Qatar ma nepali ko pida

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

श्रमिक नेपालको नियमदेखि नै ठगिन थालेका हुन्छन्। नेपाल सरकारले कतारसँग श्रम सम्झौता गर्दा न्यूनतम १२०० कतारी रियल दिनुपर्ने भनेर गरेको छ। तर कतारी कम्पनीले दिने भनेको लेबरको हकमा मात्र ८०० हो। कुनै कम्पनीमा ८०० बेसिकमा काम गर्नको लागि आउने कामदार हुँदाहुँदै उसले १२०० तिर्ने कुरा हुँदैन। ऊ पनि समाज सेवा गर्न हैन नाफा खानका लागि खोलेको कम्पनी हो। तपाईँ भन्नुहोला, नेपाल सरकारले ८०० मा जान नदिनु नि। अब के गर्छ मेनपावरले, दुई वटा लेबर सम्झौता झिकाउँछ। एउटा १२०० को (जुन नेपालमा श्रम स्वीकृतिको लागि देखाउन र मागिहाले एयरपोर्टमा समेत देखाउनको लागि), अर्को ओरिजिनल जुन साँच्चिकै कम्पनीले दिएको ८०० वाला।

त्यतिमात्र हैन, श्रमिकलाई फेरि अर्को जालमा फ़साउँछ मेनपावरले। श्रमिकसँग डेढ लाख लिन्छ। अनि बिल दिन्छ ७० हजारको। म ग्यारेन्टी गर्छु ९० प्रतिशत नेपाली श्रमिकले कतार काममा जानको लागि एक लाख भन्दा बढी तिरेको हुन्छ। तर एक जना पनि लेबरसँग त्यो डेढ लाख तिरेको भर्पाइ हुँदैन। किन दिँदैन त मेनपावरले भरपाई ?

१- कुनै पनि मेनपावर कम्पनीले कतार पठाउन त्यत्रो रकम लिन पाउँदैन।
२- त्यो उठाएको पैसाबाट दलाल सब-दलाल को हातमा पनि पुगेको हुन्छ।
३- कुनै कारणवश कामदार फर्क्यो वा विदेशमा कुनै घटना भयो र उसको परिवारले त्यो भर्पाइ देखाएर रकम क्लेम गर्‍यो भने सजिलैसँग मेनपावरको लाइसेन्ससमेत खारेज हुन सक्छ।

यहाँ नेपालमा के हुन्छ ?

म कतारको राम्रो एयरवेजमा क्याबिन क्रिउ छु। मेरो स्यालेरी तुलनात्मक रुपमा केही राम्रो छ। मैले अनलाइनबाट अप्लाइ गरेर यहाँ आएको हुँ। यदि कम्पनी ले मेरो सुविधामा अलिकति पनि तलमाथि गर्‍यो भने म लेगल्ली क्लेम गर्न सक्षम छु। तर मैले नेपालमा मेरो श्रम स्वीकृतिको लागि पाएको दुःख यहाँ व्यक्त गर्न सक्दिनँ। मैले कति दुःख गरेर जागिर पाएको, तर त्यो श्रम कार्यालयले मलाई के भन्छ- तपाईँ इराक जानको लागि यो चाल रचेको। मैले उसलाई मेरो ओरिजिनल अफर लेटर देखाएँ, जुन मेरो कम्पनी को वेबसाइटमा चेक गर्न सकिन्छ। अथवा कतारको Ministry of Interior को official site moi.gov.qa मा मेरो भिसाको status check गर्न सकिन्छ। त्यसो भन्दा पनि उसले कुनै मेन पावरको सहायता लिएर आउनुहोस् भन्छ बा। यसको मतलब मेरो फ्रि भिसाको ठाउँमा मैले कुनै मेनपावरलाई पैसा तिरेर जानु पर्‍यो रे। सम्झिदाँ पनि रुन मन लाग्यो। अन्तिममा म तल झरेर होटेलमा बसेको मात्र थिएँ, आयो एउटा टट्टू। मैले तीन दिनमा नसकेको काम उसले मैले दुई बोतल बियर खाएर नसक्दै मात्र पाँच हजारमा ल्याइदियो। अनुमान गर्नुहोस्, एउटा राम्रो कम्पनीमा मध्यम जागिरको लागि एउटा ब्याचलर सकेको, जो भोलि आफूलाई कम्पनीले कुनै अप्ठेरामा पार्‍यो भने पनि लेगल्ली क्लेम गर्न सक्ने, लाई त यस्तो दुःख दिन्छ भने एउटा construction company मा लेबरको लागि आउनेलाई केसम्म गर्छ होला ?

समाधान के त ?
नेपाल सरकारले एउटा मात्र काम गर्‍यो भने सेलेरीको समस्या (८०० दिने तर १२०० मा सम्झौता गर्ने) समस्याको अन्त्य हुन्छ। कुनै पनी कम्पनीले, मेनपावरले नेपाल सरकारको आँखा छले भन्दैमा कतार सरकारको आँखा छलेको हुँदैन, सक्दैन। नेपालले श्रम स्वीकृतिको लागि सम्बन्धित कम्पनीले दोहाको नेपाली एम्बेसीलाई पेस गरेको डकुमेन्टका आधारमा चेक गर्छ जुन फेक बनाउन कुनै समस्या हुँदैन कम्पनीलाई। नेपाल सरकारले सम्बन्धित कम्पनीलाई भिसा इस्सुको लागि कतारको ministry of interior मा पेश गरेको document सँग tally गर्न सक्नुपर्छ, जसको Correspondence कुटनीतिक आधारमा हुनुपर्छ।

बाँकी रह्यो कम्पनीले दिने सेवा र सुविधा। हो, कतारका सबै कम्पनीले सबै कामदारलाई मापदण्डका आधारमा सुविधा दिएका छैनन्। कतारको नियम अनुसार कुनै पनि आउटडोर काम दिउँसो ११ बजेदेखि ३ बजेसम्म काम गर्न गराउन पाउँदैनन्। यो ९५ प्रतिशत लागू भाको छ। किनकि कुनै श्रमिकले त्यो अवधिमा काम गरेको देखियो भने सिधै पुलिसले समातेर लान्छ र सम्बन्धित कम्पनीलाई कारबाही गर्छ, जुन कारबाही एकदमै महँगो पर्न जान्छ कम्पनीको लागि।

त्यस्तै accommodation को हकमा, कुनै पनि कामदारलाई एसी नभएको रूममा राख्न पाउँदैन। त्यस्तै रूम पनि ३ देखि ५ जनासम्म वर्ग स्क्वायर अनुसार (मलाई exact figure थाहा भएन ) भन्दा बढी राख्न पाउँदैन। यदि सेलेरी तथा सुविधाको हकमा कुनै कम भएमा स्वयं पीडित कामदारले तलको एड्रेसमा कम्प्लेन गर्न सक्छन्। सामान्य केसहरुको जानकारी फोनबाट पनि गर्न सक्छन्, म स्योर छु ९० % केसमा कतार सरकारले छानबिन गर्छ।

National Human Rights Committee
Souq al Rawdah, Salwa Road
Tel: 44444 012 Fax: 44444 013
Email: nhrc@qatar.net.qa

Human Rights Department
Ministry of the Interior
Al Markhiya Street
Tel: 44866 322 Fax: 44866 311

Labour Department
C Ring Road
Tel: 44406 554, 44406 406
(Building and Construction)
Fax: 44406 556
Email: labour_camp@mcsah.gov.qa

Source mysansar

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment