Brazil soccer team in Columbia plane crash

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
Brazil regional soccer team is suspected to be dead in a plane crash when it was on its way to the Medellin's international airport. There were 72 people onboard the plane when the accident happened. Team was scheduled to play Copa Sudamerica finals.





ब्राजिलको ए डिभिजन क्लवका खेलाडीहरुसहित ८१ जना बोकेर बोलिभियाबाट कोलम्बियाका लागि उडेको बिमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । पाँच जनाको भने जीवितै उद्दार गरिएको छ ।

मध्य कोलम्बियाको मेडेलिन अन्तर्राष्ट्रिय बिमानस्थलका लागि उडेको चार्टर बिमान एयरपोर्ट नजिकै दुर्घटनामा परेको हो ।

उद्दारमा खटिएका मेडेलिन प्रहरी अधिकारीहरुका अनुसार ७६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले पनि यसको पुष्टि गरेको छ ।

मेडेलिन पुलिसका जनरल जोसे असेभेडोलाई उदृत गर्दै कम्तिमा ७५ जनाको घटनास्थलमै मृत्यु भएको र एकजना घाइतेको अस्पतालमा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


भारी बर्षा र अध्यारोका कारण उद्दारमा निक्कै कठिनाइ भएकाले उज्यालो नहुन्जेलसम्मका लागि उद्दारकार्य स्थगित गरिएको छ । मेडेलिन एयरपोर्टले यसको पुष्टि गरेको छ ।

यता ब्राजिलियन फुटबल कन्फेडेरेसनले बिज्ञप्ति जारी गर्दै दुर्घटनाग्रस्त बिमानका यात्रु र चालकदलका सदस्यका लागि प्रार्थाना गर्न अनुरोध गरेको छ ।

अपुष्ट खवरहरुका अनुसार विमानमा इन्धन सकिएको वा इलेक्टि्रक समस्या आएपछि क्याप्टेनले आकस्मिक अवतरणको प्रयास गरेका थिए । मेडेलिन एयरपोर्टको राडारसँग कुरा हुँदैगर्दा सम्पर्कबिच्छेद भएको थियो ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment