको थियो। लस एन्जलस टाइम्सका अनुसार ती सबै पत्र हस्तलिखित छन्। पत्रमा मुसलमान समुदायलाई सैनातको बच्चाका नामले सम्बोधन गरिएको छ। साथै पत्रमा मुसलमानलाई तल्लोस्तर र फोहोरी भएको टिप्पणी गरिएको छ। पत्रमा ‘तिमीहरुको उल्टो दिनगन्ती सुरु भएको,’ उल्लेख छ। एफविआइको नयाँ तथ्यांक अनुसार २०१५ मा मुस्लिम विरोधी घटनामा ६७ प्रतिशतले बृद्धि भएको छ। गत वर्ष अमेरिकामा मुसलमान विरोधी २५७ घटना भएका थिए।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment